Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #गीतकार_टेक_तामाङ
  • #विश्व_संगीत_दिवस
  • #गण्डकी प्रेदशसभा
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #सहकारीको बचत अपचलन प्रकरण
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
अर्थ
  • Home
  • अर्थ
  • कल सेन्टरबाट ‘साइबर अपराध’ निशानामा अमेरिकी नागरिक
कल सेन्टरबाट ‘साइबर अपराध’ निशानामा अमेरिकी नागरिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ६, २०७९
काठमाडौं- काठमाडौं महानगरपालिका–२९, रानीबारीका २३ वर्षीय आरस तुलाधार कामको खोजीमा थिए । व्यवस्थापन संकायमा स्नातक पढिरहेका उनी पढाइ सँगसँगै काम गर्न चाहन्थे । बुवा बिजुलीको काम गर्थे । घरको आयस्रोत कम थियो । त्यसैले पनि आरस कामको खोजी थिए । उनले एक दिन कुनै अनलाइन जब साइटमा एउटा कल सेन्टरका लागि कर्मचारी आवश्यक परेको व्यहरोसहितको सूचना भेट्टाए । उनले आवेदन दिए । कम्पनीको कार्यालयमा पुगेर कामका विषयमा बुझे । संयोगले उनी छनोट पनि भए । आरस मासिक २० हजार तलब पाउनेगरी काममा जोडिए । घरमा आइटी कम्पनीमा काम थालेको बताउने आरस जागिर सुरु गरेको १२ दिनमै पक्राउ परेपछि भने नेपाली भूमि प्रयोग गरेर भइरहेको ‘साइबर अपराध’को गुत्थी खुल्यो । आरस मात्र होइन उनीसहित १३ जना नेपाल प्रहरीको साइबर ब्यूरोको फन्दामा परे । साइबार ब्यूरोको टोलीले उनीहरूलाई काठमाडौंको सामाखुसी र धुम्बाराहीबाट शुक्रबार बिहान ३ बजेतिर पक्राउ गर्‍यो । नेपालमा कल सेन्टर स्थापना गरेर विदेशी नागरिकलाई हैरानी दिने, ठगी गर्नेलगायतका काम भइरहेको प्रहरी अनुसन्धानकै क्लुबाट साइबर ब्यूरोको टोली यी व्यक्तिसम्म पुगेको थियो ।छोरा पक्राउ परेपछि आरसका बुवा एक जना सहयोगीसहित आइतबार भोटाहिटीस्थित साइबर ब्यूरोको कार्यालय पुगेर छोराको कसूरबारे प्रहरीस“ग बुझिरहेका थिए । आरसलगायत उनी कार्यरत कार्यालयको सबै टोली सूचना प्रविधिको दुरुपोग गरी विदेशी नागरिकलाई हैरानी दिने र ठगी गर्ने कार्यमा संलग्न रहेको सुनेपछि उनी अक्क न बक्क भए । आइटी कम्पनीमा काम पाएको छु भनेर बताएको छोरा १२ दिनमै पक्राउ परेपछि उनी बिखलबन्दमा थिए । के गर्ने, कसो गर्ने मेसै पाइरहेका थिएनन् । साइबर ब्यूरोको टोलीले सूचना प्रविधिको दुरुपयोग गरी विदेशी नागरिकलाई हैरानी दिने र ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकसहित १३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आठ पुरुष र पा“च महिला छन् । उनीहरूविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप लिई अनुसन्धान भइरहेको ब्यूरोको अनुसन्धान अधिकृत प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए । पक्राउ पर्नेमा काठमाडौं महागरपालिका–४ धुम्बाराहीस्थित अरबिट नेक्सस प्रालिका मुख्य सञ्चालक ३३ वर्षीय विजय श्रेष्ठ, कम्पनीका सुपरभाइजर भारतीय नागरिक ३२ वर्षीय निशान खैरे, कम्पनीका निरीक्षक भारतीय नागरिक २४ वर्षीय मनिष तिवारी रहेका छन् ।यसैगरी, कम्पनीका कर्मचारीहरू काठमाडौं रानीबारीका २९ वर्षीय आमिन खड्का, लमजुङ नाल्मा गाउँपालिका–५ का २२ वर्षीय करण गुरुङ, काभ्रेको बनेपा नगरपालिका–३ का ३५ वर्षीय अनोज लामा, उदयपुरको चौदण्डीगढी नगरपालिका–१ की २० वर्षीया आरुषी राई, नुवाकोटको किस्पाङ गाउ“पालिका–२ की २१ वर्षीया युबिना तामाङ, काठमाडौं रानीबारीका आरस तुलाधार, दोलखाको भीमेश्वर नगपालिका–५ का २६ वर्षीया सपना मगराती, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ की १९ वर्षीया टीका राउत, झापाको भद्रपुर नगरपालिका–१४ की २४ वर्षीया सुनिता राउत र नुवाकोटको तादी गाउँपालिका–४ का १९ वर्षीय सागर श्रेष्ठ छन् । उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । निशानामा अमेरिकी नागरिक पक्राउ परेकाहरूले अमेरिकी नागरिकलाई निशानामा पार्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले अमेरिकी र क्यानेडियन नागरिकलाई लक्षित गरी क्लाइन्ट एक्सिस लिएर ती व्यक्तिको व्यक्तिगत विवरणमा आफ्नो पहुँच पु¥याउने गरेका थिए । ‘योर आइपी एड्रेस इज ह्याक्ड एण्ड योर नेटवर्क इज कम्प्रोमाइज्ड’ जस्ता भ्रामक सन्देश पठाई पीडितहरूबाट बैंक विवरण र व्यक्तिगत विवरणसमेत लिएर गरी हैरानी दिने र ठगी गर्ने गरेको ब्यूरोका प्रमुख एसएसपी नविन्द अर्यालले बताए । हालसम्म ९० जना अमेरिकी नागरिकलाई पीडित बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अझ धेरैजना पीडित हुनसक्ने अनुमान छ । प्रहरीले समयमै ‘एक्सन’ नलिएको भए नेपालीसहित धेरै नागरिक उनीहरूको फन्दामा पर्नसक्ने प्रहरी बताउँछ ।पक्राउ परेकाहरूले काठमाडौंमा रहेको कल सेन्टरमार्फत् पीडितहरूलाई ‘तपाईं बाल यौन दूराचारमा संलग्न हुनुहुँदो रहेछ, अनलाइन जुवामा सहभागी हुनुहु“दो रहेछ, हातहतियारको कारोबारमा संलग्न हुनुहुँदो रहेछ’ भनेर डर, धाक धम्की देखाई उनीहरूका व्यक्तिगत र बैंक विवरण लिने गरेको पाइएको छ । अभियुक्तहरूको निशानामा वृद्ध र पेन्सन लिएर बसेका नागरिक पर्ने गरेको एसएसपी अर्यालले बताए । धुम्बाराहीको कल सेन्टरमा आउने विवरणलाई टेलिग्राममार्फत भारतको नयाँ दिल्लीमा रहेको कार्यालयमा पठाउने र उतैबाट पीडित व्यक्तिको खातामा रहेको रकम निकाल्ने, अन्यत्रै खातामा सार्नेलगायतका काम गर्ने गरेको पाइएको उनी बताउँछन् । हालसम्म उनीहरूले कति रकम दुरुपयोग गरे भन्ने यकीन विवरण भने आइसकेको छैन । तर, एउटै व्यक्तिको खाताबाट सात हजार अमेरिकी डलरसम्म झिकेको पाइएको छ । यसरी अर्बौं रकम ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । अनुसन्धान पूरा भएपछि यसबारे विस्तृत विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ । यस घटनामा भारतीय प्रहरी र इन्टरपोलको समेत सहयोग लिएर अनुसन्धान गर्ने एसएसपी अर्यालले बताए । दुई महिनाअघि स्थापना भएको थियो कम्पनी आइटी कम्पनी खोल्ने सोच बनाएका काठमाडौं महानगरपालिका–१२, कपनका विजय श्रेष्ठ साथीभाइसँग सरसल्लाहमा थिए । त्यसक्रममा उनको भारतीय नागरिकसँग सम्पर्क भयो । कुनै तेस्रो व्यक्तिमार्फत उनी भारतीय नागरिक निसान खैरे र मनिष तिवारीसम्म पुगे । विजयको पृष्ठभूमि प्रहरीले खुलाएको छैन । त्यसपछि निसान र मनिषसँगै तीन भारतीय नागरिक नेपाल आए र विजयलाई तालिम दिए । सम्पूर्ण लगानी भारतीय नागरिकले गर्ने तर, कम्पनी विजयको नाममा दर्ता गर्ने मौखिक सहमतिअनुसार उनीहरू अघि बढे । दुई महिनाअघि मात्र विजयको नाममा अरबिट नेक्सस प्रालि स्थापना भएको देखिन्छ । त्यसपछि उनीहरूले आवेदन खोले । मानिसहरू भर्ना गरेर उनीहरूलाई के काम गर्ने, कसरी गर्ने भन्ने तालिम दिए । लिखित ‘स्क्रिप्ट’ दिए । कल सेन्टरमा कार्यरतहरूले सोहीअनुसार पीडितसँग कुरा गर्ने, प्रभावमा पार्ने, बैंक र व्यक्तिगत विवरणसम्म पहु“च पु¥याउने गरेको प्रहरी निरीक्षक सुवेदीले बताए । तर, कम्पनीले आफ्नो विवरणमा लोगो र ग्राफिक्स डिजाइन, वेब तथा एप डेभलपमेन्ट, घरजग्गा, निर्माण, कुरियरलगायतका सेवा प्रदान गर्ने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । वेबसाइटमा लेखिएका कुनै काम कम्पनीले अहिलेसम्म गरेको नभेटिएको सुवेदीले बताए । उनीहरूले पीडितहरूका कम्युटर र मोबाइलमा सुरुमा भाइरस र सम्पर्क नम्बर पठाउने गरेका थिए । कल सेन्टरमा फोन आएपछि अनलाइन लिंकमा क्लिक गर्न लगाई अन्तिममा ओटिपी कोडसहित सम्पूर्ण विवरण लिएर मुख्य कार्यालय भारतमा पठाउन गरेको पाइएको छ । पक्राउ परेका श्रेष्ठ, खैरे र तिवारीले मुख्य व्यक्ति भारतमा रहेको बयान दिएका छन् । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ । यसमा थप को–को संलग्न छन् र कति पीडित छन् भन्ने अनुसन्धानकै क्रममा रहेको ब्यूरोले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १९:१३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप अर्थ
रेमिट्यान्सको योगदानले नेपालकाे अर्थतन्त्र बलियो बन्दै
रेमिट्यान्सको योगदानले नेपालकाे अर्थतन्त्र बलियो बन्दै मंगलबार, जेठ २७, २०८२
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा आइतबार, जेठ ४, २०८२
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत आइतबार, जेठ ४, २०८२
हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड
हरित जलवायु कोषमा निजी क्षेत्रको पहुँच सुनिश्चित गर्नुपर्ने महासंघ अध्यक्ष ढकालको जोड शनिबार, जेठ ३, २०८२
भारतको मुख्य शेयर सूचकांक खुल्दा ३% भन्दा बढीले गिरावट
भारतको मुख्य शेयर सूचकांक खुल्दा ३% भन्दा बढीले गिरावट सोमबार, चैत २५, २०८१
चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर
चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर बिहीबार, चैत १४, २०८१
कृषिको विकासका लागि एकिकृत कृषि नीति ल्याउने सरकारको तयारी
कृषिको विकासका लागि एकिकृत कृषि नीति ल्याउने सरकारको तयारी मंगलबार, चैत १२, २०८१
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
मौलिक कला र संस्कृतिसम्बन्धी तालिम ककनीमा सम्पन्न
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
सुनको मूल्य निरन्तर बढ्दो
सुनको मूल्य निरन्तर बढ्दो
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः मन्त्री भण्डारी
एनसेलको ‘सधैं अन करोडपति’ योजना सुरु, १ करोड बम्पर पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजना सुरु, १ करोड बम्पर पुरस्कार
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP