Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • महरा प्रकरणमा राजनीति
महरा प्रकरणमा राजनीति
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज २६, २०७६
Kulchandra
Hardik health
तत्कालीन सभामुख कृष्णबहादुर महरा अनपेक्षित यौनकर्मले मात्रै घायल भए कि त्यसमा राजनीतिले पनि ‘मौकामा चौका’ हान्यो ? यतिबेला प्रहरी हिरासतमा रहेका पूर्वसभामुखको विषयलाई लिएर आएका टिप्पणीमा यस्तो प्रश्न तेर्सिने गरी दुई तर्क सार्वजनिक भएका छन् । तर, ‘राजनीतिक प्रहार छैन वा मिसियो’ भन्ने यी दुवै तर्कमा नेकपाका नेतासमेत रहेका महराको नैतिक चरित्र स्खलित भएको स्विकृति भने समान छ । त्यही स्खलनलाई राजनीतिक प्रहारको विषय बनाइयो भन्ने एकथरी तर्क दिनेमा चाहि“ सायद उनीमाथि सहानुभूति राख्ने समूहको आधिक्य छ । आशा गरौ“, महरा कर्मले न्यायिक निरूपण पाउला । तर, यतिबेला मुलुकको सबै स्वायत्त अंगमाथि कम्युनिस्ट सरकारको मनसुवा निर्णायक भएको छ र यस विषयमा राज्यका सम्बन्धित अंगहरू न्यायिक निरूपणमा निष्पक्ष रहन सक्छन् भन्ने विश्वास परपर्दो छैन । त्यसैले यो घटनाले कुन फैसला पाउ“छ भन्न सकि“दैन । सत्य अनुसन्धान हुन पाए तथ्य पत्ता लाग्ला र सार्वजनिक पनि होला । न्याय गर्ने दायिŒवधारी राज्य निकायको फैसला आरोपित भनिएका महरा र चासो राख्ने सबैले कुर्नैप¥योे । अनि ती निकायमा अन्तर्नि्हित मानिने निर्भीक र निष्पक्ष फैसलाको विश्वसनीयतालाई पारख गर्ने बेला पनि आउला । मुद्दा (विषय) भने ज्यादै संवेदनशील छ । एकातिर घटनामा सम्बद्ध मानिएकी एक महिला र अर्कोतर्फ नेपाल कम्युनिस्ट पार्टीको उपल्लो तहका नेता । ती महिलाले किन फेरिएका भनाइ सार्वजनिक गरिन् ? यसको कारण पनि खोजी होला र न्यायिक निरूपण आउला । महरा प्रकरणले ‘यदि’ निष्पक्ष फैसला पाउनसके सार्वजनिक व्यक्तित्वको चारित्रिक नैतिकता र सामाजिक मान्यताको मापदण्डलाई त्यसले पुनःपरिभाषित गर्न सक्छ । प्रकरणमा मुछिएकी महिला पनि संसद् सचिवालयमा कार्यरत शिक्षित कर्मचारी हुन्, चानचुने त होइनन् । महराको पहिचान शालीन व्यक्तिŒवमा बनेको हो । सुस्त बोल्ने, प्रदर्शित व्यवहार शालीन । अहिले सरकारमा रहेका प्रायः सबै कम्युनिस्ट नेता कटुवचनका पोख्त वाचाल हुन् । उनीहरू अरुलाई होच्याउन र तीतोवचनले घोच्न यति सिपालु छन् कि सायद् शालीन अभिव्यक्ति उनीहरूको संस्कारभित्रै पर्दैन । लाग्छ, भिन्न विचारलाई घोच्ने कम्युनिस्ट चरित्र नेतृŒव प्रदत्त नै हो । लज्जाका साथ भन्नैपर्छ तत्कालीन नेकपा एमालेकी उपाध्यक्ष र अहिले सम्मानित पदमा आसीन राष्ट्रपतिले समेत प्रजातान्त्रिक संघर्षमा जीवन समर्पित गरेका प्रतिपक्षी दलको नेताको बोलीप्रति सार्वजनिक कार्यक्रममै कटाक्ष गरिन् । कारणवश, सिर्जित शारीरिक कमजोरीप्रति व्यंग्य गरिन् । त्यस्ता छुद्र अभिव्यक्तिको अपवाद थिए महरा, सरकारी कम्युनिस्टमा केही अरु बिरलै भेटिएलान् । महराको यही शालीनता प्रतिपक्षीहरूलाई समेत स्वीकार्य हुनसक्ने मानेर नै नेकपाले सभामुखमा प्रस्तुत ग¥यो । संसद्ले उनलाई स्विका¥यो पनि । तर, अहिलेको कम्युनिस्टीकरणको दुश्चक्रबाट मुक्त वा दलीय तटस्थता कायम गर्ने सभामुखको दायित्व भने उनले निर्वाह गर्नसकेनन् वा पाएनन् । सरकारी लाचार छाया“ आरोपित भए । महराको शालीनताको अघिल्तिर यति ठूलो ‘अनैतिक’ आरोप सुन्दा विश्वास लाग्नै गारो । उनको बाहिरी पहिचान यस प्रकारको सुन्दर थियो । बाहिरबाट यसै भन्न त सकि“दैन विषय न्यायिक कठघराको भयो । महरा शालीनताबीच पनि विवादास्पद व्यक्ति चाहि“ हुन् । उनी आर्थिक मामिलामा विवादमा आइरहे । केही वर्षअघि चिनिया“ व्यवसायीस“ग ५० करोडको लेनदेनका लागि उनले गरेको वार्ता ‘भिडियो’ सार्वजनिक भएको थियो । शान्तिवार्ता्तिर भएभन्दा बढी लडाकुको संख्या देखाएर अतिरिक्त रकम राज्यबाट लिएको विषयमा पनि उनी मुछिएका हुन् । तर, यी विषयले कुनै न्यायिक निरूपण पाएनन् । पैसाको कुरा थियो । तत्कालीन नेकपा माओवादी(केन्द्र) का नेताबीच पैसाको हिसाबकिताब मिलाएर यी विषय सामसुम पारिएको हुन सक्छ । उनले हैसियत दुरूपयोग गरे वा कम्युनिष्ट पार्टीले उनको हैसियतलाई प्रयोग वा दुरूपयोग के ग¥यो ? यथार्थ सार्वजनिक नभएबाट आशंका जिउ“दै रहिरह्यो । प्रयोग, दुरूपयोगमा खप्पिस नेताबीच पैसा बा“डफा“डबाट ‘तै“चुप मैचुप’ हुनसक्ने भए पनि अहिले चाहि“ उनी व्यक्तिगत मामलामा फसे । कुनै दिनका शिक्षक महरा कम्युनिस्ट नेतृŒव पंक्तिमा अत्यन्त सफल तरिकाले उक्लिका थिए । यसअघि नेकपा माओवादी(केन्द्र) देखि नै उनको हैसियत चुलिएको हो । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकआपसमा विलय भई बनेको सरकारी नेकपामा पनि उनी उच्चतहका नेता मानिन्थे । यतिबेला त महरा मुलुकको पाचौ“ सम्मानित पदश्रेणीमा आसीन थिए नै । उनको व्यक्तिŒव आफूहरूलाई पनि सफल मान्ने समकक्षी कम्युनिस्टहरूबीच कडा प्रतिस्पर्धी थियो नै । तर, अ“ध्यारो समयले कम्युनिस्ट राजनीतिको उनको सफल यात्रालाई जघन्य कुलतले एकाएक धरापमा पारेको छ । सभामुख महराको यही राजनीतिक उचाइलाई रसातल पु¥याउन प्रतिस्पर्धीहरूले मौका पाए र प्रयोग गरे भन्ने तर्क उनीप्रति सहानुभूति राख्नेहरूको हुनुपर्छ । गल्ती मान्दामान्दै पनि घटनालाई राजनीतिक प्रहारको हतियार बनाइएको ठान्ने वा यस प्रकार सामाजिक सञ्जालमा अभिव्यक्ति दिनेहरू कति यथार्थपरक छन् ? त्यो त किटान गर्न सम्भव छैन । तर उनीहरूको ‘प्रहारको हतियार’ मान्ने राजनीतिक तर्क चाहि“ पूरै अयथार्थवादी भन्ने आधार पनि कमसेकम अहिलेसम्म पाइएको छैन । जे होस्, कम्युनिस्ट प्रतिपस्र्धीले महरा व्यक्तित्वलाई थला पार्ने गरी ‘मौकामा चौका’ हाने भन्नेहरूको आरोप, आशंका वा तर्कले पनि सत्य निरूपणको खोजी चाहि“ गरेको स्पष्टै छ । त्यस्तो थिएन भने ? महरालाई हान्न आफूले घटनालाई कुनै प्रयोग नगरेको तर व्यर्थमा आफूलाई दोष लगाइएयो भन्ने प्रकारको नेकपाका नेताबाटै जो स्पष्टीकरण आइरहे छन् ती आउनुपर्ने नै होइनन् । महरा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालका अति विश्वासिला पात्र हुन् । अध्यक्ष दाहाल भावी प्रधानमन्त्रीको पक्का दाबेदार पनि । यसपछि महराको उचाइ“ले पाउने झन् तीव्र गतिको अनुमानले प्रतिस्पर्धीहरूलाई मस्त निद्रामा पनि झस्काएको हुनुपर्छ । यस्तो व्यक्तित्वको राजनीतिक भविष्य अब कस्तो तय होला ? त्यो पनि फैसलाले नै तय गर्ला । वा पारिवारिक मित्रताको लामो सम्बन्धले उब्जिएको यो दोहोरो नैतिक चरित्र चित्रित दुर्घटनाको यस्तो गम्भीर विषय कसरी सुल्झिएला ? भगवान जाने । मानिसले भन्ने यत्ति हो– न्याय सबैले पाउनुपर्छ । निरुपित न्यायपछि सुध्रिएर पश्चात्तापको सार्वजनिक क्षमायाचनाबाट मानिस पुनः चोखिन सक्छ कि सक्दैन वा पाउ“छ, पाउ“दैन ? ठोकुवा गर्न भने सकि“दैन । कम्युनिस्ट नेता, सभामुख पदबाट राजीनामा दिएका ‘सांसद्’ महराको राजनीतिक पुनरोदय वा पूर्णतः अवसानको सम्भावना जो हुन्छ त्यो अहिले देखिने सम्भावना पनि फैसलाकै बीचमा छ । ‘खराब आचरण भएकालाई छोडिने छैन’ भन्ने धम्की प्रधानमन्त्री केपी ओलीबाट यतिबेलै अभिनिःसृत भइरहेछ । उनकै पार्टीका कतिपय नेताका यस्तै चरित्रावली अहिले सार्वजनिक भइरहेछन् पनि । प्रमाणस्रोत सामाजिक सञ्जाल नै हुन् । के हुन्छ, पर्खौ“, हेरौ“ । अन्त्यमा, न्यायिक फैसला शीघ्र र भरपर्दो चाहि“ अहिलेलाई देखि“दैन । संविधानको प्रावधानअनुसार सभामुख र उपसभामुख एउटै दलको हुन मिल्दैन । माओवादी र एमाले दुई भिन्न दल रहेको बेला बनेको ‘दुईतिहाइ दम्भी’ तर्क दिएर अहिलेसम्म ती दुवै पदमा एउटै नेकपाका मानिस रहे । अर्को षड्यन्त्रपूर्ण यस्तै कुतर्क नतेस्र्याए एक पद अब सरकारी नेकपाको हातबाट फुस्किने छ । संवैधानिक व्यवस्थाको व्याख्या गर्ने अधिकार पाएको अदालतमा संसदीय नेतृŒवको पदीय यो मुद्दा लामो समयदेखि ‘थाती’छ । नियुक्तिकै बेला दुईतिहाइ महाभियोगको मन्त्रदान पाएका विधि व्याख्यातामूर्ति मूर्तिवत् रहेको बेला यो मुद्दाले निरूपण पाउन निर्देशन संकेतको प्रतीक्षा गरेको बुझ्न कठिन पर्ने चाहि“ देखि“दैन । बा“की घटना परिणामले नै पुष्टि गर्ने हो । फैसला त सबैले कुर्नैपर्यो । सामाजिक फैसलाको पाटो भने आङ्खनै प्रकारको हुन सक्छ । बाह्रखरी
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १२:०४
प्रतिक्रिया दिनुहोस्
थप विचार
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश
अधिकार रक्षा र पहिचानको लडाइँमा अगस्ट ९ को सन्देश बुधबार, साउन २०, २०८३
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP