Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • सीमा अतिक्रमण ः नेपालको लाचारिता
सीमा अतिक्रमण ः नेपालको लाचारिता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २५, २०७६
photo
Hardik health
  नेपाल दुई ढुंगाबीचको तरुल हो भन्ने अभिव्यक्ति पृथ्वीनारायण शाहले दिव्यउपदेशमा भनेका थिए । एकातर्फ त उत्तरका हिमालका चुचुरासँग सम्बन्ध जोडिएको चीन छ भने अर्कातर्फ तीन दिशाबाट जोडिएको भारत छ । यी दुवै छिमेकी मुलुकसित बेलाबखतमा विवाद सिर्जना हुने गरेको भए तापनि दुवै मित्र राष्ट्रको रूपमा रहेका छन् । तर नेपालले भारतलाई असल छिमेकी राष्ट्र मान्दा मान्दै पनि एकाएक आफ्नो नयाँ नक्सामा नेपालको भूमि कालापानी र लिपुलेक क्षेत्रलाई समावेश गरिसकेपछि विवाद चर्किएको छ । चौतर्फी अवाज उठ्न थालेपछि सरकारले यस विषयमा विज्ञप्ति निकालेको थियो । त्यसको जवाफमा भारतीय पक्षले लिपुलेक र कालापानीमाथि ७० वर्षदेखि अधिकार जमाउँदै आएको व्यक्त गरेको छ । सरकारको लाचारिता कतिसम्म ? नाकाबन्दीको विरुद्ध आवाज उठाउन नसक्नु, भारतीय पक्षले पटक–पटक बुद्ध भारतमै जन्मेका हुन् भन्ने सन्देश दिने कामहरू गर्दा पनि सरकार मौन रहनु लाचारिताको उत्कृष्ट उदाहरण हुन् । छिमेकी राष्ट्र भारतको विस्तारवाद प्रवृति आजबाट मात्र नभई केही समय अघिदेखि नै देखिन थालेको हो । नेपालको लिपुलेक र कालापानीजस्ता क्षेत्रहरूमा मात्र नभई भारतले अरु नेपाली भूभागहरूमा पनि आफ्नो सीमा स्तम्भ सार्दै आएको कुरा बाहिर आउँदै गरेका छन् । करिब तीन महिनाअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा भारतीय सेनाद्वारा नेपाली जनतामाथि दमन गरी सीमा सारेको कुरा छरप्रस्ट देख्न सकिन्छ । यो तथा यस्ता विषयमा सरकारले खासै चासो देखाउन सकेको थिएन । यस्ता विवादमा सरकारको मौनताको नोक्सान आज नेपाली जनताले चुकाउनु परिरहेको छ । भारतले उसको आङ्खनो पछिल्लो नयाँ नक्सा सार्वजनिक गर्दा लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरी नेपालमाथि हेपाहा प्रवृत्रि देखाएको छ । यसलाई नेपालको अखण्डतामाथि प्रहर गरेको मान्न सकिन्छ । लिपुलेकको बारेमा विवाद भइरहँदा नेपाल सरकारले प्रकाशित गरेको विज्ञप्ति अत्यन्तै कम्जोर र लचिलो हुनुले सरकारको कमजोरी उदांगिन्छ । यो घटनालाई हेर्दा नेपाल सरकारले भारत समक्ष आफ्नो अडान लिन नसकेको प्रष्ट हुन्छ, साँच्चै भन्ने हो भने परराष्ट्र मन्त्रालयबाट प्रकाशित विज्ञप्ति आधिकारिक पनि छैन । सो विज्ञप्ति कुन तहबाट ? कस्ले ? कुन अधिकारीले हस्ताक्षर गरे ? यो पनि खुलाइएको छैन । सीमाजस्तो गम्भीर विषयमा निकालिएको विज्ञप्तिको आधिकारिकताबारे अहिले प्रश्न उठिरहँदा पनि सरकार मौन रहनुको पछाडि कुनै न कुनै कमजोरी भएकै छ । यदि नेपाल सरकारे छिट्टै आफ्नो अडान लिन नसक्ने हो भने नेपालको स्वतान्त्रतामाथि नै प्रश्नचिह्न खडा हुन जान्छ । लिपुलेक र कालापानी नेपालकै हो भन्ने प्रशस्त प्रमाण हुँदा हुँदै पनि आफ्नो जमिनलाई आफ्नै हो भनी दाबी गर्न नसक्नुलाई नेपाली जनताले लाचारिता नमाने के मान्ने ? प्रश्न उठेको छ । गोपाल रिमालद्वारा दिइएको अभिव्यक्तिमा लिपुलेक र कालापानीमा जनगणना भएको प्रमाण तथा यस्ता अनेक प्रमाणमा नेपालको भएको थाहा हुँदाहुँदै पनि सरकारको विज्ञप्तिमा लचिलोपनलाई लाचारिता मान्न सकिन्छ । संसारको सातौँ ठूलो देशमा गनिने भारतले आफ्नो फाइदाका लागि नेपाली भूभाग लिपुलेक र कालापानीमा बल प्रयोग गरी कब्जा गर्नु अन्तर्राष्ट्रिय स्तरमा पनि अनुचित कदम भएको देखिन्छ । हरेक वर्ष नेपालले छिमेकी राष्ट्र भारतलाई सहयोग गर्न गोर्खा सैनिक पठाउँछ तर भारतले यस्ता कुराहरू बिर्सिएर नेपालमाथि दमन र नेपालको अखण्डतामाथि हस्तक्षेप गर्दै आएको छ । यस विषयमा पनि नेपाल सरकार मौन बस्नु लाचारिता हो वा डर हो वा अरु केही हो ? भन्नेमा पनि प्रश्न चिह्न उठ्छ । जुन स्तरको कूटनीतिक क्षमता देशमा वा देशका निकायमा हुन पर्ने हो, त्यो के नभएकै हो त ? कि उपयोग राम्ररी गर्न नसकेको ? भन्ने विषयमा समेत जनता अलमल्लमा परेका छन् । । एक समय थियो, जब चीनले सगरमाथामाथि आफ्नो हक रहेको माग गर्दा देशका तत्कालिन प्रधानमन्त्री बिपी कोइरालाले चीन भ्रमणको मौका पारी कूटनीतिक तवरले सजिलै समाधान गरेका थिए । कसरी फिर्ता लिन सकिन्छ ? संयुक्त राष्टसंघको चार्टरको धारा ४को उपधारा २ ले कुनै पनि राष्ट्रमाथि बल प्रयोग गरी भौगोलिक अखण्डतालाई चोट पु¥याउन मनाही गरेको छ । हामीसँग भएको ऐतिहासिक नक्सा तथा ब्रिटिस १८१६ मा प्रकाशित नक्साका अनुसार लिपुलेक र कालापानी नेपाली भूभागमा पर्दछ । त्यति मात्रै नभई सुगौली सन्धिको धारा ४ को अनुसार नेपालको भूभाग कालीनदीसम्म उल्लेख छ र यो सुगौली सन्धि दुवै देशले मान्ने भएकाले नेपालको लिपुलेकमाथि भारतको हस्तक्षेप अवैधानिक हो । यत्तिका प्रमाणलाई साथमा लिएर नेपाली जनताको आवाजको सम्बोधन गरेर सरकारले ठोस कदम चालोस् भन्ने सम्पूर्ण नेपालीको चाहना हो । मित्रता एक स्थानमा छ, तर आफ्नो देशमाथि अन्यायमा पर्दापर्दै नेपाल सरकार मौन बस्न मिल्दैन । यदि अझै पनि लाचारितापन देखाइरहने हो भने स्वतन्त्रतामाथि नै प्रश्न चिह्न उठ्न समय लाग्दैन । प्रमाणलाई साथमा लिएर लिपुलेक नेपालको भूभागमा पर्ने हुँदा सरकारले उचित कदम चाल्नु आवश्यक छ । हाम्रा पुर्खाहरूले स्वतन्त्रता जोगाउन रगत बगाएका छन् र त्यसलाई हामीले जोगाउनु पर्छ र त्यसको सरकारले अडान लिन आवश्यक छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  ०८:२५
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP