Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
Search Here
विचार
  • Home
  • विचार
  • पर्यटन प्रवद्र्धनमा ध्यान दिऔं, मुलुकको अर्थतन्त्र जोगाऔं
पर्यटन प्रवद्र्धनमा ध्यान दिऔं, मुलुकको अर्थतन्त्र जोगाऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ५, २०७९
logo pravaw
Hardik health
कोरोना महामारीका कारण ठप्प बनेको नेपालको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन लागेको छ । विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । त्यसैले पर्यटन क्षेत्रलाई अगाडि बढाउन पर्यटकहरुका लागि विशेष सुविधा दिन आवश्यक देखिन्छ । नेपालमा घुम्न आउने पर्यटकहरुमाथि विभिन्न क्षेत्रमा ठगी हुने गरेको छ । हवाई व्यवसायीले महँगो भाडा लिएर ठग्ने, होटलदेखि पर्यटकीय बसहरुले समेत विदेशी भनेपछि ठग्न सुरु गर्छन् । ट्रेकिङ गर्न पनि नेपालीलाई भन्दा चर्को शुल्क लिन्छन् ।विदेशी पर्यटकको अहिले पहिलेको जस्तो चाप छैन । नेपालमा भएका केही पर्यटकलेसमेत राम्रो सेवासुविधा पाउन सकेका छैनन् । सरकारले पनि यसतर्फ ध्यान दिएको छैन । हरेक पाइलामा विदेशी पर्यटक ठगिएका छन् । उही सामान नेपालीलाई भन्दा दोब्बर मँल्यमा बेच्ने गरिन्छ । पर्यटकलाई गर्ने व्यवहार राम्रो छैन । विदेशीका लागि उचित सुरक्षाको व्यवस्था पनि मिलाइएको छैन । नेपालको भौगोलिक अवस्था अप्ठ्यारो भएकाले पर्यटकका लागि सहज हुने गरी पर्यटनमार्गहरु विस्तार गर्न सकिएको छैन । जसले गर्दा अपेक्षाकृत पर्यटकको संख्या बढ्न सकेको छैन । भौगोलिक जोखिमताका कारण कतिपय विदेशी पर्यटकको ज्यान जाने गरेका घट्नाहरु घटिरहन्छन् । यसमा सरोकारवाला र सरकारको ध्यान दिन जरुरी छ । पर्यटन मुलुकको विदेशी मुद्रा आम्दानीको मुख्य स्रोत हो । पर्यटन व्यवसाय खस्किएसँगै विदेशी मुद्रा नभित्रिँदा अर्थतन्त्र प्रभावित बनेको छ । नेपालको मुख्य आम्दानीको स्रोत भनेको पर्यटन नै हो भन्नेमा दुईमत छैन । पर्यटनको अथाह सम्भावना बोकेको मुलुकमा यसको विकास र प्रवद्र्धनका कुरा धेरै गरिन्छ । तर, प्रभावकारी काम हुन सकेको देखिँदैन । पर्यटकका लागि आवश्यक आधारभँत कुराहरुदेखि उनीहरुको सेवा सुविधाका कुरामा सरकारको ध्यान जानै पर्छ । किनभने, स–साना कुराले पनि पर्यटकलाई प्रभावित पार्न सक्छ । पर्यटकलाई नै हामीले राम्रो व्यवहार गर्न सकेनौं, उनीहरुलाई राम्रो सत्कार गर्न सकेनौं भने यो क्षेत्रलाई माथि उठाउन निकै चुनौती हुने निश्चित छ । अहिले नेताहरुले नेपाल श्रीलंका हुन्छ भनिरहेका छन् । देशलाई बचाउन बेलैमा सोच्न आवश्यक छ । विदेशी मुद्राको मुख्य स्रोत पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न विभिन्न योजना ल्याउन आवश्यक छ । पर्यटकहरुलाई नेपालमा आकर्षित गर्न उनीहरुका लागि विभिन्न सहुलियतका प्याकेजहरु ल्याउन सके पर्यटक आगमन बढाउन सकिन्छ । यसका लागि पर्यटन व्यवसायीहरुसँगको सहकार्यमा सरकारले काम गर्नुपर्छ । पर्यटन व्यवसायीहरुले पनि तत्कालको फाइदामात्र हेर्नेभन्दा दीर्घकालीन पर्यटन विकासमा ध्यान दिन आवश्यक देखिन्छ । पर्यटकबाट एकैपटक धेरै रकम लिएर फाइदा लिने भन्दा पनि उनीहरुलाई फेरि नेपाल आउने वातावरण निर्माणमा पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ । पर्यटकलाई खुसी बनाएर पठाएको खण्डमा उनीहरु दोहोरिएर नेपाल आउँछन् । जसको फाइदा व्यवसायी र मुलुककै लागि हो । यसका साथै, त्यसरी आउने पर्यटकलाई अरुलाई पनि नेपाल आउन प्रेरित गर्ने छन् । ‘अतिथि देवो भवः’ भन्ने नेपाली उक्तिलाई व्यवहारमा कार्यान्वयन गर्ने हो भने पर्यटन प्रवद्र्धनमा हामीले त्यति ठूलो मिहेनत गर्नुपर्ने छैन । यसबाट मुलुकले चौतर्फी लाभ उठाउन पाउनेछ । -राजन राई, कुलेश्वर
प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्
थप विचार
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP