Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • अनशन बसेर सेयरको मूल्य बढ्छ ?
अनशन बसेर सेयरको मूल्य बढ्छ ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २४, २०७९
Hardik health
सेयरबजारका लगानीकर्ताहरु बजार उकालो लाग्दा खुसी हुने र घट्दा दुःखी हुनु स्वाभाविक हो । किनभने, सेयरबजार स्वाभावैले घटबढ भइरहन्छ । तर, अस्वाभाविक रुपमा हुने घटबढले भने समग्र अर्थतन्त्रलाई नै प्रभावित पार्ने गर्दछ । पछिल्लो समय नेपालको सेयरबजार निरन्तर ओरालो लागिरहेको छ । अनपेक्षितरुपमा बजार ओरालो लाग्दा यतिखेर लगानीकर्ताहरु निराश देखिन्छन् । सेयरमा गरेको लगानी चुलुम्मै डुब्दा पनि सरकारले सेयरमा बन्देज लगाएको छैन । पुराना त फसिसके भने नयाँ फस्ने क्रम जारी छ । धेरैले आफूसँग भएको जेथा बेचेर सेयरमा लगानी गरेका छन् । तर, निरन्तर सेयरको मूल्य घट्दा उनीहरु सडक छाप बन्नुपर्ने स्थिति आएको छ । प्रतिकित्ता दुई हजारमा किनेको सेयर ३०० रुपैयाँमा पनि बिक्री नभएको लगानीकर्ताको गुनासो छ । नया“ लगानीकर्ताले सेयर खरिद गर्न छाडिसकेका छन् । पुराना लगानीकर्ताहरु चिया पसलमा सेयर खरिदकर्ता खोज्दै हि“डिरहेका छन् । बैंक, फाइनान्स र विभिन्न संघ संस्थाले १०० रुपैया“ प्रतिकित्तामा सेयर निष्कासन गरे । नाफा हुने देखेपछि सेयर खरिद गर्नेहरुको ओइरो नै लाग्यो । तर, पछिल्लो समय वित्तीय संस्थाहरु पनि संकटमा फसेका छन् । यी संस्थाहरु आफैं घाटामा छन् । जसको कारण उनीहरुले बोनस दिनसक्ने अवस्था रहेन । वित्तीय संस्थालाई जति नाफा भो सोहीअनुसार सेयर लगानीकर्तालाई नाफा दिन्छन् । यसले गर्दा सेयरको मूल्य बढ्छ । छ महिनामा हामीले यति नाफा कमायौं भनेर वित्तीय संस्थाहरुले झूठो विवरण सार्वजनिक गर्दै आएका छन् ।सीधासाधा आमनागरिकलाई ‘मुर्गा’ बनाउन उनीहरुले यो रणनीति अपनाएको बुझिन्छ । यसो गरेपछि सर्वसाधारणले सोही बैंकमा लगेर रकम जम्मा गर्ने र सेयर खरिद गर्ने भएकाले यो योजना बनाइएको हो । आफू कमाउन र बोनस खानका लागि सीधासाधा जनता फसाउन मिल्छ ? सेयर धितो राखेर बैंक, फाइनान्सबाट कर्जा तिर्न नसकेर भाग्नुपर्ने अवस्था आएको छ । त्यसैगरी, घरजग्गा धितो राखेर सेयर किन्नेहरु सडकमा आइपुगेका छन् । आफूसँग भएको त सिध्याइहाले । यता, अरूसँग ऋण लिएर सेयरमा लगानी गर्दा उनीहरु पनि डुब्ने भए । सेयरको मूल्य घटेर वित्तीय संस्थाहरु पनि डुबेको बुझिन्छ । एकातिर सेयरको मूल्य घटेको छ भने सेयर धितो राखेर कर्जा लिएकाहरुले किस्ता तिर्न सकेका छैनन् । सेयर दलालीहरुलाई बैंक, फाइनान्सले सेयरले सेयरको मूल्य बढाउन लगाएका हुन् । सेयरको विषयमा ज्ञान नै नभएकालाई यसबाट नाफा हुन्छ भन्ने भ्रममा पारेर उनीहरुलाई फसाए । सेयर दलाल र वित्तीय संस्थाले महँगोमा सेयर बेचे, कमाए । तर, नाफा हुन्छ भनेर महँगोमा सेयर किन्ने निर्दोष जनताचाहि“ फसे । आफ्नो लगानीको बचाऊ माग गर्दै लगानीकर्ताहरुले सडकमा उत्रिने घोषणा गरिसकेका छन् । हिजो सरकारले सेयरमा लगानी गर भनेको हो ? महँगोमा सेयर खरिद गर भनेर सरकारले जबरजस्ती गरेको थियो र ? यसमा सरकारको के दोष ? फाइदा हुँदासम्म त सेयर यस्तो र उस्तो भन्ने यिनीहरु नै होइनन् ? अर्थमन्त्री जनार्दन शर्माले समेत १०० को सेयर तीन हजारमा खरिद नगर्नू भनेर सुझाएका थिए । तर, कसैले टेरपुच्छर मानेनन् । आफू नाफा कमाउनका निम्ति महँगोमा सेयर किन्ने । अनि अहिले आएर सरकारलाई दोषी बनाउने ? यो पनि नैतिकता हो ? अनशन बस्छौं भनेर सरकारलाई त्रास देखाइरहेका छन् । तर, प्रधानमन्त्री देउवाले सेयरको मूल्य बढाउने हो ? उनीहरु अनशन बसेर सेयरको मूल्य बढ्छ भने पनि ठिकै छ । हिजो जनतालाई हामी ठग्यौं भनेर उनीहरुले स्वीकार्नुपर्छ । जनताको चेत खुलेछ भनेर उनीहरुको मस्तिष्कमा छाप बस्नुपर्छ । अब सरकारले महँगोमा सेयर बेचेर सोझो जनता ठग्नेहरुलाई कारबाही गर्नुपर्छ । झूठो विवरण सार्वजनिक गरेर सेयरको मूल्य बढाउन खोज्ने वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गर्नुपर्छ । -रविन कार्की, भक्तपुर
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP