Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थ
  • Home
  • अर्थ
  • कर्मचारीकै संलग्नतामा मूल्यवृद्धि
कर्मचारीकै संलग्नतामा मूल्यवृद्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १५, २०७९
mulyabridi
Hardik health
काठमाडौं- देशमा अत्याधिकमात्रामा मूल्यवृद्धिमा सरकारी कर्मचारीको संलग्नता रहेको पाइएको छ । सरकारकै छत्रछाँयामा बसेर कमिसन बुझ्दै मूल्यवृद्धि गरेको आरोप लागेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको साथै अन्य विभिन्न कारणले नेपाली बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवामा अत्याधिक महंगी बढी रहेको भन्दै सो मूल्यवृद्धि नियन्त्रण गर्ने तर्फ सरकार नलागेको उपभोक्ताबादीहरूले बताएका छन् । उपभोक्ताबादीहरूले हरेक सेवा तथा वस्तुमा भएको मूल्यवृद्धिले नेपाली जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको र सोबाट दैनिक ज्यालामजदुरी गरी जीवन पाल्दै आएको समुह मारमा परेकाले सो समस्या समधान गर्न सरकारले विशेष राहतको प्याकेज ल्याउन समेत सरकारसँग माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले अचाक्लै पीडा दिन थालेको यसैको कारण बढेको मूल्यवृद्धिलाई न्यूनिकरण गर्नको लागी विभिन्न देशले आफनो देश र जनताको आवश्यकताको आधारमा विभिन्न राहतका प्याकेजहरू घोषणा गर्दै जनतालाई सुबिधा दिन थाली सकेको भएपनि नेपालमा भने त्यसतर्फ कुनै ध्यान नदिएको राष्ट्रिय उपभोक्ता मञ्चले जानएको छ । सो मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनका अनुसार भारत सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको अन्तशुल्क हटाउने निर्णय गरेर आफ्ना जनतालाई राहत दिएको तर नेपालमा भने उल्टो अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको देखाउदै अत्याधिकमात्रामा मूल्यवृद्धि गरेकाले तत्काल सो काम रोकी राहात प्याकेज ल्याउन माग गरेको बताए । भारत सरकारले खाद्य तेल (भटमास, बनस्पति र सनफलावर) तेलमा लाग्दै आएको आयात शुल्क शून्यदरमा झारेको, ५ प्रतिशत जिएसटि लाग्दै आएकोमा पूरै हटाएको र चिनीको निर्यातमा प्रतिबन्धात्मक व्यवस्था लागु गरेसँगै भारतका आम नागरिकलाई ठूलो राहत पाएको उनले बताए । तर नेपाल सरकारले भने राहातको प्याकेज त परै जाओस् अझै मूल्यवृद्धि गर्ने रणनीतिमामात्रा लागेको अध्यक्ष महर्जनले बताए । भारतबाट नेपालको अधिकांश मांग पूर्ति गर्दै आएको चिनीको निर्यातमा प्रतिबन्ध लाग्नासाथ नेपाली बजारमा चिनीको मूल्य स्वभाविक रूपमा बढ़ने निश्चित भएको समेत उनले बताए । खाद्य तेलको आपूर्ति तथा बिक्री वितरणमा गरेको सुधारले नेपालबाट तेलको अवैध चोरी निकासी हुने प्रवल सम्भावना रहेको भन्दै त्यो नियन्त्रण गर्न सरकारले ध्यान नदिएको समेत उनले बताए । बजारमा आपूर्ति व्यवस्था सहज बनाइ राख्नको लागी नेपाल सरकारले स्वदेशी उद्योगहरूलाई तत्काल नै विशेष सुबिधा दिएर खाद्य तेल लगायत अन्य कृषिजन्य उत्पादन गर्न प्रोत्साहित गर्न समेत सो मञ्चले माग गरेको छ । केही समयको लागी स्वदेशी उत्पादनमा लाग्दै आएको बिभिन्न करहरूमा पुनरावलोकन गर्ने र विदेशबाट आयत गरी आपूर्ति गर्नु पर्ने दैनिक अत्यावश्यकहरूमा करको दरमा सुधार गर्ने र हटाउने कार्य गरी उपभोक्तामुखी बनाउन अत्यन्त जरुरी भई सकेको भन्दै त्यस कार्यमा लाग्न सरकारलाई मञ्चले आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP