Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • हजारौं बालेनहरु जन्मनुपर्छ अब
हजारौं बालेनहरु जन्मनुपर्छ अब
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २९, २०७९
Hardik health
देशको स्थिति बिग्रँदो छ । सायद यसमा हाम्रो पनि हात छ । त्यसैले दोषी हामी पनि हौं । किनकि, हामीले जान्दाजान्दै पनि उही पुरानालाई मत दिएर विजय गरायौं । पाँच वर्ष अगाडिदेखि आजसम्म के–के भयो सबै थाहा त थियो, या सुनेका त थियौं । खै त बुद्धि पलाएको ? जग्गा जमिनका मामलामा पनि के कस्ता अनियमितता भए ? कर कसरी बढाइए र किन बढाइए ? शिक्षा र रोजगारी किन राम्रो हुन सकेन ? विकासको नाममा गरिएको अबौं रुपैयाँ खर्चको पारदर्शिता किन भएन ? फेरि हाम्रा सुरक्षाका हकमा पनि सरकार र स्थानीय तहहरुले चाहेजस्तो गर्न सकेका छैनन् भन्ने थाहा थियो । तर, के गर्नु यी सब जान्दाजान्दै पनि लालचले गर्दा हाम्रो विवेकले धर्म छोडिदियो । आश्चर्यको कुरा त यो भयो कि बिकेका बुद्धिजीविहरुले बाहेक स्वच्छ बुद्धिजीवि र चेतनशील वर्गले जनतालाई यो बुझाउनै सकेनन् । राजनीतिका ठेकेदारहरु त जुन जोगी आए पनि कान चिरिएकै भइहाले । भोलि यिनै जनप्रतिनिधिले राम्रो काम गरेनन् भनेर फेरि कुन मुखले भन्छौं ? तिम्रा सन्ततिको भविष्य के होला ? हाम्रा पुर्खाले राम्रो सरकार राम्रो प्रतिनिधि विगतमा चुनेका रहेनछन् भन्लान् नि सन्ततिले ? वास्तवमा माफियाले सरकारलाई चलाएको छ भन्ने कुरामा सबै विस्वस्त भइसकेकै हुन् । तथापि, जनता स्वयं पनि माफियाका चंगुलबाट उम्कन सक्दैनन् । कारण तिनीहरुले बनाएका भित्री संगठनहरु ज्यादै मजबुत भइसकेकै छन् । जनतालाई गोलबन्द गराएर त्यसलाई चिर्न ज्यादै कठिन छ । धेरै समय सरकार र माफियातन्त्रका बिरुद्धमा लेखिरहने यी हात अब केही समयका निमित्त भने पनि विश्राम पाएको छ । धेरै समयको मेहनत र चेतनाको प्रभावबाट प्रभावित भएर पनि केही स्वतन्त्र व्यक्तित्वहरुले जनताबाट अभिमत पाएर त चुनावमा विजय हासिल त गरेकै हुन् तर एउटा विषय झनै नाजुक छ । अब तिनीहरुलाई असफल बनाउन धेरै प्रकारका षड्यन्त्रहरु चल्ने भने पक्कै निश्चित छ र, हजारौं बालेन जस्ताका टिम नबनेसम्म एकलो बालेनले समृद्धि दिनै सक्दैन । यदि स्वच्छ, निष्पक्ष, पारदर्शी, कानुनी राज्य रुपमा काम गर्ने हो भने फेरि ती भ्रष्ट कहा“ जाने ? र, कसरी अय्यासी जीवन तिनीहरुले र तिनका परिवारले बिताउने ? त्यसैले शुद्धीकरणको दिशामा जानुअघि भ्रष्टहरुको छनोट गरी तिनीहरुप्रति कडा कदम चाल्न पनि हिम्मत देखाउनु पहिलो कर्तव्य अब उनीहरुको हुनेछ र आशा गरौं आगामी समय सेट नै स्वतन्त्र जनप्रतिनिनधिले नजितेसम्म बालेनले स्वच्छ हराभरा र सुन्दर सहर बनाई कायापलट गर्न संकल्प गरे पनि गाह्रो मात्र हैन असम्भव पनि देखिन्छ । अतः यसै कार्यलाई समर्थन दिनका लागि आगामी संघीय चुनावमा स्वतन्त्र प्रतिनिधिहरु अत्यधिक उठी उनीहरुले विजय गराइ सत्तामा पुर्‍याउन जरुरी छ । तबमात्र देशको स्थिति केही मात्रामा भए पनि सुध्रने बाटोको तय हुनेछ । नेपाली जनताको राष्ट्रिय कर्तव्य त्यही हुनेछ । अन्यथा दौराको फेरा समाइ हाम्रो पछि लाग्ने त यी जनता नै हुन् भन्ने भावना बोक्ने नेता महोदयका कलुषित विचारलाई साकार तुल्याउने हामी मुर्ख जनता सिवाय हाम्रो हैसियत अरू कुनैमा गणना हुने देखिँदैन । बेलैमा सचेत हुन र अरूलाई पनि सचेत गराउन सके यसैबाट सबै माफियाका मेसिनरी तन्त्रहरु ध्वस्त हुने छन् र भविष्यमा स्वतन्त्रबाटै असल नेतृत्वको जन्म भई स्वतन्त्र नागरिक समाजको जन्म हुन पुगी देशले पनि गति लिनेछ । जनताको स्वर्णिम भविष्यको सुत्रपात हुन जानेछ । अन्यथा, बेथितिको जिम्वेवार को ? भन्ने प्रश्न सदा यस धरतीमा गुञ्जयमान भइरहनेछ । - यज्ञबहादुर कार्की, सूर्यविनायक–७, गुण्डुु, भक्तपुर  
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप विचार
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा
पञ्‍चेबाजाः परम्पराको स्वर, पहिचानको गाथा शुक्रबार, कात्तिक १४, २०८२
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास  शुक्रबार, कात्तिक १४, २०८२
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP