
तेहरान– अमेरिका र इराकबीच युद्धको सम्भावना बढ्दै गएको छ । अमेरिकाको साथ बढ्दो तनावपछि इरानले सन् २०१५ को परमाणु सम्झौताअनुसार लागू भएका प्रावधान अब पालना नगर्ने घोषणा गरेपछि दुई देशबीको सम्बन्ध तिक्ततातर्फ अघि बढेको छ ।
एक वक्तव्यमा इरानले अब परमाणु सम्बर्द्धनका लागि आफ्नो क्षमता, त्यसको स्तर समृद्धि गर्नका लागि अन्य सामग्री भन्डारण गर्ने, अनुसन्धान वा त्यसलाई विकसित गर्ने कुनै पनि प्रावधान पालना नगर्ने जनाएको छ ।
तेहरानमा इरानको मन्त्रिमण्डलको बैठकपछि यो वक्तव्य सार्वजनिक भएको हो । इराकमा अमेरिकी एयर स्ट्राइकमा इरानी जनरल कासिम सुलेमानीको मृत्यु भएपछि मध्यपूर्वमा युद्ध मडारिने आशंका बढीरहेको बेलामा इरानले पछिल्लो घोषणा गरेको हो । अमेरिकाले इरानका कमान्डरको हत्या गरेपछि दुई देशबीच तनाब बढ्न थालेको छ । इराकले अमेकिारसँग बोलिसकेको छ । तर, यता अमेरिकाले भने इराकले आफूमाथि आक्रमण ग¥यो भने तत्काल १६ स्थानमा आक्रमण गरेर इराकलाई घुँडा टेकाइने भनिसकेको छ ।