Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
Search Here
विचार
  • Home
  • विचार
  • अनशन बसेर सेयरको मूल्य बढ्छ ?
अनशन बसेर सेयरको मूल्य बढ्छ ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २४, २०७९
Hardik health
सेयरबजारका लगानीकर्ताहरु बजार उकालो लाग्दा खुसी हुने र घट्दा दुःखी हुनु स्वाभाविक हो । किनभने, सेयरबजार स्वाभावैले घटबढ भइरहन्छ । तर, अस्वाभाविक रुपमा हुने घटबढले भने समग्र अर्थतन्त्रलाई नै प्रभावित पार्ने गर्दछ । पछिल्लो समय नेपालको सेयरबजार निरन्तर ओरालो लागिरहेको छ । अनपेक्षितरुपमा बजार ओरालो लाग्दा यतिखेर लगानीकर्ताहरु निराश देखिन्छन् । सेयरमा गरेको लगानी चुलुम्मै डुब्दा पनि सरकारले सेयरमा बन्देज लगाएको छैन । पुराना त फसिसके भने नयाँ फस्ने क्रम जारी छ । धेरैले आफूसँग भएको जेथा बेचेर सेयरमा लगानी गरेका छन् । तर, निरन्तर सेयरको मूल्य घट्दा उनीहरु सडक छाप बन्नुपर्ने स्थिति आएको छ । प्रतिकित्ता दुई हजारमा किनेको सेयर ३०० रुपैयाँमा पनि बिक्री नभएको लगानीकर्ताको गुनासो छ । नया“ लगानीकर्ताले सेयर खरिद गर्न छाडिसकेका छन् । पुराना लगानीकर्ताहरु चिया पसलमा सेयर खरिदकर्ता खोज्दै हि“डिरहेका छन् । बैंक, फाइनान्स र विभिन्न संघ संस्थाले १०० रुपैया“ प्रतिकित्तामा सेयर निष्कासन गरे । नाफा हुने देखेपछि सेयर खरिद गर्नेहरुको ओइरो नै लाग्यो । तर, पछिल्लो समय वित्तीय संस्थाहरु पनि संकटमा फसेका छन् । यी संस्थाहरु आफैं घाटामा छन् । जसको कारण उनीहरुले बोनस दिनसक्ने अवस्था रहेन । वित्तीय संस्थालाई जति नाफा भो सोहीअनुसार सेयर लगानीकर्तालाई नाफा दिन्छन् । यसले गर्दा सेयरको मूल्य बढ्छ । छ महिनामा हामीले यति नाफा कमायौं भनेर वित्तीय संस्थाहरुले झूठो विवरण सार्वजनिक गर्दै आएका छन् ।सीधासाधा आमनागरिकलाई ‘मुर्गा’ बनाउन उनीहरुले यो रणनीति अपनाएको बुझिन्छ । यसो गरेपछि सर्वसाधारणले सोही बैंकमा लगेर रकम जम्मा गर्ने र सेयर खरिद गर्ने भएकाले यो योजना बनाइएको हो । आफू कमाउन र बोनस खानका लागि सीधासाधा जनता फसाउन मिल्छ ? सेयर धितो राखेर बैंक, फाइनान्सबाट कर्जा तिर्न नसकेर भाग्नुपर्ने अवस्था आएको छ । त्यसैगरी, घरजग्गा धितो राखेर सेयर किन्नेहरु सडकमा आइपुगेका छन् । आफूसँग भएको त सिध्याइहाले । यता, अरूसँग ऋण लिएर सेयरमा लगानी गर्दा उनीहरु पनि डुब्ने भए । सेयरको मूल्य घटेर वित्तीय संस्थाहरु पनि डुबेको बुझिन्छ । एकातिर सेयरको मूल्य घटेको छ भने सेयर धितो राखेर कर्जा लिएकाहरुले किस्ता तिर्न सकेका छैनन् । सेयर दलालीहरुलाई बैंक, फाइनान्सले सेयरले सेयरको मूल्य बढाउन लगाएका हुन् । सेयरको विषयमा ज्ञान नै नभएकालाई यसबाट नाफा हुन्छ भन्ने भ्रममा पारेर उनीहरुलाई फसाए । सेयर दलाल र वित्तीय संस्थाले महँगोमा सेयर बेचे, कमाए । तर, नाफा हुन्छ भनेर महँगोमा सेयर किन्ने निर्दोष जनताचाहि“ फसे । आफ्नो लगानीको बचाऊ माग गर्दै लगानीकर्ताहरुले सडकमा उत्रिने घोषणा गरिसकेका छन् । हिजो सरकारले सेयरमा लगानी गर भनेको हो ? महँगोमा सेयर खरिद गर भनेर सरकारले जबरजस्ती गरेको थियो र ? यसमा सरकारको के दोष ? फाइदा हुँदासम्म त सेयर यस्तो र उस्तो भन्ने यिनीहरु नै होइनन् ? अर्थमन्त्री जनार्दन शर्माले समेत १०० को सेयर तीन हजारमा खरिद नगर्नू भनेर सुझाएका थिए । तर, कसैले टेरपुच्छर मानेनन् । आफू नाफा कमाउनका निम्ति महँगोमा सेयर किन्ने । अनि अहिले आएर सरकारलाई दोषी बनाउने ? यो पनि नैतिकता हो ? अनशन बस्छौं भनेर सरकारलाई त्रास देखाइरहेका छन् । तर, प्रधानमन्त्री देउवाले सेयरको मूल्य बढाउने हो ? उनीहरु अनशन बसेर सेयरको मूल्य बढ्छ भने पनि ठिकै छ । हिजो जनतालाई हामी ठग्यौं भनेर उनीहरुले स्वीकार्नुपर्छ । जनताको चेत खुलेछ भनेर उनीहरुको मस्तिष्कमा छाप बस्नुपर्छ । अब सरकारले महँगोमा सेयर बेचेर सोझो जनता ठग्नेहरुलाई कारबाही गर्नुपर्छ । झूठो विवरण सार्वजनिक गरेर सेयरको मूल्य बढाउन खोज्ने वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गर्नुपर्छ । -रविन कार्की, भक्तपुर
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्
थप विचार
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP