Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्यटकको रोजाइँमा भोजपुरको सुन्तले बाघखोर
पर्यटकको रोजाइँमा भोजपुरको सुन्तले बाघखोर
बिहीबार, भदौ २, २०७९
suntele bagkhor
Hardik health
भोजपुर- भोजपुरको सुन्दर पर्यटकीय क्षेत्र सुन्तले बाघखोर पर्यटकको रोजाइँमा परेको छ । सदरमुकामबाट जनिकै रहेको स्थान पर्यटकीय गन्तव्यकोरूपमा स्थापित भएको हो। प्राकृतिक दृश्यको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि यहाँ दैनिक दर्जनौँको संख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । जिल्ला सदरमुकाम र दिङङ्ला सडक खण्डमापर्ने यी स्थानमा पुग्नको लागि पर्यटकलाई सहजता छ । खास गरेर सहरी जीवनको व्यस्तताबाट थोरै समय लिएर घुम्न जानेको लागि सबै भन्दा उपयुक्त गन्तव्य बनेको छ । सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय यहाँ चहलपहल पनि बढ्न थालेको देखिन्छ । सदरमुकामबाट करिब १० किलोमिटर दूरीमा सुन्तले र १२ किलोमिटरको दूरीमा बाघखोर पर्दछ । यी क्षेत्रको स्थानीय तहले पनि पर्यटकीय क्षेत्रकोरूपमा विकास गरिरहेका छन् । समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा रहेको छ । सगरमाथा, मकालु कञ्चनजंघा, गौरीशङ्खरलगायत हिमशृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङडाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर खोटाङको सिमानाको चखेवाभञ्जाङको सुन्दर दृश्यावलोकन गर्न पर्यटक यहाँ पुग्ने गरेका छन्। पर्यटकलाई लक्षित गरेर यहाँ भ्यू टावरसँगै, वन भोजस्थलसमेत निर्माण गरिएको छ । खास गरेर यहाँ राई, शेर्पा र तामाङ समुदायको बसोबास रहेको छ । स्थानीय परिकारले पनि पर्यटकलाई लोभ्याउने माध्येम बनको छ । यहाँ आउने पर्यटकको संख्यामा दिनानुदिन वृद्धि भइरहेको बाघखोरमा व्यवसाय गर्दै आएका स्थानीयवासी गणेश तामाङले बताए । यो क्षेत्रको अझ विकास गर्न सके पर्यटकको संख्या बढ्ने तामाङको भनाइ छ । ‘सुन्तले, बाघखोर पर्यटकीय क्षेत्रकोरूपमा स्थापित भइरहेको छ’, उनले भने, ‘‘यहाँ दैनिक रुपमा दर्जनौँ पर्यटक आउछन् । खास गरेर यहाँको मनोरम दृश्य र स्थानीय परिकारले पर्यटकलाई लोभ्याउने गर्दछ ।’ प्रायः भोजपुर आएका मानिस एक पटक सुन्तले पुग्ने गरेको तामाङको भनाइ छ । पर्याप्त पूर्वाधार नभएको कारण धेरैको संख्यामा पर्यटक आए भने व्यवस्थापनमा कहिलेकाहीँ समस्या हुने गरेको स्थानीयवासी तामाङले बताए । नगरपालिकाको सहयोगमा बाघखोरमा बुद्धको मूर्ति, बाघको मूर्ति निर्माण भएको छ । यो पनि यहाँको आकर्षणको केन्द्रकोरूपमा रहेको छ । असोज महिनापछि पर्यटकको आवगमन झन् बढ्ने तामाङको भनाइ छ । लोकल कखुरा र कोदोको ढिँडो तोङ्वा, सुकुटी तथा अन्य स्थानीय परिकारको स्वाद लिन पर्यटक रूचाउने गरेका छन् । पर्यटकलाई लक्षित गरेर घोडा चडेर (हर्ष राईडिङ) घुम्ने व्यवस्थासमेत गरिएको छ । घोडा चडेर आनन्द लिन पनि पर्यटक पुग्ने गरेका छन् । यहाँ धूपी, चाइनिज गुलाफ, चाँप, लालिगुराँस लगायतका गरी एक हजार बिरुवा रोपिएको छ । त्यस्तै चिया खेती विस्तार गर्ने लक्ष्य रहेको तामाङको भनाइ छ । पुस, माघमा हुने हिमपातको मनोरम दृश्यावलोकन गर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । सदरमुकामको नजिकैको पर्यटकीय क्षेत्र तथा उत्तरको व्यापारिक केन्द्र दिङला बजार जोड्ने सडक यही क्षेत्रबाट गएकाले पर्यटकलाई पुग्न सहज रहेको तामाङको भनाइ छ । देशभित्रका आन्तरिक पर्यटकको संख्या बढेपनि बाह्य पर्यटकको आवगमनलाई बढाउन सकड विस्तारसँगै पूर्वाधारको विकासमा जोड दिनुपर्ने स्थानीयवासी सूर्य गोले (तामाङ)ले बताए । पर्यटकलाई लक्षित गरेर भोजपुर, सुन्तले, साल्पापोखरी हुँदै सोलुसम्म सडक तथा पदमार्ग निर्माण गर्न सके बाह्य पर्यटक ल्याउन सहज हुने तामाङको भनाइ छ । ‘सुन्तले, बाघखोर पर्यटकको धेरै सम्भावना बोकेको ठाउँ हो’,उनले भने । ‘आन्तरिक पर्यटकको आवगमन राम्रो छ । हामीले विदेशी पर्यटकलाई लक्षित गरेर पनि काम गर्न आवश्यक छ । यसका लागि सडक वा पैदलमार्ग र यहाँको पूर्वाधार विकासमा जोड दिनुपर्छ । यहाँ पर्यटकलाई आकर्षित गर्ने प्रयाप्त ठाउँ छन् ।’ पर्यटकलाई लक्षित गरेर यहाँ लालिगुँरासलगायत बिरुवा रोप्ने काम भइरहेको उनको भनाइ छ । बाटो आपसासमा रहेको झाडीलाई पन्छ्याएर २५० बोट गुराँस रोपेको स्थानीयवासी तामाङले बताए । अझै पाँच सय त्यस्ता बिरुवा थप योजना रहेको छ । उनले भने, ‘हामी स्थानीयस्तरबाट यहाँको विकासका लागि जुटेका छौँ । बजेट अभावले कतिपय योजनामा रहेका काम गर्न सकिएको अवस्था छैन् । यहाँको थप विकासका लागि स्थानीय तथा केन्द्र र प्रदेश सरकारले ध्यान दिए हुने थियो ।’ विगतमा पानी, विद्युत् तथा सडकको समस्या भए पनि अहिले त्यस्तो समस्या नरहेकेको स्थानीयवासी मचिन्द्र राईले बताए । वर्षात् समयमा भने कच्ची सडक भएको कारण आवतजावतमा समस्या हुने उनको भनाइ छ । सडकको स्तरउन्नोतिसँगै होमस्टे (घर बास) सञ्चालनमा सरकारले सहयोग गरे टेवा पुग्ने स्थानीयवासी राईले बताए । ‘पहिला यो ठाउँमा धेरै समस्या थियो’, उनले भने, ‘अहिले, पानी, विद्युत्, इन्टरनेट केहीको समस्या छैन । सरकारले सडकको कालोपत्र र सामूहिक होमस्टे सञ्चालनमा पहल गरे आउने पर्यटकलाई धेरै सहज हुने थियो । मौसम राम्रो भएको समयमा घुम्न तथा पिकनिक खान दैनिक चाररपाँचवटासम्म बसमा मानिस यहाँ आउछन् ।’ सुन्तलेमा २० र बाघखोरमा आठ घर स्थानीयवासीको बसोबास रहेको स्थानीयबासी राईको भनाइ छ । प्रशस्त घाँसे मैदान भएका कारण यहाँका मानिसले पर्यटनसँगै पशुपालन गर्दै आएका छन् । यसबाट उनीहरूले दूध, घ्यू, छुर्पी लगायतको उत्पादन गर्दछन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना
हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना बुधबार, चैत ४, २०८२
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’ बुधबार, चैत ४, २०८२
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP