Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
अर्थ
  • Home
  • अर्थ
  • राज्यले गर्न नसेकेको काम सहकारीले गरेको छः गृहमन्त्री खाण
राज्यले गर्न नसेकेको काम सहकारीले गरेको छः गृहमन्त्री खाण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २९, २०७९
SACCOS Summit 6
Hardik health
काठमाडौं- नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले बचतबाट स्रोत र साधनलाई उर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र रहेको बताएका छन्  । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सह–आयोजनामा काठमाडौंको द सोल्टी होटलमा आजबाट सुरु भएको चौथो साकोस शिखर गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री खाणले नागरिकको जीवन परिवर्तमानमा समेत सहकारीको भूमिका रहेको बताएका हुन् । नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको उनले बताए । सहकारी क्षेत्रको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन बढाउन सम्पूर्ण सहकारीकर्मीलाई आग्रह गरेका छन् ।  ‘राज्यले गर्न नसकेको काम सहकारी गरेको छ’, उनले भने, ‘दूरदराजका दिदीबहिनी, आमाहरुलई पनि सशक्त बनाउने र घर, समाज सुधार्ने काममा पनि सहकारीले भूमिका खेलेको छ ।’ सहकारी अभियानप्रति सरकार सकारात्मक रहेका समेत स्पष्ट पार्नुभयो । कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले पछिल्लो समय सहकारीहरुले गरेको गलत कामको गुनासो बढ्दै गएको बताए  । सहकारीहरीहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेको, बढी ब्याज लिने र सेवा शुल्क बढी लिएको लगायतमा गुनासो आएकोले त्यस्तो नगर्न उहाँले आग्रह गरेका छन् । आफुलाई बैंक नठान्न र बैंकको जस्तो अभ्यासले सहकारीको भलो नहुने समेत उनले बताए  । ‘एउटा सहकारीको कारण सबै सहकारी बदनामी हुनु पर्ने अवस्था नआओस्,’ उनले भने । हालै सहकारी विभागले जारी गरेको ३५ बुँदे एकीकृत निर्देशनलाई कार्यान्वयन गर्न उनले आग्रह गरे  । सहकारी अभियान र सरकारले समन्वय गरेर अगाडि बढ्नु पर्ने पनि धारणा राखेका छन् । सहकारीका नीति, योजना कार्यक्रम बनाउन तथ्यांक आवश्यक हुने बताउदै उनले सम्पूर्ण सहकारी कोपोमिसमा आवद्ध हुनु आग्रह गरे । ३० हजार सहकारी संस्थाहरुमा २६ प्रतिशत मात्रै सहकारीका विवरण प्राप्त भएको र थप अद्यावधिक गर्न आग्रह गरेका हुन् । त्यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सरकारले सहकारीको आयकरको दर बढाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए । आयकरको दर पुरानै कायम गर्न उनले नेपाल सरकारलाई आग्रह गरे । त्यस्तै उहाँले बचत तथा ऋण सहकारी संस्थाको नियमनको लागि छुट्टै बचत ऋण ऐनको माग समेत गरेका छन् । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कोभिड महामारीले सृजना गरेका वित्तीय सक्षमता, स्थिरता र स्वस्थताका विषयको यथोचित सम्बोधन गर्ने दाबी गरेका छन्  । साकोस अभियानको शक्ति, सामथ्र्य र सहनशीलताको बलमा चुनौतीहरु सामना गर्न सकिने विश्वास व्यक्त गरेका हुन् । उनले लामो बहसपछि बचत ऋण सहकारीहरुका लागि स्थिरीकरण कोष सञ्चालनमा आएपनि यसका कतिपय कानुनी प्रावधानहरु अभियानमैत्री बनाउनुपर्ने आवश्यकता रहेको तर्फ प्रमख अतिथि लगायत सरोकारवालाहरुको ध्यानाकर्षण गराए । अध्यक्ष पौड्यालले कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरणसँगै छुट्टै साकोस ऐनको आवश्यकता रहेको धारणा राखेका छन् । आजबाट चौथो साकोस शिखर गोष्ठी काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने गोष्ठीमा देशभरका करिब ७ सय बचत ऋण सहकारीकर्मीहरुको उपस्थिति रहेको छ । गोष्ठीमा दुई वटा सामुहिक र आठ वटा ब्रेकआउट गरी १० वटा सत्रमा सञ्चालन हुनेछन् । ‘दीगो एवं एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि’ मुल भाव र संकल्पका साथ आयोजित शिखर गोष्ठीको उद्घाटन गृहमन्त्री बालकृष्ण खाणाले  गरेका छन् । कार्यक्रममा पूर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, समस्याग्रस्त सहकारीका अध्यक्ष काशिराज दाहाल लगायतको उपस्थिति थियो । चौथो शिखर गोष्ठीले बचत ऋण सहकारीमा नवीनतम प्रविधि, सञ्जालीकृत तथा दिगो अभियानमा विशेष जोड दिएको छ । कोभिड चुनौतीपछि सहकारीमा प्रविधिको आवश्यकता बढेकोले गोष्ठीका सबै कार्यपत्रहरुमा प्रविधिलाई विशेष प्राथमिकता दिइएको नेफ्स्कूनले बताएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात
वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात बिहीबार, पुस १०, २०८२
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध बिहीबार, पुस १०, २०८२
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत बुधबार, पुस ९, २०८२
नेपालगञ्जमा सुशील कोइराला स्मृति भवन निर्माण
नेपालगञ्जमा सुशील कोइराला स्मृति भवन निर्माण बुधबार, पुस ९, २०८२
बुधबारदेखि ‘विराट ट्रेड एक्स्पो’ सुरु
बुधबारदेखि ‘विराट ट्रेड एक्स्पो’ सुरु बुधबार, पुस ९, २०८२
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात
पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात बुधबार, पुस ९, २०८२
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP