Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • एकल पुरुषमाथि विभेद किन ?
एकल पुरुषमाथि विभेद किन ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ५, २०७९
Hardik health
सरकारले जनतामाथि नै भेदभाव गरेको छ । पछिल्लो समय हरेक क्षेत्रमा पुरुषमाथि भेदभाव भइरहेको पाइन्छ । बिहे दर्ता भएलगत्तै श्रीमान् मर्नेबित्तिकै श्रीमतीले एकल महिलाभत्ता पाउँछिन् । तर, श्रीमती मरेका पुरुषले एकल पुरुष भत्ता पाउँदैनन् । श्रीमती मरे पनि बालबच्चा त हुन्छ नै । अर्की श्रीमती ल्यायो भने आफ्नो छोराछोरीमाथि भेद्भाव हुन्छ भनेर दोस्रो बिहे नै नगरी एक्लै बस्ने पुरुषहरु यत्तिकै छन् । यता, श्रीमती मरेकालाई छोरी दिनुहुन्न भन्ने विश्वास हाम्रो समाजमा छ । उता, उसको उमेर पनि ढल्किसकेको हुन्छ । बच्चा भएका पुरुषस“ग कुनचाहिँ महिला नाता गाँस्न चाहन्छिन् ? कतिपयले दोस्रो विवाह गरे पनि सुख पाएका छन् । कान्छी ल्याउनेबित्तिकै जेठीका छोराछोरीलाई देख्न सक्दैनन् । विष खान दिएर मारेको तितो सत्य पनि हाम्रो समाजमा घटेको छ । कुटपिट गर्नु, खान नदिनु र शोषण गर्नु सानीआमाबाट प्रायःजसो बालबालिकाले भोगेको भोगाइ हो यो । त्यही भएर पनि अर्को विवाह गर्नु पुरुषका निम्ति पनि निकै कठिन छ । आफ्नो छोराछोरीलाई नराम्रो हुने डरले एक्लो जीवन बिताउने पुरुष पनि प्रशस्तै छन् । बच्चालाई खान लाउन दिनु, पढाउनु हरेक बाबुआमाको कर्तव्य हो । तर, श्रीमती मरेको हकमा बाबुले कमाएर ल्याओस् कि बालबच्चा हेरोस् । जता हे¥यो उतै द्विविधा छ ।श्रीमती गुमाएर एक्लो बसेका श्रीमान् र उसको बालबच्चाले सरकारलाई प्रश्न गर्छन्– के हामीचाहिँ नेपाली नागरिक होइन ? सरकारले किन हामीमाथि भेद्भाव गरिरहेको छ ? श्रीमान् मरेको महिलालाई महिनैपिच्छे भत्ता दिइन्छ । आमाले भत्ता ल्याएर भए पनि छोराछोरीको पेट त भरिरहेकी छन् । तर, बाबुमात्र भएका बालबच्चाले चाहि“ पेटभरि खान पनि नपाउने ? कस्तो नियम हो यो ? हरेक नेपाली दिदीबहिनीको कोखबाट जन्मेको बालबच्चा नेपाली नागरिक नै हो नि । तर, सरकारले काखा र पाखा गर्ने काम गरिरहेको छ ? श्रीमती मरेर एक्लै बसेको पुरुषले पनि राज्यलाई कर तिरेको छ । राजनीतिक दल पनि भोट पनि दिएको छ । जसरी हुन्छ उसले आफ्नो कर्तव्य पूरा गरेको छ । एकल महिलाले पनि जनताले तिरेको करबाट भत्ता पाएको हो । एकल पुरुष होस् कि महिला दुवैको नागरिकता त नेपाली नै छ । तैपनि यत्रो भेद्भाव किन ? सरकारले दुवैलाई समान व्यवहार गर्नुपर्छ । एकल पुरुषलाई पनि भत्ताको व्यवस्था गर्नुपर्छ । संसारमा आमा गुमाउनु जति पीडा अरू कोही गुमाउनुमा सायदै होला । आमाले दिने मायाजति अरू कसैले पनि दिन सक्दैनन् । तर, आमा गुमाएका नाबालकले माया र स्याहारसुसार त गुमाइहाले । उनीहरुले आफ्नो हकअधिकार पनि गुमाएका छन् । सरकारले त्यो नाबालकमाथि खेलवाड गरेको छ । उनीहरुको भविष्य सरकारले नै सुनिश्चित गर्नुपर्छ । जनताबाट चुनिएर आए पुरुष सांसदले यो विषय आजसम्म पनि सदनमा उठाएका छैनन् । यो विषय नकोट्याउ“दा एकल पुरुषलाई धेरै धौ–धौ भएको छ । उनीहरुको घाउमा मल्हम लगाउन कोही पनि अघि बढेका छैनन् । निकम्मा सांसदहरुका कारणले एकल पुरुषले त दुःख पाइहाले । उता, उसको बालबच्चाको भविष्य पनि अन्धकारतिर दौडिरहेको छ । यसका लागि एउटा उदाहरण नै काफी छः पल्लो घरको एकल महिलाले मासिक भत्ता पाउ“छिन् । उनले आफ्नो छोरीछोरी पढाएकी छन् । खान लाउन दिएकी छन् । तर, वल्लो घरको एकल पुरुष हेरेको हे¥यै । न उसको छोराछोरी पढ्न जान्छन् न उसले पेटभरि खान नै दिन सकेको छ । जोडसहित आवाज उठाइदिने हो भने सरकारले पक्कै पनि निर्णय गर्छ । यसले एकल पुरुषलाई थोरै भए पनि राहत हुन्छ । एकल महिला कति छन् भन्ने विवरण सरकारसँग छ । तर, एकल पुरुषको विवरण छैन । अब सरकारले एकल पुरुषको तथ्यांकक संकलन गर्नुपर्छ । विवाह नगर्ने कति छन् यसबारे पनि सबैलाई थाहा हुनुपर्छ । यसमा वडा, नगर, सम्बन्धित निकाय सबैको ध्यान जाओस् । - अनुसा थापा, भक्तपुर
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP