Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • माओवादीमा मंसिर महिनाको संजोग
माओवादीमा मंसिर महिनाको संजोग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर ११, २०७६
Hardik health
तत्कालीन माओवादी पार्टीले ८ मंसिर ०५८ का दिन आङ्खनो सैन्य शक्तिलाई जनमुक्ति सेनाका रूपमा औपचारिक घोषणा गरेको थियो । जनमुक्ति सेना घोषणा पूर्वमाओवादी सैन्य शक्ति छापामार सेनाको रूपमा क्रियाशील थियो । सोही दिनकै अवसर पारेर ८ मंसिर राति दाङ जिल्लाको घोराहीस्थित शाही नेपाली सेनाको ब्यारेकलगायत देशव्यापी फौजी कारबाहीहरू भएका थिए । स्याङ्जा र सोलुखुम्बु सदरमुकाममा पनि त्यही दिन हमला गरिएको थियो । दाङमा तत्कालीन शाही नेपाली सेनामाथि जनमुक्ति सेनाको पहिलो हमला थियो । सो कारबाहीमा आङ्खनोतर्फ सामान्य क्षतिका बाबजुद जनमुक्ति सेनाले नेपाली सेनाको ब्यारेक सफलतापूर्व नियन्त्रण लियो । उक्त आक्रमण माओवादी सैन्य श्रेष्ठताको उच्चता त थियो नै, त्यसका साथै पुरानो सत्तामाथि फौजी दबाबको एक रणनीतिक पहलकदमी थियो । सामान्यतः यो भन्न सकिन्छ कि यदि उक्त आक्रमण असफल नहुँदो हो त माओवादी आन्दोलनको विकासमा एक असामान्य चुनौति सिर्जित हुने थियो । पुरानो सत्तासँगको उच्च प्रविधि जनमुक्ति सेनाले जुन स्तरमा प्राप्त गर्न सफल भयो, त्यसले माओवादी सैन्य क्षमतालाई निकै हेरफेर गरिदियो । यसर्थ, ८ मंसिरमा माओवादी आन्दोलनको विकासमा एक ऐतिहासिक दिन हो । २०६३ मंसिर ५ एउटा त्यस्तो दिन हो, जुन दिन माओवादी पार्टीेले पुरानो सत्तासँग शान्ति सम्झौता र्गयो । त्यो सम्झौताको जग २०६२ मंसिर ७ गते भारतको दिल्लीमा सम्पन्न तत्कालीन सात दल र माओवादीबीच भएको १२ बुँदे सहमतिबाट शुरु भएको थियो । सोही सम्झौताबमोजिम ‘क्यान्टोनमेन्ट’ खडा गरेर अपरिचालनको अवस्थामा राखिएको जनसेनालाई अन्ततः पूर्णरूपले विघटन गरियो । पुरानो सत्ताको सुरक्षा निकायबाट कब्जा गरिएका सम्पूर्ण हतियार निःशर्त पुरानो सत्तालाई नै फिर्ता गरियो । माओवादी आन्दोलनको पतनमा त्यो नै यस्तो दिन थियो, जहाँबाट शुरु गरिएको अभियानले माओवादी आन्दोलनलाई निःशस्त्र मात्रै पारेन, अन्नतः छिन्नभिन्न र टुक्राटुक्रा बनाइदियो । त्यस्तै २०७१ साल मंसिर ८ गते माओवादी आन्दोलनमा अर्को एउटा परिघटना सिर्जित भयो । त्यो दिन माओवादी आन्दोलनकै एउटा पंक्तिले आफूलाई पुनर्गठित गरेर माओवादी आन्दोलनकै पुनर्गठनको घोषणा र्गयो । नेत्रबिक्रम चन्द विप्लवको नेतृत्तवमा पुनर्संगठित उक्त पंक्ति नेपाल कम्युनिस्ट पार्टीका नामले परिचित भइसकेको छ । यो पुनर्गठन माओवादी आन्दोलनको पुनरुत्थानमा एक ऐतिहासिक कोशेढुंगा हो । माओवादी आन्दोलनको उदय जुन समयमा भयो, त्यो एक वस्तुगत एवं ऐतिहासिक आवश्यकता थियो । उक्त आवश्यकतालाई तत्कालीन नेतृत्तवले सचेतन र योजनावद्ध पहलकदमीका रूपमा अघि बढायो । त्यसको नतिजा पनि निकै सकारात्मक अभिव्यक्ति भयो । नेपालको इतिहासमा सामाजिक जागरण तथा सांस्कृतिक रूपान्तरणको कोणबाट हेर्दा माओवादी आन्दोलन एक अद्वीतीय पहलकदमी हो । जनता र राष्ट्रप्रतिको उच्च समर्पण र निशर्त वलिदान माओवादी संस्कृतिको आम विशेषता थियो । जसको परिणाम माओवादी आन्दोलनमा त्याग, समर्पण र सौर्यका चमत्कारिक कीर्तिमानहरू खडा भए र माओवादी आन्दोलन तीव्र गतिमा विकसित हुन पुग्यो । यो कुरा साम्राज्यवादी एकाधिकार पुँजीपति वर्ग र उसकै पृष्ठपोषणमा हुर्किइरहेको फासिवादी तब्कालाई पाच्य भएन । फलस्वरूप, माओवादी आन्दोलनका बिरुद्ध देशी विदेशी षडयन्त्रका थुप्रै तानावानाहरू बुनिन शुरु भए । माओवादी आन्दोलनताका देशको राजनीति राजशक्ति, संसदवादी शक्ति र माओवादी शक्तिका रूपमा ध्रुवीकृत भएको थियो । तिनीहरूमध्ये संसदवादी शक्तिलाई विदेशी एकाधिकार पुँजीवादको पूर्ण आड थियो । राजशक्तिसँग उनीहरूले बार्गे्निङ गरिरहेका थिए । राजशक्ति उनीहरूका लागि प्रतिकूल र अनुकूल आधाआधि थियो । माओवादी शक्ति एकाधिकार पुँजीवादको पूर्णप्रतिकूल थियो । त्यसो भएपछि कुनै पनि हालतमा माओवादी शक्तिलाई किनारा लगाउनु उसको पहिलो कार्यसूची बन्ने नै भयो । परिस्थिति यस्तो बन्न गयो कि यी तीनमध्ये कुनै दुईलाई एक ठाऊँमा ल्याउन सकेको खण्डमा अर्कोको पराजय अवश्यम्भावी थियो । माओवादी आन्दोलनको अघिल्लो चरणमा राजशक्ति र माओवादी शक्ति सहकार्यको नजिक रहे । जसको परिणाम संसदवादी शक्ति अस्तित्वको चरम संकटबाट गुज्रिरहेका थिए । त्यसलाई ‘काउन्टर’ गर्न नारायणहिटी हत्याकाण्डको रचना गरियो । ततपश्चात पनि माओवादी शक्ति र राजशक्ति बीचको सहकार्य केहि समय जारी रह्यो । तब विदेशी शक्ति केन्द्रहरूको निशानामा राजशक्ति र माओवादी शक्ति दुवै पर्न गए । त्यसका लागि उनीहरूले दुबैलाई एक अर्काविरुद्ध उपयोगको तरिका अवलम्बन गरे । यो रणनीतिमा उनीहरू एकदमै सफल भए । एक अर्काविरुद्धको उपयोगमा राजशक्ति र माओवादी शक्ति दुवै पत्तासाफ भए । अन्ततः विजयको उपाधि संसदवादी शक्तिको हात लगाइयो । २०६३ मंसिर ५ गते रचना गरिएको विस्तृत शान्ति सम्झौता यही अभियानको खतरनाक चक्रब्यूह थियो । त्यतिबेला राजशक्ति पूर्णपराजित भइसकेको थियो । माओवादी शक्ति सम्झौताको ‘मायावी’ जालमा फसिसकेको थियो । बाँकी थियो उसको हाडखोर गर्न । सोही ‘डिजाइन’ बमोजिम नै मंसिर ५ को कथित बृहत् शान्ति सम्झौता गरिएको थियो । आजको दिनसम्म आइपुग्दा माओवादी आन्दोलनको मुख्य नेतृत्तव पुष्पकमल दाहाल र रामबहादुर थापासहितको ठूलो पंक्ति विगतमा आफैँले घोषणा गरेको ‘नवप्रतिक्रियावादी’ ‘एमाले गुट’मै विलीन भएर नेकपा (नेकपा) गठित भइसकेको छ । माओवादी आन्दोलनका चर्चित बौद्धिक नेता डा.बाबुराम भट्टराई माक्र्सवादलाई नै परित्याग गरेर ‘कुतीको बाटो’ हि“डिसकेका छन् । उता दाहालसँगको बैचारिक लडाइँमा आफूलाई साथ दिएका मोहन वैद्य किरण, जो माओवादी आन्दोलनका एक मूर्धन्य दार्शनिकसमेत हुन्, उनलाई समेत छाडेर नेत्रबिक्रम चन्द विप्लवको नेतृत्तवमा गठन भएको नेकपाले माओवादी आन्दोलनलाई नेतृत्तव प्रदान गरिरहेको छ । भलै, नेपाल कम्युनिस्ट पार्टीलाई हिजोकै ‘सहकर्मी, सहयोद्धा कमरेडहरू’ सहभागी दुई तिहाईको सरकारले प्रतिबन्धसमेत लगाइसकेको छ । नेपाल कम्युनिस्ट पार्टीले पार्टी र सिंगो माओवादी आन्दोलनलाई नै पुनर्गठन गर्न संजोग परेको यो दिन मंसिर ८ हुन पुग्यो । हुन त हरेक आवश्यकताहरू संजोगकै रूपमा अभिव्यक्त हुने गर्दछन् । जे होओस्, माओवादी आन्दोलनको उत्थान, पतन र पुनरुत्थानमा मंसिर महिना एउटा गज्जबकै संजोग बनेर इतिहासमा दर्ज हुन गएको छ । माओवादी आन्दोलनको पुनर्गठन आज पनि एक ज्वलन्त वस्तुगत आवश्यकता हो । आर्थिक–सामाजिक क्षेत्रमा आमूल परिवर्तन गर्न, राष्ट्रियताको रक्षा तथा नेपाली जनताको वास्तविक समृद्धि र सुख शान्तिका लागि एउटा क्रान्ति फेरि पनि जरुरी छ । त्यसको परिपूर्ति हो– पुनर्गठन । माओवादी मूल्यलाई तत्कालीन नेतृत्तवले परित्याग गरेर आज ऊ अलग र गलत बाटोमा लागेको छ । जबकि, माओवादी आन्दोलनको मूल्य, त्यसको लक्ष्य र उद्देश्य विल्कुल ठीक थियो । यसर्थ, त्यसको पुनर्गठन सामाजिक अग्रगमनको आवश्यकता हो । कथित शान्ति प्रक्रिया यताका करिब १३ वर्षहरूले यो साबित गरेका छन् कि माओवादी आन्दोलनको पराजयले राष्ट्रिय स्वाधीनता र स्वभिमानको समेत नराम्ररी पराजय भएको छ । त्यसकै परिणाम आज विदेशी एकाधिकार पुँजीवादले व्यापक जरा फैलाइरहेको छ । राष्ट्रिय अर्थतन्त्र चौपट भएको छ । दलाल पुँजीवादले जनजीवन आक्रान्त पारिरहेको छ । घुस, भ्रष्टाचार, महत्तगी, वेरोजगारी यसकै परिणाहरू हुन् । एकाधिकार पुँजीवादकै ‘डोमिनेसन’ को अर्को परिणाम हो, देशको सीमाना मिचित्तदै जानु । यो स्थितिमा नेपाल कम्युनिस्ट पार्टीको गठन अर्थात् माओवादी आन्दोलनको पुनर्गठन एउटा सुखद पहलकदमी हो । तर, यो पहलकदमी विगत आन्दोलनको हुबहु नक्कल भने किञ्चित होइन । यो इतिहासको कटू शिक्षासहित माओवादी आन्दोलनको नयाँ उच्चता हो । यो नवीन प्रतिवद्धता र नविन सम्भावनाहरूको खोजी हो । यो जडताहरूमाथिको सम्बन्ध विच्छेद हो । स्खलनका बिरुद्ध बिद्रोह हो । तर, मालेमाका आधारभूत मूल्यको तिलाञ्जली विल्कुल होइन । पुनर्गठनको यो संजोग नेपालको इतिहासमा अपूर्ण आन्दोलन र क्रान्तिहरूको परिपूर्णताको इमान्दारिपूर्ण पहल हो । धोका, गद्धारी र कायरताको तिरस्कार हो । अन्तमा, मंसिर महिनाको यो संजोगलाई दृढतापूर्वक सामना गरौँ ।
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  ०८:५६
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP