Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • मौद्रिक नीतिका बारेमा
मौद्रिक नीतिका बारेमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ६, २०७९
Hardik health
काठमाडाैं -  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९–८० का लागि मौद्रिक नीति जारी गर्दैछ । मौद्रिक नीतिमार्फत् मुलुकको केन्द्रीय बैंकले मूल्यवृद्धि नियन्त्रण; वित्तीय स्थायित्व; बाह्य क्षेत्र स्थायित्व; वित्तीय पहुँच र समावेशीता विस्तारका काम गरिरहेको हुन्छ । २०१३ साल वैशाखमा नेपाल राष्ट्र बैंकको स्थापना हुनुअघिसम्म नेपालमा भारतीय मुद्रा चलनचल्तीमा थिए । नेपालको आफ्नै मुद्रा प्रचलनमा ल्याउने, त्यसमाथि विश्वास बढाउने केन्द्रीय बैंकका सुरुवाती उद्देश्य थिए तर समयक्रममा यसले आफ्नो भूमिकालाई परिस्कृत र विस्तार गर्दै सुदृढ नियामक निकायको रूपमा स्थापित गरेको छ । देशको केन्द्रीय बैंकले समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्‍याउन  तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी श्रृजनामा सहयोग पुर्‍याउने उद्देश्य राखेको हुन्छ । सरकारको राजस्व, खर्च र ऋणसँग सम्बन्धित नीतिलाई वित्त नीति भनिन्छ । वित्त नीति सरकारको बजेटको रुपमा सार्वजनिक गर्ने गरिन्छ । मौद्रिक नीतिको मुख्य जोड आर्थिक स्थायित्व हुने गर्दछ र यसले मुद्रा प्रदाय र ब्याजदरको व्यवस्थापन गर्ने काम गर्दछ । नेपाल राष्ट्र बैंक ऐन २०५८ कार्यान्वयनमा आएपछि पहिलो मौद्रिक नीति २०५९ असार ३२ गते आर्थिक वर्ष २०५९–६० का लागि सार्वजनिक भएको थियो ।नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षका लागि वार्षिक मौद्रिक नीति जारी गर्दछ । २०५९ सालमा पहिलो मौद्रिक नीति जारी गरेयता नेपाल राष्ट्र बैंकले २० ओटा वार्षिक मौद्रिक नीति सार्वजनिक गरिसकेको छ । आगामी आर्थिक वर्ष २०७९–८० का लागि ल्याउन लागिएको २१औं वार्षिक मौद्रिक नीति हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नु मौद्रिक नीतिका मुख्य उद्देश्यहरु हुन । मौद्रिक उपायको प्रयोगबाट राष्ट्र बैंकले मूल्य वृद्धि नियन्त्रण, विवेकशील नियमन तथा सुपरिवेक्षणमार्फत् वित्तीय क्षेत्रमाथिको विश्वास अभिवृद्धि र ब्याजदरको व्यवस्थापनका साथै वित्तीय पहुँच र समावेशीता विस्तार गर्छ । बाह्य क्षेत्र स्थायित्व तथा विदेशी मुद्रा सञ्चितिको निगरानी यसका उद्देश्यभित्र पर्छन् ।हिले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने व्यवस्था पनि रहेको छ । यो प्रचलन २०७३–७४ देखि शुरु भएको हो । २०७३ पुस ८ गते पहिलो पटक मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक भएको थियो । २०५९ सालमा वार्षिक मौद्रिक नीति सार्वजनिक गर्न शुरु गरेपछि नेपाल राष्ट्र बैंकले २०६१–६२ देखि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा तयार गरी सार्वजनिक गर्ने प्रचलन शुरु गरेको थियो । आर्थिक २०६१–६२ को मौद्रिकनीतिको अर्ध वार्षिक समीक्षा २०६१ फागुन ४ मा सार्वजनिक गरिएको थियो । त्यस्तै, मौद्रिक नीतिलाई गतिशील दस्तावेजका रूपमा स्वीकार गर्दै केन्द्रीय बैंकले आर्थिक वर्ष २०७३–७४ देखि नियमित रूपमा त्रैमासिक समीक्षा पनि गर्दै आइरहेको छ ।   मौद्रिक नीति मूलतः नेपाल राष्ट्र बैंकले कार्यान्वयन गर्छ । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई निर्देशन वा परिपत्रमार्फत् मौद्रिक नीतिका व्यवस्था कार्यान्वयन गराउँछ । मौद्रिक नीतिको कार्यान्वयनका लागि राष्ट्र बैंकका काउन्टर पार्टीजका रूपमा बैंक तथा वित्तीय संस्थाहरू रहेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिकनीति सञ्चालन तथा कार्यान्वयनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्ति कम्पनीलाई सहधर्मीहरूका रुपमा छनौट गरेको छ । मौद्रिक नीतिको कार्यान्वयनमार्फत् अर्थतन्त्रको विस्तारलाई गति दिन, उत्पादन र रोजगारी तथा उपभोग बढाउनका लागि वाणिज्य बैंकहरुले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार र कर्पोरेट फाइनान्सिङ गर्ने गर्दछन् ; विकास बैंकहरुले वाणिज्य बैंकले नसमेट्ने साना तथा मझौला उद्यमी तथा कारोबारलाई कर्जा प्रवाह गर्ने गर्छन् भने वित्त कम्पनीले वाणिज्य बैंक तथा विकास बैंकहरुले नसमेट्ने कन्जुमर फाइनान्सिङ उपलब्ध गराउँछन् ।  
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १६:४१
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
मुग्लिन-आँबुखैरेनीको समानान्तर सडक रेखांकन स्वीकृत
मुग्लिन-आँबुखैरेनीको समानान्तर सडक रेखांकन स्वीकृत सोमबार, पुस २८, २०८२
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो
पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो सोमबार, पुस २८, २०८२
देशको आर्थिक स्थिति: चालु खाता र शोधनान्तर बचतमा, विप्रेषण र मुद्रा सञ्चिति बढ्यो
देशको आर्थिक स्थिति: चालु खाता र शोधनान्तर बचतमा, विप्रेषण र मुद्रा सञ्चिति बढ्यो शुक्रबार, पुस २५, २०८२
महासंघको ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छ : अध्यक्ष ढकाल
महासंघको ६०औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको पहल हुन्छ : अध्यक्ष ढकाल शुक्रबार, पुस २५, २०८२
दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ
दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ शुक्रबार, पुस २५, २०८२
किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी
किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी शुक्रबार, पुस २५, २०८२
दमौली-केशवटार जोड्ने सडक कालोपत्र
दमौली-केशवटार जोड्ने सडक कालोपत्र शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP