Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
Search Here
विचार
  • Home
  • विचार
  • फोहोरको सास्ती कहिलेसम्म ?
फोहोरको सास्ती कहिलेसम्म ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २७, २०७९
Hardik health
हामी राजधानीवासी । देशको केन्द्रीय राजधानीमा बस्छौं भन्दा गर्व गर्न पाउनुपर्ने हो । सबै सेवा सुविधा सहजरुपमा पाउनुपथ्र्यो । त्यसो हुनु राजधानीवासीका लागि भाग्यको कुरा हुन्थ्यो । तर, यहाँ ठीक उल्टो छ । राजधानीवासी हुनुमा गर्व होइन, पीडाबोध गर्नुपरेको छ । हरेक पल, पाइलापाइलामा दुःख झेल्नुपर्छ राजधानीवासीले । एकातिर महँगीको मार । सडकको खाल्डाखुल्डी र दुर्घटनाको जोखिम । धुँवाधुलो, ध्वनी, फोहोरको प्रदूषण । यातायातको साधनमा उस्तै बेथिति । अव्यवस्थित बसाइले दिएको सास्ती । खानेपानीको हाहाकार । सार्वजनिक शौचालयको अभाव । हरेक क्षेत्रमा ठगी । यस्तै यस्तै धेरै छन् राजधानीवासीसँग जोडिएका परिचय । राजधानीको मुख्य समस्यामध्येको एक हो फोहोर व्यवस्थापन । राजधानीवासीले वर्षौंदेखि भोग्दै आएको यो समस्या समाधानका लागि जुनसुकै पार्टीको सरकार आए पनि प्रभावकारी काम गरेर देखाउन सकेनन् । अहिले त्यही समस्या जटिल बन्दै गएको छ । भर्खरै सम्पन्न स्थानीय तह चुनावको समययता राजधानीको फोहोर उठ्न सकेको छैन । जसले यहा“का घर–घरदेखि सडक, नदी किनार तथा खुला स्थानसमेत फोहोरले भरिएको छ । फोहोर उठ्न नसक्दा दुर्गन्धित बनेको छ । यसले अर्को महामारी निम्त्याउने खतरा बढेको छ । स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छन्, जुन निकै सराहनीय छ । उनले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खादा, माला नलगाउने घोषणासमेत गरेका छन् । निर्वाचित भएलगत्तै उनी फोहोर व्यवस्थापन गर्ने स्थान नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगेर त्यहाँको वस्तुस्थिति बुझेका थिए । कार्यभार सम्हालेलगत्तै उनले फोहोर व्यवस्थापनको काम सुरु गरेका छन् । यसैबीच सहरी विकास मन्त्रालयमा काठमाडौं महानगरपालिकालगायत सरोकारवाला निकायका प्रतिनिधि तथा नुवाकोटका जनप्रतिनिधिसमेतले फोहोर व्यवस्थापनका लागि सहमति गरे । उक्त सहमतिको भोलिपल्टबाटै बञ्चरेडाँडामा फोहोर लगेर गएका गाडीहरुलाई स्थानीयले अवरोध गरे । जुन अवरोध अझै कायम छ । स्थानीयले आफूहरुको समस्या समाधान नभएसम्म फोहोर फाल्न नदिने अडान लिएका छन् । प्रहरी परिचालन गरेर फोहोर फाल्ने प्रयास गर्दा स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो । केही प्रहरी र सर्वसाधारण घाइते भए । त्यसपछि फोहोर फाल्ने काम रोकिएको छ । स्थानीयवासीको माग जायज भए पनि सरकारले त्यसको सम्बोधन गर्न नसक्नु दुःखद् छ । पटक–पटक उनीहरुलाई माग सम्बोधनको आश्वासन दिए पनि सरकारले पूरा गर्न सकेका छैन । जसले गर्दा राजधानीको फोहोर व्यवस्थापनमा समस्या बल्झिरहने गरेको छ । यो समस्या बल्झिन नदिन किन प्रभावकारी काम गर्न सक्दैन सरकार ? फोहोरको राजनीति यसरी नै चलिरहने हो सधैं ? यो प्रश्न अहिले चर्कोसाथ उठिरहेको छ । यसको सम्बोधन सरकारले गर्नैपर्छ । फोहोरका कारण महामारी उत्पन्न भए मुलुकले अर्को क्षति बेहोर्नुपर्छ । जनस्वास्थ्यस“ग प्रत्यक्ष जोडिएको यो विषयमा सरकार र सरोकारवाला सबै संवेदनशील बन्नुपर्छ । चुनावको बेला गुलिया नारा र आश्वासन मात्र बा“ड्ने राजनीतिक दलहरू र तिनका नेतृत्वकर्ताहरुले यसमा गम्भीर भएर सोच्न पर्दैन ? हामी राजधानीवासीले वर्षौंदेखि भोग्दै आएको यो समस्याबाट कसले देला मुक्ति भन्ने प्रश्न जटिल बनेको छ । त्यसैले अब फोहोर व्यवस्थापनमा निर्णायक कदम चाल्न ढिला गर्नुहुन्न । अझै पनि फोहोर व्यवस्थापनको काम प्रभावकारी हुन नसके अर्को संकट बेहोर्नुपर्ने निश्चित छ । त्यतातर्फ सरकार, राजनीतिक दल र सरोकारवाला सबैको ध्यान पुगोस् । -राजेशमान महर्जन, डल्लु, काठमाडौं  
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्
थप विचार
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP