Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • एक नर्सको अनुभूति
एक नर्सको अनुभूति
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ३, २०७९
293732157_452353483423177_2239934669701109683_n
Hardik health
अञ्जना लामा मोक्तान जीवनका छ वसन्त पार गरिसकेकी छु, त्रिवि शिक्षण अस्पतालको नियोनेटमा । यहा काम गर्न सुरु गरेपछिका कैयन मीठा–तीता सम्झनाहरु छन् । स्मृतिका पानामा कोरिएका ती सम्झनाहरुले कहिले खुसी त कहिले दुःखी बनाइदिन्छ । सुखद् स्मृतिका पाना पल्टिदा हर्षित हुन्छु । त्यस्तै गरी दुःखी हुन्छु, जब स्मृतिका दुःखद् पानाहरु पल्टिन्छन् ।त्यसो त हर्षित वा दुःखी हुन मन चाहिन्छ । फेरि, मन त सबैसग हुन्छ । आफ्नो दुःखमा रुने, सुखमा हास्ने सबैले गर्छन् । तर, नर्सहरु अरूको दुःखमा रुने, अरूको सुखमा हास्ने हुनुपर्छ । यो गुण, यो समवेदना सबै नर्समा हुनुपर्छ । अझ नियोनेट नर्समा त झन् यस्तो विशेषता हुनु अनिवार्य नै छ । नियोनेट नर्सहरुले शब्दद्वारा नलेखिएका, बोलीद्वारा उच्चारण नगरिएका उमंग, भोक, प्यास, दुःख, पीडाजस्ता मानवीय भाव अनुभवहरुलाई चिन्न सक्नुपर्दछ । कठै भर्खर जन्मेका शिशुहरु कति निरीह हुन्छन्, चराका बचेरा जस्तै । आमाले चारो ल्याइदिए खाएर जीवित रहने नत्र भोकभोकै मृत्युवरण गर्न बाध्य हुने । त्यसैले, सिकारीले एक आमा चरालाई मारिदियो भने कम्तीमा पनि दुईवटा प्राण जान्छ । के बुबा चराले आमाले जस्तो निष्ठापूर्वक बचेराको लालनपोषण र हेरविचार गर्छ र ? यसबारे मैले पनि जानकारी लिन बाकी छ तर, हाम्रो पितृसत्तात्मक समाजमा धेरैजसो परिवेशमा बुबाले आमाले जसरी जिम्मेवार भएर बचेराको हेरचाह गरेको देखि“दैन । के बचेराको जीवनको रक्षा गर्नु बुबाको कर्तव्य होइन र ? यति लेखिरहदा कतिपय बुबाहरुको मनमा चसक्क बिझ्न सक्छ । यसका लागि म क्षमा माग्न चाहन्छु । हो, कति बुबाहरुले आफ्ना नवजात शिशु र आमाको जिउज्यान लगाएर स्याहारसुसार, हेरविचार गरेको सराहनीय उदाहरण पनि नभएको होइन । श्रीमान्–श्रीमती एकै रथका दुई पांग्रा हुन्, एउटा पांग्राले आफ्नो दायित्व भुले रथ खडा रहन सक्ला र ? सिकारीकै कुरा गर्दा हाम्रो समाजमा पनि निकै क्रुर सिकारीहरु छ्यापछ्याप्ती छन् । तर, यी सिकारीहरु वाणले तीर हान्ने वा बन्दुकले गोली हान्ने सिकारी होइनन् । यी त रोग, गरिबी, अशिक्षा, भेदभाव, कुसंस्कारको मुखौटा लगाएर समाजलाई त्रसित बनाउने र बेथिति बढाउने सिकारी हुन् । यस्ता सिकारीहरूले कहिलेकाही शिशुलाई आमाबुबाबाट टाढा हुन बाध्य पार्दछन् । कहिलेकाही दम्पतीहरु यस्ता सिकारीको चपेटामा परी नवजात शिशुलाई अलपत्र छाडेर हिड्न बाध्य हुन्छन् । संसार र मानवीयतालाई बाटो देखाउने क्षमता लिएर यस धर्तीमा पाइला टेकेका शिशुको जीवनको बाटोले नै दिशा फेरिदिन्छ्र । यस्ता सिकारीहरुलाई नियन्त्रणमा राख्न कति सक्षम छ त हाम्रो समाज ? यो प्रश्नको उत्तर सबैमाझ जगजाहेर नै छ । कहिलेकाही मन नै क्षतविक्षत हुने स्मृतिका पानाहरु पल्टिन्छन् । कैयनपटक त भर्खरै संसारमा रुदै पाइला टेकेका नवजात शिशु आमाबुबा र आफन्तलाई रुवाएर क्षणभरमै यो संसार छाडेर जान्छ । के उसको भाग्य लेख्ने मसी सकिएर अल्पायुमै संसार छोडेर जाने भाग्य लिएर आएको हुन्छ र ? दम्पतीको नौ महिनाको संघर्ष, परिवारको सपना र खुसीहरु ऊसगै विलीन हुनपुग्छ । तर, कहिलेकाही हाम्रो तप, परिश्रमले जीवन/मरणसग लडिरहेको शिशुलाई मृत्युको मुखबाट खोसेर ल्याउदा, अपूरो भाग्यको लेखनीलाई फेरि पूरो बनाउ“दा भने मनमा हर्षका लहरहरु तरंगित हुन्छन् । अनि उसको आफन्तले खुसी भएर जीवन जोगाउने यस्तो पुण्यको काम गर्ने भएर नै डाक्टर, नर्सहरुलाई भगवानको दर्जा दिएको भन्ने सुन्दा त देवता बस्ने स्वर्गमै छु कि जस्तो अनुभूति हुन्छ । कति दम्पती त छोरा जन्मे खुसी हुने, हर्षाेल्लास मनाउने र छोरी जन्मे ठुसुक्क पर्ने परिपाटी अहिले पनि हाम्रो समाजमा जीवितै छ । विचरा भर्खर जन्मेकी नानी अपहेलित भएर, कति ठाउमा त कष्टकर र भेदभावपूर्ण जीवन व्यतीत गर्न बाध्य हुन्छे । कहिले छोरी भएकै कारणले जन्मिनेबित्तिकै बिरामी पर्दा पनि पाउनुपर्ने उपचार नदिएर मृत्युलाई सुम्पिदिने दृश्य अहिले पनि देखिन्छ । भेदभाव देशको कानुनबाट त उन्मूलन भइसक्यो तर, के हाम्रो व्यवहार, सोच/विचारबाट उन्मूलन भयो त ? खैर, म त नियोनेट नर्स, शिशुहरू रूदा किन रोएको भन्ने थाहा पाउछु । उनीहरुसग हृदयले वार्तालाप गर्छु, उनीहरुको सक्दो चाहिदो स्याहारसुसार गर्छु । छ वसन्त (छ वर्ष)देखि यही काम गर्दै आएकी छु । कहिलेकाही जति फकाउदा पनि नफकिने रुञ्चे त कहिले जति उठाउ“दा पनि नउठ्ने ध्यानमग्न भइरहने शिशु पनि देखेकी छु । कुनै जति खुवाउदा पनि नअघाउने खञ्चुवा शिशु हुन्छन् भने कुनै दुई घुड्कोमै तृप्त भएर खानै नमान्ने सन्तुष्ट शिशु पनि देखेकी छु । रोगले ग्रसित भएर मर्नु न बाच्नुको दोसाधमा अड्केकोदेखि मृत्युलाई जितेर गर्वले गमक्क फुलेको शिशु पनि देखेकी छु । शिशुहरूले दिएका यी सम्झनाहरु नै हुन् मेरो जीवनका अमूल्य प्राप्ति । यी प्राप्तिहरुलाई मनमा संगालेर, सम्हालेर, सजाएर आफ्नो कर्मपथमा अनवरत लागिरहेकी छु, लागिरहने छु ।
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP