Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • फोहोरको सास्ती कहिलेसम्म ?
फोहोरको सास्ती कहिलेसम्म ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २७, २०७९
Hardik health
हामी राजधानीवासी । देशको केन्द्रीय राजधानीमा बस्छौं भन्दा गर्व गर्न पाउनुपर्ने हो । सबै सेवा सुविधा सहजरुपमा पाउनुपथ्र्यो । त्यसो हुनु राजधानीवासीका लागि भाग्यको कुरा हुन्थ्यो । तर, यहाँ ठीक उल्टो छ । राजधानीवासी हुनुमा गर्व होइन, पीडाबोध गर्नुपरेको छ । हरेक पल, पाइलापाइलामा दुःख झेल्नुपर्छ राजधानीवासीले । एकातिर महँगीको मार । सडकको खाल्डाखुल्डी र दुर्घटनाको जोखिम । धुँवाधुलो, ध्वनी, फोहोरको प्रदूषण । यातायातको साधनमा उस्तै बेथिति । अव्यवस्थित बसाइले दिएको सास्ती । खानेपानीको हाहाकार । सार्वजनिक शौचालयको अभाव । हरेक क्षेत्रमा ठगी । यस्तै यस्तै धेरै छन् राजधानीवासीसँग जोडिएका परिचय । राजधानीको मुख्य समस्यामध्येको एक हो फोहोर व्यवस्थापन । राजधानीवासीले वर्षौंदेखि भोग्दै आएको यो समस्या समाधानका लागि जुनसुकै पार्टीको सरकार आए पनि प्रभावकारी काम गरेर देखाउन सकेनन् । अहिले त्यही समस्या जटिल बन्दै गएको छ । भर्खरै सम्पन्न स्थानीय तह चुनावको समययता राजधानीको फोहोर उठ्न सकेको छैन । जसले यहा“का घर–घरदेखि सडक, नदी किनार तथा खुला स्थानसमेत फोहोरले भरिएको छ । फोहोर उठ्न नसक्दा दुर्गन्धित बनेको छ । यसले अर्को महामारी निम्त्याउने खतरा बढेको छ । स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छन्, जुन निकै सराहनीय छ । उनले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खादा, माला नलगाउने घोषणासमेत गरेका छन् । निर्वाचित भएलगत्तै उनी फोहोर व्यवस्थापन गर्ने स्थान नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगेर त्यहाँको वस्तुस्थिति बुझेका थिए । कार्यभार सम्हालेलगत्तै उनले फोहोर व्यवस्थापनको काम सुरु गरेका छन् । यसैबीच सहरी विकास मन्त्रालयमा काठमाडौं महानगरपालिकालगायत सरोकारवाला निकायका प्रतिनिधि तथा नुवाकोटका जनप्रतिनिधिसमेतले फोहोर व्यवस्थापनका लागि सहमति गरे । उक्त सहमतिको भोलिपल्टबाटै बञ्चरेडाँडामा फोहोर लगेर गएका गाडीहरुलाई स्थानीयले अवरोध गरे । जुन अवरोध अझै कायम छ । स्थानीयले आफूहरुको समस्या समाधान नभएसम्म फोहोर फाल्न नदिने अडान लिएका छन् । प्रहरी परिचालन गरेर फोहोर फाल्ने प्रयास गर्दा स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो । केही प्रहरी र सर्वसाधारण घाइते भए । त्यसपछि फोहोर फाल्ने काम रोकिएको छ । स्थानीयवासीको माग जायज भए पनि सरकारले त्यसको सम्बोधन गर्न नसक्नु दुःखद् छ । पटक–पटक उनीहरुलाई माग सम्बोधनको आश्वासन दिए पनि सरकारले पूरा गर्न सकेका छैन । जसले गर्दा राजधानीको फोहोर व्यवस्थापनमा समस्या बल्झिरहने गरेको छ । यो समस्या बल्झिन नदिन किन प्रभावकारी काम गर्न सक्दैन सरकार ? फोहोरको राजनीति यसरी नै चलिरहने हो सधैं ? यो प्रश्न अहिले चर्कोसाथ उठिरहेको छ । यसको सम्बोधन सरकारले गर्नैपर्छ । फोहोरका कारण महामारी उत्पन्न भए मुलुकले अर्को क्षति बेहोर्नुपर्छ । जनस्वास्थ्यस“ग प्रत्यक्ष जोडिएको यो विषयमा सरकार र सरोकारवाला सबै संवेदनशील बन्नुपर्छ । चुनावको बेला गुलिया नारा र आश्वासन मात्र बा“ड्ने राजनीतिक दलहरू र तिनका नेतृत्वकर्ताहरुले यसमा गम्भीर भएर सोच्न पर्दैन ? हामी राजधानीवासीले वर्षौंदेखि भोग्दै आएको यो समस्याबाट कसले देला मुक्ति भन्ने प्रश्न जटिल बनेको छ । त्यसैले अब फोहोर व्यवस्थापनमा निर्णायक कदम चाल्न ढिला गर्नुहुन्न । अझै पनि फोहोर व्यवस्थापनको काम प्रभावकारी हुन नसके अर्को संकट बेहोर्नुपर्ने निश्चित छ । त्यतातर्फ सरकार, राजनीतिक दल र सरोकारवाला सबैको ध्यान पुगोस् । -राजेशमान महर्जन, डल्लु, काठमाडौं  
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP