Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
विश्व
  • Home
  • विश्व
  • विमान दुर्घटनासम्बन्धी सबै अन्तर्राष्ट्रिय सहयोग स्विकार्य– राष्ट्रपति रउहानी
विमान दुर्घटनासम्बन्धी सबै अन्तर्राष्ट्रिय सहयोग स्विकार्य– राष्ट्रपति रउहानी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०७६
Hardik health
तेहरान– इरानमा गत हप्ता भएको विमान दुर्घटना सम्बन्धमा आवश्यक पर्ने सबै प्रकारको सहयोग र समन्वय स्वीकार गरिने इरानका राष्ट्रपतिले बताएको छ । इरानी राष्ट्रपति रउहानीले सो कुरा क्यानाडाका प्रधानमन्त्री र युक्रेनका राष्ट्रपतिसमक्ष फोनमार्फत बताएको हो । इरानी राष्ट्रपति रउहानीले शनिबार क्यानाडाका प्रधानमन्त्री जस्टिन टु«डो र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनवार्ता गरेको इरानी समाचार समिति, इर्नाले जनाएको छ । सो फोनवार्ताका क्रममा इरानी राष्ट्रपति रउहानीले उक्त विमान दुर्घटनासम्बन्धी जुनसुकै प्रकारको अनुसन्धान तथा आवश्यक सहयोगको इरानले स्वीकार गर्ने बताउनु भएको समाचारमा जनाइएको छ । यसअघि दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्णरूपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसङ्घले पनि गरेको थियो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले हवाई उड्डयन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय, आइकाओलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसङ्घ यो विमान दुर्घटनाको अनुसन्धान राम्रोसँग होस् भन्ने चाहेको जानकारी सार्वजनिक गरेको थियो । हवाई उड्डयनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय, आइकाओले सो विमान दुर्घटनाको पूर्णरूपमा अनुसन्धान होस् भन्दै यसबाट पत्ता लागेको तथ्यसम्बन्धी प्रारम्भिक प्रतिवेदन आफूलाई दिनुपर्ने बताएको थियो । अमेरिकामा निर्माण भएको बोइङ कम्पनीको यूक्रेनी विमान गत हप्ता इरानमा दुर्घटनाग्रस्त भएको थियो । सो विमानमा नौ जना चालकदलका सदस्यसहित १७६ जना यात्रामा ती सबै यात्रुको निधन भएको छ । यसअघि इरानको उड्डयन संगठनका प्रमुख अली अबेद्जादेले विमानको ‘ब्ल्याकबक्स’ बिग्रिएको अवस्थामा भेटिएको जनाएको थियो । दुवै उपकरणका ‘मेमोरी चिप्स’ मा नै क्षति भएको पाइएको जनाइएको थियो । यसअघि क्यानाडा र युक्रेनले नै विमान दुर्घटनाको समय इरान र अमेरिकाबीचको द्वन्द्वको समय रहेकोले विमानको दुर्घटना हुनु शङ्कास्पद रहेको बताएको थियो । त्यसै दिन इरानले इराकमा रहेका अमेरिकी सैन्य शिविरलाई लक्ष्य गरेर क्षेप्यास्त्र प्रहार गरेकोले विमानको दुर्घटना पनि यसैसँग सम्बन्धित रहेको विश्वका हानेको थियो । सोही समयमा इरानमा विमान दुर्घटनाग्रस्त भएको थियो । त्यसैले इरान आफैँले अनुसन्धान गरिरहेको यस दुर्घटनाको अनुसन्धान पूर्णरूपमा होस् भन्ने अपेक्षा राष्ट्रङ्घले गरेको बताएको थियो । उता इरानले नै उक्त विमानको दुर्घटनाको कारण क्षेप्यास्त्र नै भएको स्वीकार गरेको छ । सो विमान भुलबस दुर्घटना हुनपुगेको इरानी सेनाले शनिबार नै जानकारी गराएको हो । इरानको विशेष सुरक्षा बल ‘स्लामिक रिभोलुसनरी गार्ड् कप्र्स (आइआरजीसी)’ले यूक्रेनी विमानमा ‘भूलबस’ छोटो दुरीको हतियार प्रयोग गरी खसालेको स्वीकार गरेको छ । इरानमा भएको सो विमानको दुर्घटना इरानले इराकतर्फ हानिरहेको भनिएको क्षेप्यास्त्रका कारण भएको हुनसक्ने अनुमान शुरुमै पश्चिमी मुलुकले गरेका थिए । संयुक्तराज्य अमेरिका, क्यानाडा र बेलायतले गरेको सो दाबी इरानले अस्वीकार गरेपनि शनिबार भने विमानलाई चाहेर नभई भुलबस खसालिएको इरानले स्वीकार गरेको छ । इरान सरकारले शनिबार विज्ञप्ति प्रकाशन गरी औपचारिकरूपमा नै सो दुर्घटनाको कारण इरानी सेनाको क्षेप्यास्त्र नै भएको स्वीकार गरेको अधिकारीले जनाएका छन् । (रासस÷सिन्ह्वा)
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  ०८:०५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’- पुटिन
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’- पुटिन शुक्रबार, मंसिर १९, २०८२
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र शुक्रबार, मंसिर १९, २०८२
डेमोक्र्याटिक पार्टीका सांसदलाई ट्रम्पद्वारा माफीको घोषणा
डेमोक्र्याटिक पार्टीका सांसदलाई ट्रम्पद्वारा माफीको घोषणा शुक्रबार, मंसिर १९, २०८२
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द शुक्रबार, मंसिर १९, २०८२
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना शुक्रबार, मंसिर १९, २०८२
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी बिहीबार, मंसिर १८, २०८२
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’
पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’ बिहीबार, मंसिर १८, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP