Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #मनोनयन_दर्ता
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
Search Here
अर्थ
  • Home
  • अर्थ
  • भक्तपुर नगरपालिकाको बजेट २ अर्ब १८ करोड
भक्तपुर नगरपालिकाको बजेट २ अर्ब १८ करोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १०, २०७९
bhaktapur
Hardik health
भक्तपुर- भक्तपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७९/०८० का लागि २ अर्ब १८ करोड ४२ लाख ४२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा शुक्रबार बसेको बाह्रौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले अनुमानित आय/व्यय प्रस्तुत गरेकी हुन् । नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरि उक्त रकम बराबरको बजेट प्रस्तुत गरेको हो ।विनियोजित बजेटमा शिक्षा तथा संस्कृति क्षेत्रमा कूल बजेटको १९.४३ प्रतिशत छ्ट्याएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा ४.९५ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा ४.१२ प्रतिशत, भौतिक पूर्वाधार निर्माणका लागि १८.०७ प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.१८ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा २३.६६ प्रतिशत, वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरेको छ । विनियोजित बजेटको चालू खर्चतर्फ ६५.३९ प्रतिशत, पुँजीगत खर्चतर्फ ३२.५० प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरिएको छ । बजेट वक्तव्यमा १०० शैयाको स्वीकृति प्राप्त ख्वपः अस्पताल भवन यसै आर्थिक वर्षमा निर्माणको काम पूरा गरि सुविधा सम्पन्न ‘जनताको अस्पताल सञ्चालन गर्न ८ करोड रूपैयाँ विनियोजन गरेको छ । त्यस्तै देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रूपैयाँ, अँचापोखरी परिसरमा आदर निकेतन सञ्चालन गर्न ५० लाख रूपैयाँ, शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणका लागि १ करोड रूपैयाँ, महेश्वरी खेलमैदानको लागि १ करोड, बेखाल कभर्ड हल निर्माण सम्पन्न गर्न ३ करोड रूपैयाँ र खेलकुद पूर्वाधार, प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न ६ करोड १ लाख विनियोजन गरेको छ । बाराही पुल यसै वर्ष सम्पन्न गर्ने गरि ३ करोड, नगरमा खानेपानी फिल्ट्रेसन, ट्यांकी निर्माण तथा खानेपानी पाइप सुधार कार्यका लागि लिवाली आवास योजना र कमल विनायक आवास योजनामा खानेपानी व्यवस्था गर्न ५० लाख, नगरबासीलाई खानेपानी सुविधा उपलब्ध गराउन १ करोड २५ लाख र नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूसँग सहकार्य गरि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र युवा उद्यमशील ऋणतर्फ १ करोड बजेट विनियोजन गरेको छ । क्यान्सर, मुटु, मृगौला, मस्तिष्कघात तथा मेरूदण्ड पक्षघात (स्पाइनल कर्ड इन्ज्युरी) जस्ता कडा तथा दीर्घरोग भएका नगरवासी विरामीहरूलाई प्रतिव्यक्ति १५ हजारका दरले सहयोग गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिन ४० लाख विनियोजन गरेको छ भने क्यान्सर, मृगौला रोगी र मेरूदण्ड पक्षघातका बिरामीहरूलाई मासिक पाँच हजारको दरले उपचार खर्च भत्ता व्यवस्थाका लागि ९० लाख विनियोजन गरेको छ । बजेट वक्तव्यमा लिवालीमा चिस्यान केन्द्र निर्माण गर्न १ करोड, वडा नम्बर ५ मा तरकारी बजार निर्माण सम्पन्न गर्न ४० लाख रूपैयाँ, थंथु दरबार पुनःनिर्माण, सांस्कृतिक संग्रहालय निर्माण, कोसेली घरलगायत वडाका सम्पदाहरू पुनःनिर्माण र संरक्षणका लागि ६ करोड बजेट विनियोजन गरेको छ । चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्रलगायतका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययरत नगरवासी विद्यार्थीहरूका लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्दै आएकोमा यो वर्ष ऋणको सीमा वृद्धि गर्दै २ करोड रूपैयाँ विनियोजन गरिएको छ । रकमको ३५ प्रतिशत अनुदान दिन ५० लाख रूपैयाँ विनियोजन गरिएको छ भने ख्वपः टेलिभिजन सञ्चालनका लागि १ करोड रूपैयाँ बजेट वक्तव्यमा विनियोजन गरेको छ । पर्ती जग्गा संरक्षण तथा सिमांकन, पार्किङ, कृषि उत्पादन वृद्धि गर्न माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्यलगायतका लागि ७० लाख विनियोजन गरेको छ भने नगरभित्रका सामुदायिक विद्यालयहरूमा बालविकास सहजकर्ता (ईसीडी) शिक्षकहरूको कार्य मूल्यांकन गरि थप पारिश्रमिकको बन्दोबस्त गरेको छ । त्यस्तै युवा तथा खेलकुद क्षेत्रमा ६ करोड १ लाख ९९ हजार रूपैयाँ, कृषि औजार एवम् बीऊ विजनका लागि कृषि क्षेत्रमा २ करोड सात लाख रूपैयाँ र प्रशासनिक व्यवस्थापनका लागि ३८ करोड ८६ लाख ६३ हजार विनियोजन गरिएको छ ।  
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात
मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात मंगलबार, माघ ६, २०८२
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन सोमबार, माघ ५, २०८२
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात सोमबार, माघ ५, २०८२
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून
कर्णाली प्रदेशको पुँजीगत खर्च न्यून आइतबार, माघ ४, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत
बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३८, खर्च ३५ प्रतिशत बिहीबार, माघ १, २०८२
चिसापानी बजारको सडक निर्माण तीव्र
चिसापानी बजारको सडक निर्माण तीव्र बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP