Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #डा स्वर्णिम वाग्ले
Search Here
अर्थ
  • Home
  • अर्थ
  • एक वर्षमा ७२ रूपैयाँ बढ्यो पेट्रोलको मूल्य
एक वर्षमा ७२ रूपैयाँ बढ्यो पेट्रोलको मूल्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ७, २०७९
Hardik health
काठमाडौं- अघिल्लो वर्ष असार ९ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा पेट्रोल प्रतिलिटर १२७ रूपैयाँ कायम गरेको थियो । निगमले डिजेल र मट्टितेल प्रतिलिटर ११०, खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर एक हजार ४०० रूपैयाँ कायम गरेको थियो । त्यसअघि जेठ २३ गते मूल्यवृद्धि गरेको निगमले पेट्रोल प्रतिलिटर १२५ रूपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १०८ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार ४०० रूपैयाँ पुर्‍याएको थियो । त्यसको १७ दिनपछि असार ९ गते मूल्यवृद्धि गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँ बढाएको थियो । खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको थियो ।त्यसपछि निरन्तर उकालो लागेको पेट्रोलियम पदार्थको मूल्य आज पर्यन्त रोकिएको छैन । इन्धनको मूल्य एक वर्षको अवधिमा झण्डै दोब्बरको स्थितिमा पुगेको छ । यसबीचमा १४ पटक मूल्य बढाउँदा दुई पटकमात्र घटाइएको थियो । पछिल्लोपटक निगमले आइतबार रातिदेखि फेरि मूल्यवृद्धि गरेको छ । यसपटक भारी मात्रामा मूल्यवृद्धि भएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ बढाएर लिटरको १९९ पुर्‍याएको छ भने डिजेल/मट्टितेलमा २७ रूपैयाँ बढाएर प्रतिलिटर १९२ पु¥याएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यसअघिकै अर्थात् प्रतिसिलिण्डर एक हजार ८०० रूपैया“ नै कामय गरिएको छ । निगमले हवाई इन्धनमा पनि मूल्य बढाएको छ । जसअनुसार आन्तरिकतर्फ १९ रुपैया“ले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पु¥याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । निमगले यसअघि जेठ २६ गते पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको थियो । भारतको इण्डियन आयल कर्पोरेसन (आइओसी)ले पछिल्लोपटक पठाएको मूल्यसूचीअनुसार समायोजन गरेर मूल्य बढाइएको निगमले बताएको छ । नयाँ मूल्यमा बेच्दा पनि आगामी १५ दिनमा निगमलाई दुई अर्ब ३५ करोड रूपैयाँभन्दा धेरै घाटा हुने निगमले बताएको छ । निगमका अनुसार एक हजार ८०० रुपैयाँमा बिक्री भइरहेको एलपी ग्यासमा प्रतिसिलिण्डर ७५१.१४ रूपैया“ घाटा छ । ग्यासको खरिद लागत दुई हजार ५५१.१५ रूपैयाँ रहेको निगमले जनाएको छ । गएको जेठ महिनामा मात्र निगमले तीनपटक इन्धनको मूल्यवृद्धि गरेको थियो । जेठ ८ मा पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढाएर क्रमशः १८० र १६३ रुपैयाँ प्रतिलिटर पुर्‍याएको थियो । त्यसको चौतर्फी विरोध भएपछि सरकारले इन्धनमा लगाएको १० रुपैयाँ पूर्वाधार कर हटाउने निर्णय गर्‍यो र, १८ जेठमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको थियो । त्यसपछि दुईपटक लगातार मूल्य बढाइएको छ । पछिल्लोपटक गरिएको मूल्यवृद्धिस“गै एक महिनामा मात्रै पेट्रोलको मूल्य १९ र डिजेल÷मट्टितेलको २९ रूपैयाँले बढेको छ । सार्वजनिक यातायात र हवाई भाडा बढ्यो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएस“गै सार्वजनिक यातायातको भाडा बढाइएको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । यात्रुवाहक सार्वजनिक सवारीसाधनमा ५.३० प्रतिशतले भाडा बढाइएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा बढाइएको विभागले सोमबार सूचना जारी गरी जानकारी दिएको छ ।यस्तै हवाई यातायात (आन्तरिक)को भाडासमेत बढेको छ । वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो । बढेको दरअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा १६ हजार ८०५ रुपैयाँ पुगेको छ । जबकि, काठमाडौं–दुबईको भाडा योभन्दा सस्तो छ । यस्तै, काठमाडौं–नेपालगञ्ज रुटको १३ हजार ८१५ रुपैयाँ पुगेको छ । काठमाडौंदेखि माउन्टेन फ्लाइटको भाडा १४ हजार ७२० रुपैयाँ पुगेको छ । आयल निगमले सोमबारदेखि पेट्रोलिय पदार्थको मूल्य बढाएको हो । जसअनुसार हवाई इन्धन (आन्तरिक)को मूल्य १९ रुपैया“ले बढेर प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य फरक–फरक तोकिने निगमले खाना पकाउने (एलपी) ग्यासमा घरायसी र व्यापारिक प्रयोजनका लागि फरक मूल्य निर्धारण गर्ने भएको छ । निगमले असार मसान्त अगावै व्यापारिक प्रयोजन र घरायसी प्रयोजनका लागि छुट्टा–छुट्टै मूल्य कायम गर्ने भएको हो ।निगमले ग्यासको दोहोरो मूल्य कायम गर्नका लागि अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले सञ्चालक समितिलाई अध्ययन प्रतिवेदन बुझाएपछि दोहोरो मूल्य कायम गरिने निगमका कार्यकारी निर्देशक उमेश थानीले जानकारी दिए । उनका अनुसार निगमले सिलिण्डरको आकार, रङ, ग्यास गन्धको आधारमा व्यापारिक प्रयोजन र घरायसी प्रयोजन छुट्याएर मूल्य निर्धारण गर्नेछ ।अध्ययन समितिले असार मसान्त अगावै प्रतिवेदन बुझाउने र सोहीअनुसार नयाँ मूल्य कायम हुने थानीको भनाइ छ । ग्यासमा दोहोरो मूल्य निर्धारण गर्दा घरायसी प्रयोजनका ग्यास सस्तो पर्नसक्ने निगमले जनाएको छ । मूल्यवृद्धिको विरोधमा एमाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको सांसदहरुले चर्को आलोचना गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले मूल्यवृद्धिको विषयलाई लिएर सरकारको आलोचना गरेका हुन् । एमाले सांसद तथा पूर्वमन्त्री पद्मा अर्यालले इन्धनमा भारी मूल्यवृद्धि गरेको भन्दै सरकार जनताप्रति संवेदनशील नभएको आरोप लगाइन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको जीवनको हरेक अंगमा असर पर्ने उनको भनाइ छ । सांसद अर्यालले मूल्यवृद्धिको के बाध्यता आइलाग्यो ? भन्दै मन्त्रीले सदनमा आएर जनतालाई चित्तबुझ्दो जवाफ नदि“दासम्म एमालेले सदन चल्न नदिने बताइन् । त्यसपछि एमाले सांसदहरुले उठेर विरोध जनाए । सभामुखको रुलिङपछि मात्रै बैठक अगाडि बढेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूले उठाएका मागमा आफ्नो ध्यानाकर्षण भएको र यस विषयमा सरकारले सत्यतथ्य सदनसमक्ष पेस गर्न निर्देश गर्दछु भनेपछि एमालेले बैठक चल्न दिएको थियो । प्रतिनिधिसभाको शून्य समयमा पनि केही सांसदहरुले यो विषयलाई उठाइरहे । जसमा सत्तापक्षका सांसद पनि थिए । सस्तोमा बेच्न सकिन्न: मन्त्री बडू उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताएका छन् ।सोमबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले सरकार बाध्यतामा परेको बताए । पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले बाहिरबाट महँगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्नसक्ने अवस्थामा सरकार नरहेको जवाफ दिए । मन्त्री बडूले सरकारले बढेर आएको मूल्यमा कर घटाएर १० रुपैयाँ मूल्य कम गरेको बताए ।उनले सरकारले विगतमा लगाएको कर कम गरेर उपभोक्तालाई अझ सस्तोमा तेल दिने प्रयास गरिरहेको दाबी गरे । तर, सरकार तत्कालका लागि १० रुपैयाँ भन्दा बढी कर घटाउन सक्ने स्थितिमा नरहेको उनको भनाइ छ । आयल निगमलाई अहिले प्रत्येक महिना नौ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको उनको भनाइ छ ।उद्योग मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले सरकारले चिनी उद्योगको संरक्षण गर्ने नाममा भन्सार दर बढाउँदा बजारमा मूल्यवृद्धि भएको दाबी गरे । सचिव पाण्डेले मूल्यवृद्धि कम गर्नका लागि सरकार आफैंले चिनी आयात गरेर बजारमा पठाउनुपर्ने बताए । एक वर्षमा भएको इन्धनको मूल्यवृद्धि मिति                    पेट्रोल  डिजेल मट्टितेल एलपी ग्यास ९ असार २०७८   १२७     ११०        १४०० २२ असार २०७८  १२९    ११२         १४२५ ३० असार २०७८  १२८    १११         १४२५ ७ भदौ २०७८       १३०    ११३         १४५० १२ कात्तिक २०७८  १३३   ११६      १५०० २४ कात्तिक २०७८  १३६   ११९      १५७५ ५ माघ २०७८          १३९   १२२     १५७५ १८ माघ २०७८      १४२    १२५      १५७५ ७ फागुन २०७८      १४५   १२८      १५७५ १९ फागुन २०७८     १५०   १३३     १५७५ २ चैत २०७८          १५५    १३८    १५७५ २२ चैत २०७८         १६०   १४३     १६०० ३१ वैशाख २०७९     १७०   १५३    १६०० ८ जेठ २०७९          १८०    १६३    १८०० १८ जेठ २०७९        १७०    १५३   १८०० २६ जेठ २०७९       १७८     १६५   १८०० ५ असार २०७९     १९९     १९२    १८०० स्रोत - नेपाल आयल निगम  
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
झापा–५ का निर्वाचित सांसद शाहद्वारा निर्वाचन खर्च सार्वजनिक
झापा–५ का निर्वाचित सांसद शाहद्वारा निर्वाचन खर्च सार्वजनिक सोमबार, फागुन २५, २०८२
दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडक अवरुद्ध
दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल-नारायणगढ सडक अवरुद्ध सोमबार, फागुन २५, २०८२
सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु
सौन्दर्यकरणका लागि गलेश्वरको सडकमा ‘स्लेट’ ढुङ्गा बिछ्याउन सुरु बुधबार, फागुन २०, २०८२
वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात
वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात मंगलबार, फागुन १९, २०८२
सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन
सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन सोमबार, फागुन १८, २०८२
निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार
निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार बिहीबार, फागुन १४, २०८२
निक्षेप लिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंककाे आह्वान
निक्षेप लिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंककाे आह्वान बिहीबार, फागुन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP