Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • शम्भु तामाङ: कीर्तिमानी आरोही, अथक समाजसेवी
शम्भु तामाङ: कीर्तिमानी आरोही, अथक समाजसेवी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ९, २०७९
Tilak Lama copy
Hardik health
[caption id="attachment_39194" align="alignnone" width="150"] तिलक लामा लोप्चन[/caption] बौद्धमार्गीहरुको पवित्रस्थल स्वयम्भूमा अवस्थित दुर्ठुइ (चिहान)मा माननीय पर्यटनमन्त्रीले राज्यको तर्फबाट पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर नेपाल प्रहरीको टोलीले सलामी अर्पण गर्दै शम्भु तामाङको राष्ट्रिय सम्मानसहित गत असार २३ गते अन्त्येष्टि गरेको दृश्य वास्तवमा असामान्य अर्थको थियो ।
सन् १९७३ देखि लगातार सन् २००१ सम्म त शम्भु तामाङ नै सबभन्दा कान्छो सफल आरोहीको रुपमा कायम भइरह्यो । अझ गौरवपूर्ण तथ्य त तेञ्जिङ नोर्गेपछि उनी चौथो सफल आरोहीको रुपमा स्थापित हो भने नेपालमै जन्मेको वंशज नागरिकको हैसियतले त पहिलो नेपाली सगरमाथा आरोहीको रुपमा विश्वले चिने । पर्वतारोहण क्षेत्रकै ख्याति र कीर्तिमानहरुको चर्चा गर्दा पर्वतारोहण प्रशिक्षकको रुपमा पहिले नेपालमै पर्वतारोहण विद्यालय मनाङमा स्थापना गरी सञ्चालन गर्ने र कोलोराडो अल्पाइन स्कुल, अमेरिकामा प्रशिक्षकको हैसियतले पुग्ने पनि सम्भवतः पहिलो नेपाली पर्वतारोही प्रशिक्षक हुन् ।
असामान्य यो अर्थमा कि शम्भु तामाङ, योञ्जन कुलमा ग्याम्दी टोल, ह्रिस्याङ्गु, सिन्धुपाल्चोक जिल्लाको विकट गाउँमा सन् १९५५ सालमा जन्मेको सामान्य किसान परिवारको छोरो । त्यसमाथि तामाङ समुदाय राज्यको सत्ता शासनबाट इतिहासको लामो कालखण्डसम्म राजनीतिक, सामाजिक र साँस्कृतिक किसिमले बहिष्करणमा परेको समुदाय । त्यतिमात्र नभई स्वर्गीय शम्भु तामाङ राज्य संरचनाको कुनै उच्च ओहोदामा पदासीन पनि नभएको । तैपनि राज्यबाट विरलै दिइने उच्च सम्मान पाएको देख्दा एक कीर्तिमानी आरोही, अथक समाजसेवी र सरल असल व्यक्तिको देहावसानमा हुने मानवीय संवेदनाको पीडा र दुःखको बीचमा पनि धेरै इष्टमित्र, आफन्तजन र परिवारलाई केही राहत र गर्वको अनुभूति भएको देखिन्थ्यो । वास्तवमा स्वर्गीय शम्भु तामाङको अदम्य साहस, राष्ट्र र समाजप्रतिको महŒवपूर्ण योगदान र अटल आदर्शको सही मूल्यांकन गर्ने हो भने उनले पाएको राष्ट्रिय सम्मानसहितको अन्त्येष्टि सर्वथा जायज र स्वाभाविक थियो । यदि त्यसो हो भने उनले आफ्नो छोटो जीवनकालमा के–कस्ता साहसिक कीर्तिमान, राष्ट्र र समाजलाई अमूल्य योगदान, अनवरत सेवा र उच्च आदर्शपूर्ण कर्म गरेका रहेछन्, त्यसको चर्चा र समीक्षा गर्नु उपयुक्त हुनेछ । तसर्थ, यस छोटो लेखमा सोही जमर्को गरिएको छ । साहसिक कीर्तिमान र ख्याति सन् २००१ सम्म ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा सगरमाथाको शिखरमा पाइला टेक्ने सबैभन्दा कान्छो कीर्तिमानी आरोहीको नाम शम्भु तामाङ थियो । सन् १९७३ मे ५ का दिन इटालियन पर्वतारोही दलसँगै उनले सगरमाथाको सफल आरोहण गरेका थिए । तर, उनको पर्वतारोहण यात्रा त्योभन्दा अगाडिदेखि नै सुरु भएको थियो । युरोपका इटाली, फ्रान्स र स्वीट्जरल्याण्डका अल्पस पहाडहरुको सफल आरोहण गर्दै सन् १९७१ देखि नेपालमै पनि मकालु हिमालको आरोहण कार्य सुरु गरेका थिए । यही क्रममा उनले पुनः सगरमाथा र चोयु हिमालहरुको सफल आरोहण गरे भने अन्य आठ हजार मिटरभन्दा कम दर्जनौं हिमाली पिकहरुको पनि आरोहण गरे । यसरी उनको हिमाल आरोहणको पराक्रम गर्ने अवसरचाहिँ १४ वर्षकै उमेरमा भाषा सिक्न इटाली पुगेको हुनाले जुरेको हो । त्यतिबेला नै साथीसंगीहरुसँग पर्वतारोहण तालिमको अवसर पाएर माउन्ट ब्लाँ, रोजा, चामिनो, म्याथरोनलगायत अल्पस पहाडहरुको सफल आरोहण गरे । आजको दिनसम्म आइपुग्दा हिमाल आरोहणको विभिन्न गिनिज रेकर्डहरुसहित हजारौं संख्याका आरोहीहरु छन् तर, आजभन्दा करिब ५० वर्षअघिको आरोहण कार्य साँच्चिकै कठिन र दुस्साहसिक लाग्छ । प्रविधि र विज्ञानको विकासले आज यी कठिन कार्यहरुलाई निकै सजिलो बनाएको छ । तर, शम्भु तामाङको तेस्रो ध्रुव पनि भनिने सर्वोच्च सगरमाथा शिखरको सफल आरोहण उनका लागि मात्र नभई नेपाल र नेपालीका लागि गौरवमय कीर्तिमान ठहरियो । सन् १९७३ देखि लगातार सन् २००१ सम्म त शम्भु तामाङ नै सबभन्दा कान्छो सफल आरोहीको रुपमा कायम भइरह्यो । अझ गौरवपूर्ण तथ्य त तेञ्जिङ नोर्गेपछि उनी चौथो सफल आरोहीको रुपमा स्थापित हो भने नेपालमै जन्मेको वंशज नागरिकको हैसियतले त पहिलो नेपाली सगरमाथा आरोहीको रुपमा विश्वले चिने । पर्वतारोहण क्षेत्रकै ख्याति र कीर्तिमानहरुको चर्चा गर्दा पर्वतारोहण प्रशिक्षकको रुपमा पहिले नेपालमै पर्वतारोहण विद्यालय मनाङमा स्थापना गरी सञ्चालन गर्ने र कोलोराडो अल्पाइन स्कुल, अमेरिकामा प्रशिक्षकको हैसियतले पुग्ने पनि सम्भवतः पहिलो नेपाली पर्वतारोही प्रशिक्षक हुन् । अमेरिकाबाट स्वदेश फर्केपछि पनि उनको सम्पूर्ण जीवन पर्वतीय पर्यटन क्षेत्रको विभिन्न क्रियाकलापमा योगदान गर्दै बिते । यसरी उनले सानै उमेरदेखि गरेका ख्याति र कीर्तिमानहरुले नेपाल र नेपालीहरुको शिर उच्च बनाउँदै विश्वमा हिमाल पर्वत, पर्यटकीय गन्तव्य र आरोहीहरुलाई चिनाउने काममा समर्पित भए । अथक समाजसेवी र निःस्वार्थ सेवा विश्वकीर्तिमानी आरोही शम्भु तामाङको जीवनको अर्को महŒवपूर्ण पाटो पनि उत्तिकै सम्मानजनक र कल्याणकारी सेवामूलक छ । पर्वतीय पर्यटन र हिमाल आरोहण पेसा व्यवसायको क्रममा उनको देश विदेशका ख्यातिप्राप्त असल व्यक्तिहरुसँग मित्रता कायम रहन गयो । यही क्रममा केही चर्चायोग्य व्यक्तिहरु अस्ट्रेलियन प्रथम सगरमाथा आरोही टिम म्याक्कार्टनी स्नेप, रेक्स सोर, डा. फ्रेड होलोज आदि हुन् । जुन व्यक्तिहरुको अमूल्य, र अटुट सहयोगले विश्व प्रतिष्ठित तिलगंगा आँखा अस्पताल स्थापना र सफल सञ्चालन गर्ने सहयोग जुट्यो । त्यसो त अस्पताल स्थापना गर्नुभन्दा अगाडिदेखि नै डा. सन्दुक रुइतको सक्रियतामा सञ्चालन भएको नेपाल आँखा कार्यक्रमले नेपालका विकट गाउँहरुमा सञ्चालन गरिने आँखा शिविरहरुमा सहयोग जुटाउने मात्र नभई आफैं कार्यस्थलमा खटिने बन्दोबस्तीको व्यवस्था गर्ने गर्थे शम्भु तामाङ । सन् १९८० को दशकमा यस्ता कार्यक्रमहरुलाई सहयोग जुटाउने उद्देश्यले अस्ट्रेलियामा स्थापना भएको संस्थाको प्रथम अध्यक्ष उनकै आरोही मित्र टिम म्याक्कार्टनी थिए । उनीहरुको मित्रता ७० को दशकदेखि आजीवन प्रगाढ देखिन्छ । त्यसैगरी विश्वविख्यात आँखा डाक्टर रुइतसँगको मित्रवत् सहकार्य पनि शम्भु तामाङको मृत्युपर्यन्त रह्यो । शम्भु तामाङ तिलगंगा अस्पतालको संस्थापक र कोषाध्यक्षको जिम्मेवारी आजीवन रहे । आँखा शिविरहरु गर्ने सुरुआती दिनहरुमा शम्भु तामाङकै प्रस्तावमा तामाङ सेवा गुठी (समाज)ले आयोजकको रुपमा सहयोग गरेको समाजका उपाध्यक्ष मञ्जु लामा र शम्भुकै आरोही मित्र टिम म्याककार्टनी स्मरण गर्छन् । यसैगरी पर्वतीय पर्यटन क्षेत्रको आधिकारिक संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को स्थापना गर्ने परिकल्पनाकार संस्थापक पनि शम्भु तामाङ नै हुन् । उनले त्यतिबेला १७ वर्षकै कलिलो उमेरमा युरोपका अल्पाइन क्लबहरु जस्तै नेपालमा पनि संस्था चाहिन्छ भनेर दूरदर्शिता प्रकट गरे । आज आएर एनएमए एक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित हजारौं आरोही र व्यवसायीहरुको स्थापित छाता संगठनको रुपमा स्थापित छ । उनी मृत्युपर्यन्त एनएमएका सल्लाहकार थिए । आफ्नै थातथलोको सामाजिक र साँस्कृतिक विकासका लागि स्थापना भएको ह्रिस्याङ्गु सेवा समाजको पनि उनी संस्थापक अध्यक्ष हुँदै मृत्युपर्यन्त अध्यक्षकै हैसियतमा सेवारत रहे । सामाजिक सेवाका कार्यहरु सँगसँगै उनको आफ्नो तामाङ समुदायको पहिचान र साँस्कृतिक सम्वद्र्धनमा उत्तिकै समर्पित थिए । यही सिलसिलामा स्थापित तामाङ रिमठिम पर्यटन सञ्जालको पनि संरक्षकको रुपमा मृत्युपर्यन्त सम्मानित रहे । यस्ता विविध मानवीय सेवामुलक महŒवपूर्ण कार्यहरुमा उनको अनवरत समर्पण र योगदान रहे पनि आफ्नो व्यक्तिगत स्वार्थभन्दा सदा माथि नै रहे, र मान, पद, पैसाप्रति कहिल्यै लालसा देखाएनन् । उनको यस्तो विनित, सम्मानित शैली र स्वभावप्रति सहकर्मी, देश विदेशका मित्रजन र आफन्तजनहरु सधैं नतमस्तक रहेको पाइन्छ । तथापि, कर्मको फल ढिलोचाँडो पाइन्छ भन्ने स्थापित मान्यता अनुरुप नेपाल सरकार र इटाली सरकारबाट मान पदवी, तक्मालगायत अन्य विभिन्न संघ संस्थाहरुबाट दर्जनौं पुरस्कार, सम्मानपत्र, अभिनन्दनहरुबाट विभूषित भइरहे र जीवनको अन्तिम यात्रामा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि पाउने नागरिक भएर सम्पूर्ण पर्वतीय पर्यटन क्षेत्र, हजारौं आरोहीहरु र तामाङ समुदायलाई नै गौरवान्वित बनाउन सफल भए । मित्रहरु, आफन्तजन र परिवारले त त्यसै पनि गौरव अनुभूति गर्ने भए । यस समुचित कार्यका लागि सम्बन्धित संघसंस्थाका पदाधिकारीहरु, पहलकदमी गर्ने शुभेच्छुकहरु र नेपाल सरकारप्रति धन्यवाद टक्र्याउनु मुनासिब हुन्छ । उच्च आदर्श र सरल जीवनशैली यस पंक्तिकारले झण्डै २४ वर्ष अगाडिदेखि चिनेको नम्र र भद्र शम्भु तामाङको स्वभाव, व्यवहार र कार्यशैली जहिले पनि एकनास उस्तै पाएँ । मैले मात्र होइन उनका पचासौं वर्षदेखिको देश विदेशका मित्रहरु, आफन्तजन र सहकर्मीहरुबाट पनि त्यस्तै अनुभूति गरेको पाएँ । आफ्ना परिवारजनलाई उनले ‘मानिसले मलामी कमाउने काम गर्नुपर्छ, कर्म नै ठूलो धर्म हो, बाबुको नामबाट होइन आफ्नै कर्मको नामबाट चिनिनुपर्छ’ भन्ने गरेको पाइयो । उनको आदर्श न्याय अन्यायप्रतिको सजगता, देश र समाजप्रतिको चिन्ता पनि उत्तिकै उच्चस्तरको देखिन्छ । आरोहीहरुलगायत लाखौं नेपालीहरु स्वदेशमा नै अवसरको अभावमा विदेश पलायन हुनुपर्ने बाध्यता वा रहरको ठूलो समस्या भएको देशका हामी शम्भु तामाङ भने अमेरिकामा वर्क पर्मिटमै पर्वतारोहण प्रशिक्षकको काम पाएर जाँदा अमेरिकन प्रशिक्षकहरुलाई दिनको चार हजार ६०० डलर तर, आफूलाई चाहिँ विदेशी प्रशिक्षक भएकोले त्यसको आधामात्र पारिश्रमिक दिएको विभेदलाई विद्रोह गर्दै बीचैमा स्वदेश फर्किने स्वाभिमानी व्यक्ति परे । कतिपय मानिसहरुलाई आर्थिक उपार्जनको यस्तो दुर्लभ अवसर त्यागेकोमा मुख्र्याइँ लाग्ला । तर उनको स्वभिमान र आदर्शप्रतिको अटल विश्वास र समर्पण हो भन्ने लाग्छ, यो पंक्तिकारलाई चाहिँ । नेपाल आमाको एक कर्मठ नागरिक, मित्रजन र आफन्तजनको प्रिय सालीन शम्भु, परिवारको एक मायालु अभिभावक आज हामीबाट सदाका लागि बिदा भएर जीवन र जगतको सास्वत नियम पालना गर्दै आस्ताए । तर, उनका निष्ठा, आदर्श, सरल जीवनशैली, सामाजिक सेवाभाव र सालीनता अनुशरणयोग्य छ । यदि यसलाई अनुशरण गर्‍यौँ भने त्यही नै उनीप्रति हाम्रो सच्चा श्रद्धाञ्जली हुनेछ ।

(कीर्तिमानी आरोही शम्भु तामाङको ४९औं पुण्यतिथिको अवसरमा तामाङ रिमठिम पर्यटन सञ्जालले प्रकाशन गरेको स्मारिकाबाट । उक्त स्मारिका बुधबार (भदौ ८ गते) काठमाडौंमा एक समारोहबीच विमोचन गरिएको छ । आरोही तामाङको गत असारमा निधन भएको थियो ।)


प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  १९:१८
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP