Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • छद्म नाम ‘एम अधिकारी’ले ल्याएको राष्ट्रिय तरंग
छद्म नाम ‘एम अधिकारी’ले ल्याएको राष्ट्रिय तरंग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ३१, २०७९
Rosan
Hardik health
मंगलबार नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि)मार्फत् विभिन्न विभागमा सदस्य नियुक्त गरेको सूची सार्वजनिक भयो । उक्त दलको अन्य विभागमा परेका सदस्यहरुको सूचीमा कोही कसैले चासो दिएनन् । तर, एमालेको अर्थ तथा योजना विभागको सदस्यको सूचीमा परेकामध्येका एक सदस्यमा ‘एम अधिकारी, खोटाङ’को नामले अहिले राष्ट्रमै तरंग उत्पन्न भएको छ । तरंग उत्पन्न हुनुमा ‘नेपाल राष्ट्र बैंक’का गभर्नर महाप्रसाद अधिकारी अर्थात् ‘एम अधिकारी’ हुन् भन्दै राष्ट्र बैंकभित्र खैलाबैला मञ्चिएसँगै देशव्यापी तरंग उत्पन्न हुन पुगेको हो । गभर्नर अधिकारीको नाम हुनसक्ने भन्दै एमालेबाटै सोधेखोज हँदा ‘एम अधिकारी’ भनेको गभर्नरसा‘ब त हैनन् ? जवाफ आयो, ‘पार्टीको विभागमा गभर्नरको नाम राख्नु के अचम्म भयो र  भन्ने उत्तर पाएपछि पुनः गभर्नर अधिकारी विवादमा मुछिन पुगेका छन् । सो नाम चर्चामा आएपछि कतैबाट एम अधिकारी गभर्नर नभई अरू नै हुन् भनी एमालेले पनि केही तथ्य सार्वजनिक गर्न चाहेको छैन । घनश्याम भुसालले नेतृत्व गरेको ११ सदस्यीय अर्थ तथा योजना विभागमा एम अधिकारीको नाम आएपछि चौतर्फीरुपमा गभर्नर अधिकारीको आलोचना सुरु भयो । एम अधिकारीसहित प्रा.डा. रामचन्द्र आचार्य, डा. रामचन्द्र भट्टराई, देउकाजी गुरुङ, केशरबहादुर साउद, डिल्ली उप्रेती, प्रा.डा. महेश दाहाल, तिलचन्द्र भट्टराई र गोपाल खनाल सदस्य छन् तर उनीहरुको कुनै चर्चा भएको छैन । खोटाङका एमाले नेताहरुले पनि आर्थिक विषयमा दख्खल राख्ने, खोटाङ घर भएका, अधिकारी थर भएका र ‘एम’बाट नाम सुरु हुने एमालेनिकट अन्य नेता कायकर्ता को हुन् भन्ने पत्तो अझै लगाउन सकेका छैनन् । जसले गर्दा उनै एम महाप्रसाद अधिकारी अर्थात् गभर्नर नै हुन् भन्ने अनुमान सबैले लगाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनामा अधिकारीलाई आर्थिक विभागमा राखिएको र महाप्रसाद अधिकारी नै राख्दा विवाद हुने भएपछि एम अधिकारीको नाममा राखिएको एमालेले अन्य नेताहरुलाई बताएकोसमेत बाहिरिएको छ ।गभर्नर अधिकारीले आफ्नो सरकारलाई बुझाउने व्यक्तिगत विवरणमा ठेगाना ‘खोटाङ, हालः ललितपुर) उल्लेख गरेका छन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ अनुसार गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन राजनीतिक दलको सदस्य वा पदाधिकारी हुन नहुने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार यदी गभर्नर नै हुन् भने उनीमाथि कारबाही हुनेमा दुईमत छैन । ऐनको दफा २२ को उफदफा ५ मा दफा २१ बमोजिम अयोग्य भएमा पदमुक्त हुने व्यवस्था छ । सरकारले जाँचबुझ समिति गठन गरेर मात्रै पदमुक्त गर्न सक्ने व्यवस्था छ । नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ ले प्रचलित कानुनबमोजिम आफूले पाएको मतको अधिकार प्रयोग गर्नबाहेक अन्य कुनै पनि किसिमबाट कर्मचारीले चुनाव तथा राजनीतिमा भाग लिन नहुने व्यवस्था गरेको छ । तर, उनै अधिकारी नै हुन् भने उनीबाट विद्यमान ऐनमा भएको व्यवस्थालाई लत्याएर दलको विभागमा सदस्य बस्नु गल्ती भएको ठहर हुन आउँछ । २०७६ चैत २४ गते गभर्नर अधिकारीलाई नियुक्त गरिएको थियो । उनी त्यसअघि लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए । २०७३ असार ९ गते लगानी बोर्ड गएका उनी त्यसअघि राष्ट्र बैंकका डेपुटी गभर्नर थिए । उता गभर्नर अधिकारीले उनकोे आधिकारिक ट्विटर आइडीमार्फत आफू पार्टीको विभागमा नरहेको प्रष्टीकरण दिए पनि सो कुरा कसैले पनि पत्याएका छैनन् । उनले ट्विटमार्फत आफ्नाे गभर्नर पद जोगाउनका लागि लेखिएको भन्ने आरोपसमेत लागेको छ । तर, सो आरोपका बारेमा भने गभर्नर अधिकारी केही बोल्न चाहेका छैनन् । उनले यति लेखेका छन्, ‘म कतै कुनै पार्टी राजनीतिमा नरहेको व्यहोरा जानकारी गराउन चाहन्छु । यसर्थ, त्यहाँ उल्लेख गरिएको व्यक्ति म हुने कुरै भएन ।’ उनले उल्टो प्रश्नकर्तालाई जवाफ फर्काएका छन् । एम अधिकारीको नाममा विवाद सुरू भएपछि गभर्नर अधिकारीले एमाले अर्थ विभाग प्रमुख भुसाललाई सो नाम तत्काल हटाउनसमेत अनुरोध गरे । तर, हटेन । एमालेको सो विभागमा एम अधिकारीको नाम आएपछि बुधबार बसेको संसद्को बैठकमासमेत गभर्नर अधिकारीमाथि छानबिन गर्न माग गरियो । माओवादी केन्द्रकी सांसद रेखा शर्माले राष्ट्र बैंकको ऐनविपरीत भएको भन्दै गभर्नर अधिकारीमाथि छानबिन गर्न माग गरिन् । एमालेका अध्यक्ष ओली नेतृत्वको सरकारबाट हटेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्व सरकार आएसँगै गभर्नर अधिकारी विवादमा परेका थिए । तत्कालनि अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच शितयुद्व नै चल्यो । तत्कालीन अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई पदबाट निलम्बन गरे । तर, अदालतबाट पुनः गभर्नरमा फर्किएपछि झन् विवाद बढ्दै गयो । अदालतबाट राष्ट्र बैंक फर्किएपछि शर्मा र अधिकारीबीच पानी वाराबार भयो । बोलचाल बन्द भयो । जसका कारण देशको अर्थतन्त्र शून्यमा पुग्दा पनि सो समस्या समधान गर्नेतर्फ अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच कुनै संवाद भएन । जसको असर अहिले जनताले भोग्दै आएका छन् । अत्यधिक महँगीको मार जनतामाथि परेको छ । देशमा भएको महँगीलाई नियन्त्रण गर्नमा राष्ट्र बैंकको पनि भूमिका हुने गर्दछ । राष्ट्र बैंकले सरकारलाई महँगी नियन्त्रण र देशको आर्थिक विकासका लागि विशेष सल्लाह दिनुपर्ने हुन्छ । तर, शर्मा–अधिकारीबीच भएको ‘जँगाको लडाइँ’का कारण सो कार्य बन्द भयो । अर्थतन्त्रको ज्ञान नभएका तत्कालीन अर्थमन्त्री शर्मालाई उनैले अर्थसचिव र राजस्व सचिवमा नियुक्त गरेका कर्मचारीको गलत सल्लाहका कारण यो अवस्था आएकोमा दुई मत छैन । उता गभर्नर अधिकारीले पनि शर्माको निर्देशन किन मान्ने भन्ने ‘इगो’का कारण पनि देशको अर्थतन्त्र शून्यमा पुग्यो । देशको ढुकुटी रित्तो भयो । यसतर्फ जिम्मेवार पक्षले कुनै चासो दिएनन् । आप्mनो पद जोगाउन गभर्नर अदालतदेखि दलका नेताको शरणमा पुगे । यता तत्कालीन अर्थमन्त्री शर्माले गभर्नरलाई तह नै लगाएर जागिर खाइदिने भन्दै गलत कार्य गरेपछि उत्पन्न विवाद अझै समधान भएको छैन । यसरी सरकारी ऐनविपरीत दलको विभागको सदस्यमा बस्दै खुला चुनौती गभर्नर अधिकारीले मात्र गरेका होइनन् । यसअघि पनि सार्वजनिक पदमा रहेकाहरु विभिन्न नामबाट सदस्य बस्दै आएका छन् । दलको सदस्य बसेर सक्रिय राजनीतिमा रहेकाले सार्वजनिक पदको जिम्मेवारी लिएसँगै देशमा अनियमितता, भ्रष्टाचार वृद्धि हँदै गएको हो । आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदै गर्दा गभर्नर अधिकारी दलको विभागमा सदस्य बसेपछि अर्थतन्त्रलाई चलायमान गराउने नीति नआउने विज्ञहरुको भनाइ छ । सार्वजनिक पदमा रहेकाहरु सार्वजनिक हुन नसक्नुले पनि देशमा अनियमितता र भ्रष्टाचार बढ्दै गएको उनीहरुले बताएका छन् । सार्वजनिक पदमा बसेकाले देशको ऐन कानुन र विधिलाई आत्मसात गरेर कार्यसम्पादन गर्नुपर्नेमा त्यसो नभई दललाई फाइदा हुने नीति बनाउने गर्दै आएका छन् । जसले देशको अर्थतन्त्रको विकासभन्दा पनि विनास हँदै गएको छ । यस विषयमा सम्बन्धित निकायबाट कुनै चासो दिइएको छैन । जुन देशका लागि घातक सावित हुँदै गएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP