Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिपुलेक
  • #विदेसिनेको संख्या
  • #दक्षिण कोरिया
  • #घुँगीफोर गरुड
  • #विपद्का घटना
  • #यातायात
  • #रेमिट्यान्समा रेकर्ड
  • #संसद
  • #दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण
बजेट सन्तुलित छ, तर कार्यान्वयन चुनौतीपूर्ण
सम्झना राई
सम्झना राई मंगलबार, जेठ १७, २०७९
pratinidhi sava
Hardik health
काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले बजेट पूर्णरुपमा सन्तुलित भए पनि कार्यान्वयन चुनौतीपूर्ण हुने टिप्पणी गरेका छन् । सभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को प्रस्तुत बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसद राजेन्द्रप्रसाद गौतमले घट्दो अर्थतन्त्र वर्तमान अवस्थाको मुख्य समस्या भए पनि समग्र बजेट त्यसतर्फ केन्द्रित हुन नसकेको धारणा राखेका छन्। प्रसार र वितरणमुखी बजेट भएको, बजेटको स्रोतमाथि व्यापक आशङ्का भएका कारणले पनि कार्यान्वयन चुनौतीपूर्ण हुने उनले भने । उनी भन्छन्,“मूल्य वृद्धि ७ प्रतिशत छ, यो बढेर अब १० प्रतिशत पुग्नेवाला छ, मानवीय अर्थमन्त्रीज्यू यसलाई कसरी व्यवस्थापन गछन् ।” सांसद मानबहादुर विश्वकर्माले यो विज्ञान प्रविधिको युग भएकाले बजेटले प्रविधिको क्षेत्रमा विशेष ध्यान दिएको र त्यसलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनी भन्छन्, “बजेटले ऊर्जाको क्षेत्रमा देशको आवश्यकताअनुसार प्राथमिकता दिएको छ, जुन बजेटको मुख्य विशेषता हो, सोलार इनर्जीबाट जनताको जनस्तर उठाउनुपर्नेमा बजेट बोलेको छ, आन्तरिक उत्पादनमा जोड दिएको बजेटले, दलित, महिला, उत्पीडित समुदायको लागि बजेटले समेटेको छ, त्यसैले पनि बजेट उत्कृष्ट छ ।” दलित समुदायका विद्यार्थीले पाउँदै आएको दलित छात्रवृत्ति कार्यक्रमलाई पुनः निरन्तरता दिनुपर्ने उनको माग थियो । सांसद गजेन्द्रबहादुर महतले बजेट कार्यान्वयनमा चुनौती हुने टिप्पणी गरे । सांसद लालप्रसाद साँवा लिम्बूले राष्ट्रिय पूर्वाधारको विषयमा बजेटले प्राथमिकता दिन नसकेको टिप्पणी गरे । सांसद मोहनप्रसाद पाण्डेले बजेट पूर्ण रुपमा सन्तुलित छ तर कार्यान्वयन चुनौतीपूर्ण छ भने। सांसद अञ्जना विसङ्खेले बजेट दलित, महिला, तथा सिमान्तकृत समुदायका निम्ति पूर्णरुपमा समावेशी रहेको र उत्पादन, बजार व्यवस्थापनलाई प्राथमिकता दिएको भन्दै कार्यान्वयनमा जोड दिए । सांसद गणेशकुमार पहाडीले पट्रोलियम पदार्थको मूल्य घटाउने विषयलाई बजेटले प्राथमिकता दिन नसकेको बताए । सांसद तेजुलाल चौधरी र हरिराम अधिकारीले बजेट कार्यान्वयनमा जोड दिए।
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १७:३२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने
राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने बुधबार, भदौ ११, २०८२
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह सोमबार, भदौ ९, २०८२
चार सवालमा सर्वोच्चको प्रश्न
चार सवालमा सर्वोच्चको प्रश्न सोमबार, भदौ ९, २०८२
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई
समाजवादी  आधार उत्पादन भएको अध्यक्ष दाहाल भनाई आइतबार, भदौ ८, २०८२
टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद आइतबार, भदौ ८, २०८२
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग
प्रतिपक्षीलाई विश्वासमा लिएर संसद् बैठक चलाउन माग शुक्रबार, भदौ ६, २०८२
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न
सरकार र ठुला दलमाथि प्रश्नैप्रश्न शुक्रबार, भदौ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
ग्लोबल युरो प्वाइन्ट कन्सल्टेन्सीका रोशनको ठगीधन्दा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
दर खाने दिन: परम्परा र आधुनिकता बीचको यात्रा
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
राजनीतिक नेतृत्व अलमल र लोभबाट मुक्त हुनुपर्छ गगन थापाको आग्रह
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
साउनमा रोजगारीका लागि १०५ मुलुक पुगे नेपाली श्रमिक
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
एससिटी पे कार्डबाट मोबाइल वालेटहरूमा रकम लोड गर्न मिल्ने
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP