धनगढी- कैलाली उद्योग वाणिज्य सघंको अध्यक्षमा पुनः पुष्पराज कुँवर निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न मतगणना अनुसार सुरेन्द्र राठीलाई ३ सय २३ मतान्तरले पराजित गर्दै कुँवर पुनः अध्यक्षमा निर्वाचित भएका हुन्। उनले ६७८ मत पाए भने राठीले ३५५ मत पाए।
यसैगरी, सङ्घको वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उपाध्यक्ष (उद्योग) मा दिनेश लम्साल, उपाध्यक्ष (एशोसियट) मा मनोज अग्रवाल, उपाध्यक्ष (बस्तुगत)मा लक्ष्मणराज पन्त निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै संघको वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन्।
सघंको पदाधिकारीमा निर्वाचित सबै कुँवर प्यानलकै हुन् । साथै कार्य समिति सदस्यमा १७ जना निर्वाचित हुनुभएको छ ।