Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • अश्वेतको सपना: जसले उनलाई च्याम्पियन बनायो
अश्वेतको सपना: जसले उनलाई च्याम्पियन बनायो
शुक्रबार, असार १७, २०७९
277765461_10224707530129814_2080456318500712068_n
Hardik health
काठमाडौं– भनिन्छ कुनै पनि कुरामा सफलता हासिल गर्न निरन्तर मिहेनत, कडा परिश्रम र दृढ इच्छाशक्ति चाहिन्छ । आफूले आटेको काममा मिहेनत र लगनशील भएर लागे सफलता स्वयंले व्यक्तिलाई पछ्याउ“दछ । हो, यही भनाइसग मिल्ने एक पात्र हुन्– अश्वेत स्थापित । अश्वेत ‘प्रथम धर्मश्री मेन्स फिजिक्स च्याम्पियन–२०२२’ का विजेता हुन् । लोभलाग्दो जीउडाल, सुगठित शरीर, लामो कद, चट्ट मिलेको ज्यान... । सधै जोसिला र हसिला देखिने उनी त्यत्तिकै मिजासिला पनि छन् । फिटनेस, बडी बिल्डिङ (शारीरिक सुगठन) उनको सानैदेखिको रुचि थियो । त्यसैले यस क्षेत्रमा उनी निरन्तर लागिरहे । यसैमा केही गर्छु भन्ने अठोट लिएर सक्रिय बनिरहे । त्यसैको परिणाम ‘प्रथम धर्मश्री मेन्स फिजिक्स च्याम्पियन’ बन्न सफल भए । ‘फिटनेस, बडी बिल्डिङ मेरो बाल्यकालदेखिकै सपना हो, अहिले यसैलाई पेसा बनाएर लागेको छु । यसैमा रमाइरहेको छु, यही क्षेत्रले मलाई नाम र दाम दिएको छ,’ प्रभावसग आफ्नो अनुभव सुनाउदै उनले भने । अश्वेतको अनुभवमा आफ्नो इच्छालाई बुझेर अघि बढ्यो भने जीवनमा सफल भइन्छ । बडी बिल्डिङको सपना अश्वेतको जन्म काठमाडौंमा भएको हो । उनलाई बाल्यकालदेखि नै फिटनेस, बडी बिल्डिङसग जोडिएका कुराहरु मनपथ्र्यो । स्कुलले जीवनदेखि नै फिटनेसको तरंगले उनलाई छोइसकेको थियो । सात–आठ वर्षको उमेरमै उनी कोही कसैको मिलेको जीउडाल देख्दा आकर्षित हुने गर्थे । जब हलिउड, बलिउड फिल्ममा ठूलठूला जीउडाल भएका सुपरस्टार, बडी बिल्डिरहरु देख्थे– उनको कलिलो मस्तिष्कले सोच्थे कि एक दिन म पनि यो मान्छेजस्तै बन्छु, एक दिन म पनि यस्तै शरीर बनाउछु । बाल्यावस्थामा देखेको त्यो सपना उनले अन्ततः पूरा गरिछाडे । ‘मेरो बच्चादेखिको सपना अहिले पूरा भएको छ, यो सफलताले आत्मसन्तुष्टि र खुसी दिलाएको छ । जिन्दगीको एउटा महवपूर्ण उपलब्धि हो यो,’ प्रथम धर्मश्री मेन्स फिजिक्स च्याम्पियन बन्दाको अनुभव सुनाउदै उनले भने । अश्वेत पढ्ने स्कुलमा सानो जिम सेन्टर थियो । त्यही  उनले केही मिल्ने साथीभाइस“ग जिम सुरु गरे, जतिबेला उनी १३ वर्षका मात्र थिए । कलिलो उमेरदेखि जिम सुरु गरेका उनीे प्लस टुपछि हायात जिममा आबद्ध भए । त्यसबेला जिम सेन्टर सीमित संख्यामा थिए । त्यहा  बडी बिल्डर राजु दिवाकरस“ग प्रशिक्षण लिए । राजु नै उनको बडी बिल्डिङ यात्राको पहिलो गुरु थिए । त्यसपछि उनले पिटबुल जिममा किशोर शाहीस“ग प्रशिक्षण लिन सुरु गरे, जुनबेला उनी २१ वर्षका थिए । अश्वेतले किशोरस“ग बडी बिल्डिङ प्रतियोगितामा भाग लिन चाहेको इच्छा जाहेर गरे । उनको आ“ट, मिहेनत, लगनशीलता र फिटनेसप्रतिको लगाव देखेर किशोरले अश्वेतलाई साथ दिए । त्यहीअनुसार प्रशिक्षण दिए । चार वर्षको कडा मिहेनत र प्रशिक्षणपछि उनी १३औं संस्करणको धर्मश्री मेन्स फिजिक्स च्याम्पियन प्रतियोगितामा भाग लिन गए । तर, उनी प्रतियोगितामा छनोट हुन सकेनन् । उनी भन्छन्, ‘जीवनमा कहिलेकाही“ आफूले नसोचेको कुरा भइदिन्छ । सोचेजस्तो रिजल्ट नआउन सक्छ, तर त्यो समयमा पछि हट्ने हैन, झन् मिहेनत गरेर अघि बढे सफलतामा पुगिन्छ भन्ने पाठ सिके“ ।’ त्यो असफलताले उनलाई थप मिहेनत गर्न सिकायो । आफूमा भएको कमी कमजोरीलाई सुधार्दै लगे । आठ वर्षको लामो मिहेनतपछि पुनः सन् २०२२ मा आयोजित १६औं संस्करणको धर्मश्री मेन्स फिजिक्स च्याम्पियन प्रतियोगितामा भाग लिए । यसपटक भने उनले उपाधि जितिछाडे । ००० बडी बिल्डिङको सपना लिएर दौडिरहेका अश्वेत राजनीतिक परिवारमा हुर्किएका हुन् । उनी काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं बागमती प्रदेशका पूर्वमन्त्री केशव स्थापितका कान्छा छोरा हुन् । बुबालाई पछ्याउदै राजनीतिमा लाग्ने सोच आएन ? कफीको चुस्की लिएर मुस्कुराउदै उनले जवाफ दिए, ‘राजनीतिमा मेरो इच्छा छैन । बुबाले राजनीतिमा आउने/नआउने तिम्रो इच्छाको कुरा हो भन्नुहुन्छ । कहिल्यै राजनीतिमा आउन दबाब दिनुभएन । वास्तवमा म मेरो परिवारले गर्दा नै म यहासम्म आइपुगेको हु ।’ बुबाले आफ्ने इच्छाअनुसार अगाडि बढ्न कहिल्यै नरोकेको उनले सुनाए । ‘जीवनमा जे कुराले खुसी दिन्छ, त्यसैमा लाग्नुपर्छ भनेर बुबाले प्रेरित गर्दै आउनुभएको छ,’ अश्वेतले भने । भविष्यको योजना नया–नया जिमखाना धाइरहन मनपराउने अश्वेतलाई भविष्यमा आफ्नै जिमखाना खोलेर अरूलाई प्रशिक्षण दिने चाहना छ । उनलाई जिममा भएका नया“ उपकरण प्रयोग गर्न मनपर्छ । साथीभाइ तथा नया“ खेलाडीहरुस“ग भेट्न पाउ“दा आनन्दित महसुस हुने उनी बताउ“छन् । राष्ट्रियस्तरको विजेता बनिसकेपछि उनको योजना अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनेतर्फ केन्द्रित भएको छ । अंग्रेजी बोल्न सहज मान्ने उनले भने, ‘यु ह्याभ टु किप मुभिङ फरवार्ड इन लाइफ । यस, इट इज गोइङ इन्टरन्यासनल । आइएम दि च्यालेञ्जर, आई ह्याभ टु विन फर मी ।’ उनको आसय थियो– राष्ट्रियस्तरको उपाधिपछि मैले अन्तर्राष्ट्रिय उपाधि पनि हासिल गर्छु भन्ने हो । त्यसका लागि शारीरिक तथा मानसिक रुपमा तयार हुन जरुरी रहेको उनको बुझाइ छ । ‘अहिले मेरो आठ महिनाकी छोरी छे, उनलाई समय दिइरहेको छु । अहिलेसम्म तयारी नै भनेर त लागेको छैन तर चा“डै अभ्यासमा लाग्छु,’ उनले भने । अरू खेलको तुलनामा बडी बिल्डिङ अलि खर्चिलो भएता पनि यसमा लाग्नुको फाइदा छुट्टै रहेको उनको भनाइ छ । उनका अनुसार अहिले स्वास्थ्यको लागि मात्र नभई व्यावसायिक रुपमा पनि यो क्षेत्र राम्रो बन्दै गएको छ । फिटनेसको अभ्यासले आफूभित्र रहेको चिन्तायुक्त विचार हटाउन र मस्तिष्कलाई रचनात्मक दिशातिर लैजान मद्दत गर्छ । फिटनेस पेसा उनको रुचिको विषय भएकाले पनि होला, आफैंमा ध्यान केन्द्रित गर्न सकिने, मानसिक रुपमा पनि सधै“ स्पूmर्त भइरहने अश्वेतको अनुभव छ । ‘सामान्यतया फिटनेसमा लागिसकेपछि के खान हुन्छ, के खान हुन्न, कति मात्रामा खाने, कुन समयमा के खाने भन्नेदेखि सुत्ने सबैको समय तालिका अनुसार चल्नुपर्ने भएकोले मानिस आफैंमा पनि एक खालको अनुशासित र ऊर्जाशील हुने गर्छ । फिटनेसमा लाग्नु भनेको आफ्नो सिर्जनशीलता, सकरात्मकता, उत्पादकत्व बढाउन पनि हो,’ उनले थपे । आफूले जिममा दैनिक तीन घण्टा समय बिताउने गरेको उनले बताए । अर्नौल्ड र स्टेलोनको फ्यान अमेरिकी अभिनेता, पूर्वबडी बिल्डर तथा राजनीतिज्ञ अर्नौल्ड स्वार्जनेगरलाई प्रेरणाको स्रोतका रुपमा लिने अश्वेत हलिउड अभिनेता सिल्भेस्टर स्टेलोनका पनि फ्यान हुन् । आफ्नो करिअरको सुरुआती समयदेखि अहिलेसम्म अर्नौल्डलाई पछ्याइरहेको उनी बताउ“छन् । सातौं पटक ओलम्पिया जितेका अर्नौल्ड क्यालिर्फोनियाका ३८औं गभर्नरसमेत हुन् । अश्वेत उनै अर्नौल्डलाई आफ्नो आइडल मान्छन् । स्टेलोन पनि उनका अर्का आइडल हुन् । ‘जीवनमा कसैलाई पनि आइडल नमानी अघि बढ्छु भनेर सोचाइ राख्नु गलत हो, जहिले पनि आफूभन्दा राम्रो मान्छेलाई हेरेर ऊबाट सिक्दै अघि बढ्यो भने आफ्नो लक्ष्यसम्म पुग्न सकिन्छ,’ अश्वेतले भने ।     तस्विर :अश्वेतको फेसबुकबाट लिईएको  
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
एथलेटिक्स टोली भारत जाँदै
एथलेटिक्स टोली भारत जाँदै सोमबार, कात्तिक ३, २०८२
हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै
हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै आइतबार, कात्तिक २, २०८२
एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियाली ‘युथ गेम्स’मा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने आइतबार, कात्तिक २, २०८२
क्रिकेटस् सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
क्रिकेटस् सामोआविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै शुक्रबार, असोज ३१, २०८२
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने
त्रिवि क्रिकेट रंगशालाका गुरुयोजना स्वीकृत,  १० अर्ब रुपैयाँ  लाग्ने शुक्रबार, असोज ३१, २०८२
नेपालले उपाधिका लागि सामोआसँग खेल्दै
नेपालले उपाधिका लागि सामोआसँग खेल्दै शुक्रबार, असोज ३१, २०८२
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी
नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP