Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • स्थानीय तह निर्वाचनले दिएको ६ सन्देश
स्थानीय तह निर्वाचनले दिएको ६ सन्देश
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २२, २०७९
Hardik health
वर्तमान नेपालको संविधानअन्तर्गत सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचन २०७९ ले धेरै क्षेत्रमा सकारात्मक सन्देश दिएको छ र केही पाठहरु पनि सिकाएको छ । यस निर्वाचनले दिएको पहिलो उपलब्धि दुई–दुई पटक गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनपछि बनेको गठबन्धन सरकारले निर्धारित समयमा स्थानीय तहको निर्वाचन गर्न सक्छ वा सक्दैन, गर्छ वा गर्दैन भन्ने आशंकालाई चिर्दै अपेक्षाकृत शान्त र निष्पक्षरुपमा निर्वाचन सम्पन्न गरी स्थानीय तहको निरन्तरता, संविधानको कार्यान्वयन एवं क्रियाशीलता कायम गरेको छ । यसले स्थानीय सरकारको वैधानिक, कानुनी र राजनीतिक निरन्तरताको व्यवहारमै सुनिश्चितता गरेको छ, यो निकै ठूलो उपलब्धिको विषय हो । साथै, स्थानीय तहको निर्वाचन नगरी स्थानीय तहमा शून्यताको अवस्था सिर्जना गर्न चाहने तत्वलाई पराजित गरेको छ । यस निर्वाचनले दिएको दोस्रो सन्देश संसद् विघटन गर्ने कार्य जस्तो असंवैधानिक कार्य गर्ने राजनीतिक दललाई जनमतबाट ठेगान लाइएको छ । असंवैधानिक कार्य गर्ने राजनीतिक दललाई जनताले दण्डित गर्ने माध्यम नै निर्वाचन भएको र निर्वाचनबाटै उक्त पार्टी तिरस्कृत भएको छ, सबै महानगरपालिका तथा अधिकांश उपनगरपालिकाहरुमा उक्त पार्टी पराजित भएको छ । ठूलो, संगठित र धनी पार्टी भएपछि सबै निर्वाचन जितिन्छ भन्ने दम्भ र अहंकारलाई सभ्य ढंगले यस निर्वाचनले सवक सिकाएको छ । त्यस सवकले नै नौ महिना अघिदेखि अवरोध गरिरहेको प्रतिनिधिसभा हाल सञ्चालन गर्न प्रमुख प्रतिपक्ष बाध्य भएबाट सो कुरा पुष्टि भएको छ । गलत कार्यलाई पुष्टि गर्न अपनाइएका असंगत र अप्रजातान्त्रिक हर्कतलाई जनताले दण्डित गर्ने रहेछन् भन्ने सन्देश स्थानीय तहको निर्वाचनले दिएको छ । तेस्रो सकारात्मक सन्देश राम्रो काम गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई जनताले पुनः निर्वाचित गरेका छन् भने नराम्रो काम गर्ने जनप्रतिनिधिलाई हराइदिएका छन् । यसले के सन्देश दिएको छ भने जनताले कामको र क्षमताको मूल्यांकन गरेर भोट दिने रहेछन् ।चौथो सन्देश पार्टीको झोले उम्मेदवार हु“दैमा स्वयं पार्टीका सदस्यसमेतले भोट नदिने रहेछ, यदि त्यस्तो उम्मेदवार असक्षम छ भने । अर्थात् जनताले पार्टीभन्दा माथि उठेर निर्णय गर्नसक्ने रहेछन् । यसको मतलब राजनीतिक दलहरुले उम्मेदवार छनोट गर्दा सक्षम व्यक्ति छनोट गर्नुपर्ने देखियो । अब जनताले स्थानीय सरकारको सन्दर्भमा पार्टीभन्दा व्यक्ति, पढेलेखेका युवक, नया“ ढंगले काम गर्न सक्ने सक्षम, स्वच्छ आचरण भएका व्यक्ति खोजी गरेको देखिन्छ । अझ भन्ने हो भने नेपाली केजरीवालको खोजी गरेका छन् जसले भ्रष्टाचार तथा चुहावट नियन्त्रण गरेर जनतालाई सोझै राहत तथा सेवा सुविधा उपलब्ध गराउन सकोस् । नेपालमा पनि केही नगरपालिका जस्तोः भक्तपुर नगरपालिकाका प्रमुखले केही हदसम्म त्यस किसिमको प्रयास गरेको सुनिएको छ भने पा“चखाल नगरपालिकाका प्रमुख पनि त्यस दिशामा क्रियाशील रहेको सुनिएको छ । र, पुनः निर्वाचित पनि भएका छन् । पा“चौं सन्देश पैसामा टिकट र मतदाता किन्न सकिन्छ भन्ने सोच नराखे पनि हुन्छ भन्ने देखियो । जनता सचेत भइसकेका छन्, पार्टी वा दल नहेरेर व्यक्तिको योग्यता क्षमता र आचरण हेरेर मत दिने अभ्यासको विकास हुन लागेको देखिन्छ । यसले पार्टीलाई पनि निकै ठूलो चुनौती थपिदिएको छ, पार्टीको नेताको पछि लागेर वा पैसा तिरेर टिकट लिने दिने प्रवृत्तिलाई जनताले मत नदिने कुरा स्पष्ट भएपछि व्यक्तिको योग्यता, क्षमता र आचरण हेर्नुपर्ने बाध्यता पार्टीहरुलाई पनि सिर्जना भएको छ । छैटौं सन्देश नातावाद कृपावादलाई पनि यस निर्वाचनले ठूलो धक्का दिएको छ । उम्मेदवार स्वयंमा सक्षम र स्वच्छ आचरणको भए पनि नातावाद र कृपावाद वा स्वार्थको लेनदेनमा टिकट दिएको भन्ने लागेमा जनताले मत नदिने रहेछन् भन्ने उदाहरण काठमाडौं र विराटनगर महानगरको निर्वाचनबाट प्रस्ट हुन्छ । अन्त्यमा जनताले आफ्नो नजिकको सेवा प्रवाह गर्ने र सुविधा दिने सरकार भनेको स्थानीय सरकार हो भन्ने बुझ्न थालेका छन् । सक्षम र असक्षम व्यक्तिको मूल्यांकन गर्न थालेका छन् । काम गर्ने र नगर्ने पार्टी चिन्न थालेका छन् । यस निर्वाचनले स्थानीय सरकारको निरन्तरता मात्र नभएर राम्रो स्थानीय सरकारको मान्यता स्थापित गर्न लागेको आभाष मिलेको छ । -सीताराम ढुंगेल (सीरा अगस्त्य)
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP