Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
विश्व
  • Home
  • विश्व
  • सान्चेज स्पेनको प्रधानमन्त्रीमा निर्वाचित
सान्चेज स्पेनको प्रधानमन्त्रीमा निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २४, २०७६
Hardik health
म्याड्रिड–स्पेनको संसद्ले मंगलबार भएको निर्वाचनमा समाजवादी नेता पेद्रो सान्चेजलाई झिनो मत अन्तरले अर्को कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । साञ्चेज सन् १९७० को दशकमा प्रजातन्त्रको स्थापनापछि स्पेनमा गठबन्धन दलको सामान्य बहुमतबाट प्रधानमन्त्री बनेका हुन् । गत वर्ष निर्वाचन भएदेखि नै कामचलाऊ प्रधानमन्त्रीको रूपमा रहनुभएका सान्चेजले प्रधानमन्त्रीका लागि ३५० सदस्य सङ्ख्याको संसद्मा १६७ मत प्राप्त भएको छ । उनको विपक्षमा १६५ मत परेको छ भने १८ सांसद मतदानमा अनुपस्थित रहेका छन् । अनुपस्थित सांसदहरूमा स्वतन्त्रताका लागि आन्दोलन गर्दै आएका क्याटलोनिया र बास्क क्षेत्रका सांसद्हरू रहेका छन् । स्पेनमा लामो समय शासन गरेका फ्रान्सिस्को फ्रान्कोको निधनपछि स्थापना भएको प्रजातान्त्रिक व्यवस्थामा उनले कडा धारको वामपन्थी पार्टी पोदेमोससँग गठबन्धन गरी सरकार बनाउने भएको छ । उनलाई प्रधानमन्त्री निर्वाचित गर्न साञ्चेजको समाजवादी पार्टी र ३५ सीट भएको पोदेमोसको सहायक भूमिका रहेको छ भने अन्य केही साना दलको पनि मत परेको छ । स्पेनको संसद्मा भएको प्रथम मतदानबाट समाजवादी नेता पेद्रो साञ्चेजको पुनः प्रधानमन्त्री बन्ने चाहनालाई आइतबार अस्वीकार गरेको थियो । प्रधानमन्त्रीका लागि विश्वासको मत लिने दोस्रो अबसरका रूपमा संविधानले गरेको व्यवस्था अनुसार मङ्गलबार भएको निर्वाचनले उनलाई प्रधानमन्त्री निर्वाचित गरेको हो । एकै पटकमा विश्वासको मत नआएमा उक्त उम्मेदवारले चाहेमा मतदान भएको अर्को दुई दिनभित्र दोस्रो पटक विश्वासको मत लिनका लागि मतदान हुने स्पेनको संविधानमा व्यवस्था रहेको छ । कूल ३५० सदस्य रहेको स्पेनी संसद्मा बहुमतका लागि १७६ मत आवश्यक पर्छ । आइतबार संसद्मा भएको मतदानमा नेता साञ्चेजले १६६ मत प्राप्त गर्नुभएको थियो भने १६५ मत विपक्षमा परेको थियो । मतदान प्रक्रियामा १८ जना अनुपस्थित रहेका थिए भने एक सदस्यले संसद्मा उपस्थित भएर पनि मतदानमा भाग लिएका थिएनन् । युरो क्षेत्रको चौथो ठूलो अर्थतन्त्र स्पेनमा गत वर्ष अप्रिल र नोभेम्बरमा भएका निर्वाचनबाट पनि कुनै दलले सरकार गठनका लागि बहुमत ल्याउन नसकेपछि सरकार गठन प्रक्रिया लम्बिएको थियो । साञ्चेजको दलले नोभेम्बर १० मा सम्पन्न संसदीय निर्वाचनमा १२० सीट मात्र ल्याउन सफल भएको छ । यो उक्त दलले अप्रिलमा ल्याएको सदस्य सङ्ख्याभन्दा तीन सदस्य कम हो । (रासस÷एएफपी)
प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  ०७:३१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रूसमा पुराना सवारीसाधनको आयातमा तीव्र वृद्धि
रूसमा पुराना सवारीसाधनको आयातमा तीव्र वृद्धि शुक्रबार, मंसिर १९, २०८२
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’- पुटिन
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’- पुटिन शुक्रबार, मंसिर १९, २०८२
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र शुक्रबार, मंसिर १९, २०८२
डेमोक्र्याटिक पार्टीका सांसदलाई ट्रम्पद्वारा माफीको घोषणा
डेमोक्र्याटिक पार्टीका सांसदलाई ट्रम्पद्वारा माफीको घोषणा शुक्रबार, मंसिर १९, २०८२
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द शुक्रबार, मंसिर १९, २०८२
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना शुक्रबार, मंसिर १९, २०८२
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी बिहीबार, मंसिर १८, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP