Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थ
  • Home
  • अर्थ
  • भक्तपुर नगरपालिकाको बजेट २ अर्ब १८ करोड
भक्तपुर नगरपालिकाको बजेट २ अर्ब १८ करोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १०, २०७९
bhaktapur
Hardik health
भक्तपुर- भक्तपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७९/०८० का लागि २ अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको बाह्रौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले अनुमानित आय/व्यय प्रस्तुत गरेकी हुन् । नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरि उक्त रकम बराबरको बजेट प्रस्तुत गरेको हो ।विनियोजित बजेटमा शिक्षा तथा संस्कृति क्षेत्रमा कूल बजेटको १९.४३ प्रतिशत छ्ट्याएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा ४.९५ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा ४.१२ प्रतिशत, भौतिक पूर्वाधार निर्माणका लागि १८.०७ प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.१८ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा २३.६६ प्रतिशत, वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरेको छ । विनियोजित बजेटको चालू खर्चतर्फ ६५.३९ प्रतिशत, पुँजीगत खर्चतर्फ ३२.५० प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरिएको छ । बजेट वक्तव्यमा १०० शैयाको स्वीकृति प्राप्त ख्वपः अस्पताल भवन यसै आर्थिक वर्षमा निर्माणको काम पूरा गरि सुविधा सम्पन्न ‘जनताको अस्पताल सञ्चालन गर्न ८ करोड रूपैयाँ विनियोजन गरेको छ । त्यस्तै देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रूपैयाँ, अँचापोखरी परिसरमा आदर निकेतन सञ्चालन गर्न ५० लाख रूपैयाँ, शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणका लागि १ करोड रूपैयाँ, महेश्वरी खेलमैदानको लागि १ करोड, बेखाल कभर्ड हल निर्माण सम्पन्न गर्न ३ करोड रूपैयाँ र खेलकुद पूर्वाधार, प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न ६ करोड १ लाख विनियोजन गरेको छ । बाराही पुल यसै वर्ष सम्पन्न गर्ने गरि ३ करोड, नगरमा खानेपानी फिल्ट्रेसन, ट्यांकी निर्माण तथा खानेपानी पाइप सुधार कार्यका लागि लिवाली आवास योजना र कमल विनायक आवास योजनामा खानेपानी व्यवस्था गर्न ५० लाख, नगरबासीलाई खानेपानी सुविधा उपलब्ध गराउन १ करोड २५ लाख र नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूसँग सहकार्य गरि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र युवा उद्यमशील ऋणतर्फ १ करोड बजेट विनियोजन गरेको छ । क्यान्सर, मुटु, मृगौला, मस्तिष्कघात तथा मेरूदण्ड पक्षघात (स्पाइनल कर्ड इन्ज्युरी) जस्ता कडा तथा दीर्घरोग भएका नगरवासी विरामीहरूलाई प्रतिव्यक्ति १५ हजारका दरले सहयोग गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिन ४० लाख विनियोजन गरेको छ भने क्यान्सर, मृगौला रोगी र मेरूदण्ड पक्षघातका बिरामीहरूलाई मासिक पाँच हजारको दरले उपचार खर्च भत्ता व्यवस्थाका लागि ९० लाख विनियोजन गरेको छ । बजेट वक्तव्यमा लिवालीमा चिस्यान केन्द्र निर्माण गर्न १ करोड, वडा नम्बर ५ मा तरकारी बजार निर्माण सम्पन्न गर्न ४० लाख रूपैयाँ, थंथु दरबार पुनःनिर्माण, सांस्कृतिक संग्रहालय निर्माण, कोसेली घरलगायत वडाका सम्पदाहरू पुनःनिर्माण र संरक्षणका लागि ६ करोड बजेट विनियोजन गरेको छ । चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्रलगायतका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययरत नगरवासी विद्यार्थीहरूका लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्दै आएकोमा यो वर्ष ऋणको सीमा वृद्धि गर्दै २ करोड रूपैयाँ विनियोजन गरिएको छ । रकमको ३५ प्रतिशत अनुदान दिन ५० लाख रूपैयाँ विनियोजन गरिएको छ भने ख्वपः टेलिभिजन सञ्चालनका लागि १ करोड रूपैयाँ बजेट वक्तव्यमा विनियोजन गरेको छ । पर्ती जग्गा संरक्षण तथा सिमांकन, पार्किङ, कृषि उत्पादन वृद्धि गर्न माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्यलगायतका लागि ७० लाख विनियोजन गरेको छ भने नगरभित्रका सामुदायिक विद्यालयहरूमा बालविकास सहजकर्ता (ईसीडी) शिक्षकहरूको कार्य मूल्यांकन गरि थप पारिश्रमिकको बन्दोबस्त गरेको छ । त्यस्तै युवा तथा खेलकुद क्षेत्रमा ६ करोड १ लाख ९९ हजार रूपैयाँ, कृषि औजार एवम् बीऊ विजनका लागि कृषि क्षेत्रमा २ करोड सात लाख रूपैयाँ र प्रशासनिक व्यवस्थापनका लागि ३८ करोड ८६ लाख ६३ हजार विनियोजन गरिएको छ ।  
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP