काठमाडौं- टेलिभिजन कार्यक्रम छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले आफ्नो आगामी यात्राबारे औपचारिक घोषणा गर्दैछन्।
राष्ट्रियसभा गृहमा भइरहेको कार्यक्रममा उनले आफ्नो राजनीतिक यात्राबारे औपचारिक घोषणा गर्न लागेका हुन्।
पछिल्लो समय ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सीधा कुरा’ कार्यक्रम सञ्चालन गरिरहेका लामिछानेले राजनीतिक यात्राबारे विस्तृत जानकारी दिँदैछन्।