Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • प्राधिकरणको कति प्रगति ?
प्राधिकरणको कति प्रगति ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २६, २०७९
electricity-authority.1635759826
Hardik health
काठमाडाैं -  विद्युत् वितरण तथा प्रसारणका लागि महत्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले प्रगति गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा कूल सात सय ५३ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरेको छ । प्रसारण लाइन तथा वितरण लाइन निर्माणमा रणनीतिक रुपमा अगाडि बढिरहेको प्राधिकरणले आफ्नो लक्ष्यअनुसार नै काम भएको जनाएको छ ।ग्रीड सवस्टेशनको क्षमता सात सय चार एमभिए बराबर थपिएको छ । प्रसारण लाइनको रुट परिवर्तनको माग, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृति प्रक्रियामा भएको ढिलाइ, विकट भौगोलिक अवस्था जस्ता कारणले जीर्ण बनेको सोलु करिडोर १३२ केभी क्षमताको ९० किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । अरुण र तमोर नदी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न नेपालको हालसम्मको सबभन्दा लामो दूरीको कोसी करिडोर दुई सय २० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । सो प्रसारण लाइनबाट तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिने प्राधिकरणको भनाइ छ । सो आवमा मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन मस्र्याङ्दी–काठमाडौं दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौँको मातातीर्थसम्मको कूल ८२ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई हाल एक सय ३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन पनि सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।लामो समयदेखि जीर्ण बनेको भरतपुर–बर्दघाट दुई सय २० केभी प्रसारण लाइन अधिकांश भाग निर्माण सम्पन्न भई सञ्चालन भएको छ । रुपन्देही भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १८ किलोमिटर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । प्रसारण लाइनको निर्माणसँगै करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुन सक्ने पूर्वाधार तयार भएको छ । मैनहिया सवस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सवस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सवस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि भारतसँगको विद्युत् व्यापारका लागि थप प्रसारण सञ्जाल तयार हुनेछ । आव २०६५/६६ मा सुरु भई विभिन्न समस्या झेल्दै जीर्ण बनेको ४० किलोमिटर लामो सिंगटी–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । कुसाहा–विराटनगर एक सय ३२ केभी, इनरुवा–विराटनगर एक सय ३२ केभी, ढल्केवार–बाँणगंगा एक सय ३२ केभी, खिम्ती–गज्र्याङ एक सय ३२ केभी र खिम्ती–बाह्रविसे– लप्सीफेदी चार सय केभी निर्माण सम्पन्न हुनेक्रममा छ । त्यस्तै बलेफि–बाह्रबिसे करिडोर एक सय ३२ केभी, चिलिमे–त्रिशूली दुई सय २० केभी, मस्र्याङ्दी करिडोर दुई २० केभी, कालिगण्डकी करिडोर दुई सय २० केभी, दोर्दी करिडोर एक सय ३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न हुने क्रममा छ । लेखनाथ–दमौली दुई सय २० केभी, डाँडाखेत–राहुघाट एक सय ३२ केभी, हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी, हेटौँडा–भरतपुर–बर्दघाट दुई सय २० केभी, वर्दघाट– न्यू बुटवल दुई सय २० केभी, बर्दघाट–सार्दी ह्वाङ्सी एक सय ३२ केभी, मोतिपुर–गुल्मी–अर्घाखाँची एक सय ३२ केभी, कोहलपुर– नेपालगन्ज एक सय ३२ केभी, कोहलपुर–सुर्खेत–दैलेख एक सय ३२ केभी, चमेलिया–स्याउले–अत्तेरिया एक सय ३२ केभी दोस्रो सर्किट प्रसारण लाइन लगायतका आयोजना निर्माणको विभिन्न चरणमा छन् । अधिकांश आयोजना आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न हुनेछन् । विद्युत् प्रसारणलाई अझ विस्तारित र भरपर्दो बनाउन थप आयोजनाको अध्ययन भइरहेको छ । न्यू बुटवल–लकही–कोहलपुर–न्यू अत्तरिया चार सय ४० केभी, अरुण हब–तिंला हब–लिखु हब–न्यू खिम्ती–सुनकोशी हब–ढल्केबर चार सय केभी, बुढीगण्डकी करिडोर चार सय केभी, दमौली–कुश्मा–बुर्तिबाङ–बाफिकोट चारसय केभी, तुम्लिङटार–सितलपाटी दुई सय २० केभी, त्रिशूली–३ बी हब–रातमाटे दुई सय २० केभी, दैलेख–कालिकोटकोट–जुम्ला एक सय ३२ केभी प्रसारण लाइन अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेको प्राधिकरणको भनाइ छ । बुटवल–गोरखपुर चार सय केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन कार्यान्वयनको चरणमा पुगेको छ । इनरुवा–पूर्णिया र लम्की–बरेली चार सय केभी प्रसारण लाइन तथा कोहलपुरदेखि उत्तरप्रदेशको नानपारा जोड्ने एक सय ३२ केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन पूरा भएको छ । यी पूर्वाधार बनेपछि नेपालमा खपत भई बाँकी विद्युत् भारतीय बजारमा बिक्री गर्न थप सहज हुनेछ । नेपाल र चीनबीच विद्युत् प्रसार गर्न रातोमाटे रसुवागडी केरुङ चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणको लागि नेपालतर्फको लाइनको सम्भाव्यता अध्ययन पूरा भएका छ । यो आयोजना कार्यान्वयन गर्न लगानीको ढाँचामा छलफल भइरहेको छ  । -रासस
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १९:२३
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP