Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
  • #जेनजी_आन्दोलन
Search Here
विचार
  • Home
  • विचार
  • हारलाई स्वीकार गर्न नसक्नु आफ्नै लागि घातक
हारलाई स्वीकार गर्न नसक्नु आफ्नै लागि घातक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १६, २०७९
Hardik health
यसपटकको स्थानीय चुनावमा नेकपा एमालेलाई जनताले सही ठाउँ देखाइदिएका छन् । एमालेले गरेको क्रियाकलापहरुको प्रतिफल निर्वाचनमा देखिसकिएको छ । जनताले नपत्याएर हार्दा पनि एमाले सहज तरिकाले आफ्नो हार स्वीकार गर्न तयार छैन । बरू, आरोपप्रत्यारोप गर्नमै एमाले नेतृत्व व्यस्त छ । के कारणले हामी हार्‍यौं भनेर कारण खोज्नुको साटो अरूमाथि दोष देखाएर एमाले पन्छिन खोज्दै छ । सत्तापक्षले सत्ताको दुरुपयोग र धाँधली गरेर आफूलाई हराएको एमालेको दाबी छ । २०७४ सालमा सबैभन्दा बढी स्थानीय तहमा एमाले निर्वाचित भएको थियो । यता, संसदीय चुनाव पनि एमाले नै पहिलो पार्टी बनेको थियो । यी दुवै चुनाव गराउँदा प्रधानमन्त्री शेरबहादुर देउवा थिए । तर, त्यतिखेरको चुनावमा कांग्रेसले हार्‍यो । सत्ता नै प्रयोग गर्ने भएको भए त त्यतिखेर कांग्रेस नै सरकारमा आउनुपथ्र्यो । चाहेको भए देउवाले त्यतिखेर नै धाँधली गर्न सक्थे । तर, उनले हार स्वीकारे, आरोप लगाउने काम गरेनन् । प्रधानमन्त्री पद त्याग्ने बेलामा देउवाले एउटा महत्वपूर्ण निर्णय गरेका थिए । जनताको हितमा गरिएको निर्णय केपी ओली प्रधानमन्त्री भएर आउनेबित्तिकै उल्टाइदिए । ७० वर्षबाट घटाएर ६५ वर्षमै ज्येष्ठ नागरिकभत्ता दिने निर्णय गरिएको थियो । अर्कोतिर, मिर्गौला, क्यान्सर, मेरुदण्डलगायत दीर्घकालिन रोग लागेकालाई मासिक पा“च हजार रुपैयाँ दिने भनिएको थियो । यो निर्णयले धेरै गरिब र बिरामीहरु निकै खुसी भएका थिए । बिरामीहरुलाई निकै राहत भएको थियो । पाँच हजारले बिहानबेलुका पेटमा अन्न हाल्न पाइन्छ कि भनेर धेरै हर्षित बनेका थिए । देउवाको निर्णयबाट एमालेकै कार्यकर्ताहरु पनि मख्ख परेको थिए । आफ्नो आन्दोलन सफल हुने भयो भनेर खुसी भएका दीर्घकालीन रोगीहरुको एकछिनमै गुपचुप हुन बाध्य भए । बालुवाटार अगाडि चर्को घाममा आन्दोलन गरे । माइतीघरमा भोको पेट धर्ना बसे । केका लागि मासिक पाँच हजार ? त्यसले औषधि खान भए पनि हुन्छ भन्नेमा उनीहरु विश्वस्त थिए । ७० वर्षमा दिने भत्ताको उमेर हद घटाउनुपर्छ । भत्ता बढाएर पाँच हजार रुपैयाँ पुर्‍याउनुपर्छ । सार्वजनिक यातायातमा भाडा छुट दिनुपर्छ भनेर पनि ज्येष्ठ नागरिकहरुले मिनभवनमा धर्ना दिएका थिए । एमालेले यसअघिको स्थानीय र संसदीय चुनावमा मासिक भत्ता बढाइदिने भनेर भोट माग्यो । त्यतिखेर सरकारले ज्येष्ठ नागरिकलाई जम्मा दुई हजार भत्ता दिन्थ्यो । त्यसलाई बढाएर पा“च हजार पुर्‍याउँछौं भन्ने आश्वासन दिएर मतजति सबै आफ्नो पोल्टामा पार्‍यो । जनताको भोटबाट एमाले पहिलो पार्टी बन्यो । २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री भए । प्रधानमन्त्री भएलगत्तै देउवाको निर्णय सबै पानीमा बग्यो । ज्येष्ठ नागरिक र दीर्घकालीन रोगीको हितमा गरिएको निर्णय खारेज गरियो । कांग्रेस पार्टी जनतासामु बिक्छ भन्ने डरले यसो गरिएको प्रस्ट बुझिएको छ । आफू पहिलो पार्टी हुँदा एमालेले किन एक शब्द पनि निकालेन । त्यतिखेर पनि धाँधली भयो भनेर बोल्नुपथ्र्यो । अब आउने चुनावमा एमालेस“ग जनतासामु जाने नारा छैन । जनतालाई झुक्याउने बहाना पनि छैन । चुनावअघि चर्को कुरा गर्ने एमाले अध्यक्ष केपी ओली अहिले पार्टी खुम्चिएपछि धाँधली भयो भनिरहेका छन् । यो भनेको हार स्वीकार गर्न नसक्नु हो । सधैँ आफैं मात्र जित्नुपर्छ भन्ने अहम् ओलीमा रहेको यसबाट प्रस्ट हुन्छ । यो प्रवृत्ति आफ्नै लागि घातक हुनेछ भन्ने कुरा अब बुझ्न जरुरी छ । (अमित राना -सातदोबाटो, ललितपुर)
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप विचार
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व
प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP