Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फोनिज
  • #मालढुंगा-बेनी_सडक
  • #सकुन_सुनुवार
  • #जुडो
  • #मुदीगाउँ
  • #मानव अधिकार दिवस
  • #क्यामेरा_ट्यापिङ
  • #एनआरएनए
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शिक्षा र प्रविधिमा जर्मनीले सहकार्य बढाउने
शिक्षा र प्रविधिमा जर्मनीले सहकार्य बढाउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २४, २०७९
nepalgerman
Hardik health
काठमाडाैं - नेपालको शिक्षा, प्रविधि र अन्य अत्यावश्यक क्षेत्रको प्रवद्र्धनका लागि जर्मनी सरकारको सहयोग र सहकार्य वृद्धि हुने भएको छ । एड्भान्स्ड कलेज अफ इञ्जीनियरिङ एण्ड म्यानेजमेन्टले गोथे जेन्ट्रमसँगको सहकार्यमा बिहीबार आयोजना गरेको ‘जर्मनीबारे जानकारी’ विषयक सत्रमा नेपालस्थित जर्मनी दूतावासका कन्सुलर लउरा लगबेयरले नेपालको शिक्षा, प्रविधि तथा अन्य अत्यावश्यक क्षेत्रमा सहकार्य बढाउने उल्लेख गर्दै इञ्जीनियरिङ क्षेत्रमा शैक्षिक प्रशिक्षण प्रदान गर्ने सही मार्गमा नेपाल रहेको भन्दै खुसी व्यक्त गरे। “जर्मन भाषाको सिकाइका लागि ठूलो सङ्ख्यामा विद्यार्थी उत्साहपूर्ण ढङ्गले समर्पित भएकामा म कृतज्ञ छु”, लगबेयरले भने, ‘यसबाट विद्यार्थीलाई क्रमशः जर्मनीप्रति नजिक बनाउँदै अन्तर्राष्ट्रिय प्रस्तुतिमा सहभागी हुने कदमको थालनी हुनेछ । त्यसैले म विद्यार्थीलाई जर्मनीका इञ्जीनियरिङ कलेजसँग जोडिएर आफ्नो सिकाइको क्षितिजलाई फराकिलो बनाउन उत्प्रेरित गर्दछु ।” कार्यक्रममा गोथे जेन्ट्रम काठमाडौँका विज्ञटोली सदस्य सेवास्टेन वइस्टिच, निर्देशक तथा भाषा विभाग प्रमुख बेन्जामिन माट्रेन, जर्मन भाषा शिक्षक सुवास थपलिया तथा गोथे जेन्ट्रमकी अधिकारी म्यारी सोफी स्किल्डको महत्वपूर्ण योगदान रहेको थियो । कार्यक्रममा गोथे जेन्ट्रम काठमाडौँका विज्ञटोली सदस्य सेवास्टेन वइस्टिचले गोथे जेन्ट्रमको ऐतिहासिक पृष्ठभूमिबारे सङ्क्षिप्त चर्चा गर्दै यसले राष्ट्रको संस्कृति र कलाको विविधतालाई कसरी प्रतिविम्बन गर्छ भन्ने विषयमा स्पष्ट पारे । गोथे नेतृत्वदायी भाषिक केन्द्रका साथै विश्वका दुई सयभन्दा बढी राष्ट्रको महत्वपूर्ण सञ्जालको एउटा अङ्ग रहेको उहाँको धारणा थियो । गोथे जेन्ट्रम काठमाडौैँसँग विश्वका विशेषज्ञहरूको दक्ष टोली रहेको उनले बताएका छन् । गोथे जेन्ट्रमका भाषा विभाग प्रमुख बेन्जामिन माट्रेन, संस्थाका जर्मन भाषा शिक्षक सुवास थपलिया तथा गोथे जेन्ट्रमसँग आबद्ध अधिकारी म्यारी सोफी स्किल्डले कार्यक्रममा उपस्थित स्रोताहरूलाई जर्मनीको शिक्षा, संस्कृति, अशान्त विगत, ऐतिहासिक स्थल, उत्कृष्ट चाडपर्व, अनुपम सभ्यता, समृद्ध भाषा तथा कलात्मक जीवनशैलीका बारेमा जानकारी गराए  । एड्भान्स्ड कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले यस्ता प्रकृतिका कार्यक्रमबाट इच्छुक विद्यार्थी मात्र नभएर उपस्थित सम्पूर्ण सहभागीसमेत लाभान्वित हुने बताए ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  ०७:४४
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई शुक्रबार, मंसिर २६, २०८२
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै
काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज हुँदै बुधबार, मंसिर २४, २०८२
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन शुक्रबार, मंसिर १९, २०८२
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी
विद्यालयलाई अनुदान रोक्ने शिक्षामन्त्रीकाे चेतावनी बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
विवाहको १८औँ वर्षगाँठमा 'नसोधी'
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP