Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #एमालेको महाधिवेशन
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
विश्व
  • Home
  • विश्व
  • श्रीलङ्काका राष्ट्रपतिद्वारा ३५ राज्यमन्त्री नियुक्त
श्रीलङ्काका राष्ट्रपतिद्वारा ३५ राज्यमन्त्री नियुक्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १२, २०७६
Hardik health
  कोलम्बो – श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार ३५ जनालाई राज्य मन्त्रीमा नियुक्त गरेका छन् । त्यसैगरी अरु तीन जनालाई उपमन्त्रीका रूपमा नियुक्त गरे । उनीहरूलाई संसद्को नयाँ निर्वाचन नहुँदासम्मका भनेर गठन गरिएको अन्तरिम मन्त्री परिषद्मा समावेश गरिएको हो । उनीहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा सपथ गराइएको थियो । राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार नयाँ राज्य मन्त्रीमध्ये चमाल राजापाक्षेलाई रक्षा मन्त्रालय, जोन सेनेभिरत्नेलाई अर्थ तथा नीति विकास मन्त्रालय र सुशील प्रेमाजयनाथलाई अन्तरराष्ट्रिय सम्बन्ध मन्त्रालयको जिम्मेवारी दिइएको छ । केहेलिया रामबुक्वेल्ला लगानी प्रबद्र्धन राज्यमन्त्री बन्नु भएको छ भने अरुणीका फर्नान्डोलाई पर्यटन प्रवद्र्धन राज्यमन्त्री बनाइएको छ । राष्ट्रपति राजापाक्षेले प्रधानमन्त्रीमा भने केही दिन अगाडि सहोदर दाइ एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई बनाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि महिन्दा राजापाक्षे यसअघि झण्डै दश वर्ष राष्ट्रपति भएका थिए । सन् २००५ देखि २०१५ सम्म उनले राष्ट्रपतिका रूपमा श्रीलङ्कामा शासन गरेका थिए । अघिल्लो बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पदबाट राजिनामा दिएपछि महिन्दा राजापाक्षे प्रधानन्त्रीमा भएका हुन् । सन् २०२० को मार्च १ पछि नयाँ संसद् बन्ने भएकाले अहिलेको मन्त्री परिषद्लाई त्यतिबेलासम्मका लागि अन्तरिम मन्त्रिपरिषद् भनिएको छ । तत्कालीन सत्तारुढ दल युनाइटेड नेशनल पार्टी (युडीपी)का तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेभएका सजिथ प्रेमादासालाई झण्डै १३ लाख मत अन्तरले पराजित गर्दै ७० वर्षीय राजापाक्षे राष्ट्रपति बनेका हुन् । पराजित हुनुभएका प्रेमादासा भने ५३ वर्षका थिए । निर्वाचनका बेला उम्मेदवारले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्यूनीकरण, सार्वजनिक सेवाको सुधारलगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए । अन्तरराष्ट्रिय विषयमा भने राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा जोड दिएका थिए । झण्डै दश वर्ष अगाडि रक्षा सचिव रहेका बेला तमिल टाइगर्सको द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भएका हुन् । श्रीलङ्काली सेनाका पूर्व‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षे दाइ महिन्दा राष्ट्रपति भएका बेला रक्षा सचिव थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  ०८:४५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रूसमा पुराना सवारीसाधनको आयातमा तीव्र वृद्धि
रूसमा पुराना सवारीसाधनको आयातमा तीव्र वृद्धि शुक्रबार, मंसिर १९, २०८२
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’- पुटिन
अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’- पुटिन शुक्रबार, मंसिर १९, २०८२
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र शुक्रबार, मंसिर १९, २०८२
डेमोक्र्याटिक पार्टीका सांसदलाई ट्रम्पद्वारा माफीको घोषणा
डेमोक्र्याटिक पार्टीका सांसदलाई ट्रम्पद्वारा माफीको घोषणा शुक्रबार, मंसिर १९, २०८२
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द शुक्रबार, मंसिर १९, २०८२
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना
बेलायती पोर्न कम्पनीलाई १० लाख पाउन्ड जरिवाना शुक्रबार, मंसिर १९, २०८२
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी
गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी बिहीबार, मंसिर १८, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP