Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
विविध
  • Home
  • विविध
  • केयूमा मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम खुल्याे
केयूमा मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम खुल्याे
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १४, २०७९
ku
Hardik health
काठमाडौं -  काठमाडौं विश्वविद्यालय (केयू)ले  मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसै वर्षदेखि स्नातकोत्तर तहमा पनि मिडिया स्टडीज विषयमा अध्यापन सुरु गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको  मंगलबार एक विज्ञप्ति जारी गरी जनाएकाे हो  । विगत १६ वर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडीज कार्यक्रमलाई अब स्नातकोत्तर तहमा पनि विस्तार गरिए पछि केयूमै स्नातकोत्तर गर्न चाहने मिडिया तथा सञ्चारकर्मीहरुका लागि यो सुनौलो अवसर हुने विश्वविद्यालयस्थित भाषा तथा आमसञ्चार विभागका प्रमुख डा‍‌. सुधांशु दाहालले बताएका छन्। आमसञ्चार र पत्रकारिता विषय नेपालका अन्य विश्वविद्यालयमा पढाइ हुँदै आए पनि मिडिया स्टडीज काठमाडौं विश्वविद्यालयमा संचालित एक पृथक कार्यक्रम हो । यहाँ भर्ना हुने विद्यार्थीहरुले समाज, संस्था, संस्कृति तथा प्रविधिलाई आधारशिला मानी सञ्चारमाध्यमका विभिन्न आयामहरुको अध्ययन गर्दछन् । केयूको मिडिया स्टडीज कार्यक्रममा प्राविधिक सीप र सैद्धान्तिक ज्ञानको समिश्रण पाइने भएकाले यहाँबाट दीक्षित हुनेहरुको बजारमा अत्याधिक माग रहने गरेको केयूकाे दाबी छ । स्नातकोत्तर तहमा पढाइ हुने विषयमध्ये एक चौथाइ विषयहरु अनुसन्धान सम्बन्धी छन् भने मिडिया उत्पादन, मिडिया व्यवस्थापन जस्ता विषयहरु व्यवसायिक मिडिया कर्ममा लाग्न चाहनेहरुका लागि ज्ञानको बलियो आधार हुन सक्छन् । स्नातकोत्तर तहको यस कार्यक्रम तयार गर्दा नेपाल र एसियाकै मौलिक परम्परा, ज्ञान र दर्शनलाई ध्यानमा राखिएको विभागका सहप्राध्यापक डा. निर्मलमणि अधिकारी बताउछन् । यस दुई वर्षे कार्यक्रममा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयहरुको अध्ययन गर्ने केयूले बताएकाे छ  । तीमध्ये मोबाइल पत्रकारिता, फिल्म अध्ययन, विज्ञापन व्यवस्थापन, प्रसारण पत्रकारिता, रेडियो स्टेसन व्यवस्थापन लगायत २८ वटा विषयहरुबाट तीन वटा ऐच्छिक विषय छान्न सक्नेछन् । तर, प्रथम वर्षमात्र पूरा गरेर पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरुलाई बैकल्पिक रुपमा पोष्ट ग्रयाजुएट डिप्लोमाको डिग्री प्रदान गर्न सकिने व्यवस्थासमेत यसमा गरिएको छ । मास्टर्स इन मिडिया स्टडीज कार्यक्रम पूरा गर्ने विद्यार्थीहरु आमसञ्चारका क्षेत्रमा समाचार सम्वाददाता, सम्पादक, मिडिया व्यवस्थापक, टेलिभिजन प्रस्तोता लगायत विभिन्न पदका लागि योग्य हुनेछन् । स्नातकोत्तर तहमा मिडिया स्टडीजमा भर्ना हुनका लागि आवेदकले जुनसुकै विषयमा कम्तिमा ३ वर्षे स्नातक तहको पढाइ पुरा गरेको हुनुपर्छ । साथै न्यूनतम ५० प्रतिशत वा २.५ जिपिए ल्याएको हुनुपर्छ । तर, दश वर्षभन्दा बढी व्यवसायिक मिडियाकर्ममा लागिसकेका आवेदकको हकमा ४५ प्रतिशत वा २ जिपिए भए पुग्ने केयूले बताएकाे छ  । केयूका अनुसार मास्टर्स् इन मिडिया स्टडीज नामको यो स्नातकोत्तर कार्यक्रममा हरेक वर्ष २० जना विद्यार्थी भर्ना हुनेछन् भने पूरा पढाई शुल्क ४ लाख रुपैयाँ कायम गरिएको छ । यस कार्यक्रममा भर्ना भएका मध्ये २० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको समेत व्यवस्था  गरेकाे केयूकाे दाबी छ । सूचना प्रविधिमा आएको नवक्रान्तिलाई पछ्याउँदै नेपाली आमसञ्चार तथा मिडियाको क्षेत्रले केही वर्ष यतादेखि विशिष्टिकृत जनशक्तिको अभाव झेली रहेको परिवेशमा मास्टर्स् इन मिडिया स्टडीजबाट उत्पादित जनशक्ति सहायक मात्र हुनेछैन, यसले नेपाली मिडिया क्षेत्रका समग्रता समेतमा दीर्घकालीन प्रभाव पार्ने केयूकाे विश्वास छ  ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १९:४३
प्रतिक्रिया दिनुहोस्
थप विविध
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग आइतबार, कात्तिक २, २०८२
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन
दुई हजार रोपनीभन्दा बढी जग्गा अपचलन सोमबार, असोज २७, २०८२
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’
सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ’ आइतबार, असोज २६, २०८२
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय
उत्तरपुस्तिका जलेर नष्टऽपुनः परीक्षा गर्ने निर्णय शुक्रबार, असोज २४, २०८२
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु
सिटिइभिटीद्वारा शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु शुक्रबार, असोज १०, २०८२
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन शुक्रबार, असोज १०, २०८२
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा
सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP