Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • सवारीचालक अनुमतिपत्र प्रदेशबाटै
सवारीचालक अनुमतिपत्र प्रदेशबाटै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ११, २०७९
tippers
Energy Drink Energy Drink
Ncell
Hardik health
काठमाडाैं -  सरकारले नीति तथा कार्यक्रम प्राथमिकतमा सवारीचालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाउने भएको छ । हाल विभिन्न प्रदेशबाट सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिए पनि काठमाडौंमा मात्रै डिजिटल लाइसेन्स प्रिन्ट हुँदै आएको छ । यस्तै, सरकारले सबै प्रदेशमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । प्रदेशको सहभागिता एवं समन्वयमा सबै प्रदेशमा सरकारी स्वामित्वको रक्तसञ्चार केन्द्र स्थापना गरिने राष्ट्रपति भण्डारीले बताइन् । साथै, केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधासम्पन्न बनाई सबै प्रकारका विशिष्टीकृत परीक्षण सरल र सहज रुपमा हुने व्यवस्था मिलाइने र देशभित्रका प्रयोगशालामा परीक्षण हुन नसक्ने अवस्थामा मात्र विदेश परीक्षण गर्न पठाइने सरकारको नीति छ । विशिष्टीकृत स्वास्थ्य प्रयोगशाला स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन र आकर्षित गरिने योजना सरकारको रहेको छ । स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइने उल्लेख छ । नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने र शारीरिक तथा मानसिक अपांगता भएका व्यक्ति, क्यान्सरलगायत दीर्घ रोगीका लागि प्रत्येक प्रदेशमा पुनःस्थापना र परामर्श केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई विस्तार गर्ने र नागरिक आरोग्य कार्यक्रम सञ्चालन गर्ने विषय पनि सरकारको नीति तथा कार्यक्रममा अटाएको छ । प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न सबै अस्पतालमा एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणाली लागू गरिने, औषधोपचारको क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्थासमेत मिलाइने बताइएको छ । यद्यपि, सरकारले चार वर्षअघि नै ल्याएको राष्ट्रिय ई–हेल्थ रणनीति अझै कार्यान्वयनमा आउन सकेको छैन । त्यस्तै, स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुनी व्यवस्थालाई थप बलियो बनाइने पनि सरकारको नीति रहेको छ । यसका साथै सरकारले आगामी वर्ष सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरूलाई एकीकृत गर्दै स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने योजनासमेत बनाएको छ । सबै अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरी एकै बिन्दुबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउने पनि सरकारको योजना छ । यसका साथै ५–११ देखि वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप छिट्टै लगाउन सुरु गरिने भनिएको छ । सरकारले ज्येष्ठ नागरिकका लागिसमेत विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गर्ने जनाएको छ । यसैगरी सरकारले सामुदायिक विद्यालयको शिक्षक दरबन्दी पुनरवलोकन गर्ने भएको छ । विद्यालयमा गणित, अंग्रेजी, विज्ञानलगायत प्राविधिक धारका विषयको शिक्षक अभाव हुन नदिन शिक्षक दरबन्दी पुनरवलोकन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दी मिलान गरिने बताइएको छ ।यस्तै विद्यार्थी दिवा खाजालाई कक्षा ८ सम्म विस्तार गर्ने समेत जनाएको छ । हाल सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजा उपलब्ध गराइँदै आएको छ । दिवा खाजाका लागि सरकारले प्रतिविद्यार्थी दैनिक १५ रुपैया“ उपलब्ध गराउँदै आएको छ । त्यस्तै, प्रत्येक प्रदेशमा आवासीय विद्यालय स्थापना गर्ने, प्राविधिक धारका शिक्षालयको नक्सांकनसहित प्रत्येक स्थानीय तहमा पुर्‍याउने सरकारको योजना छ । विश्वविद्यालयको वर्गीकरण गरी अनुदान उपलब्ध गराउने व्यवस्था गरिने भनिएको छ । विदेशी विद्यार्थी आकर्षित गर्ने विश्वविद्यालय र शिक्षण संस्थालाई विशेष प्रोत्साहन गरिने र प्रत्येक प्रदेशमा दुईवटा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरिएको छ । यस्तै, सरकारले महिला, बालबलिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा यौनिक अल्पसंख्यकको समस्या सम्बोधन गर्न प्रदेश तथा स्थानीय तहमा एकाइ बनाउने भएको छ । राष्ट्रपतिले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम भनिएको छ, ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति एवं लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूका हित संरक्षण तथा समस्या सम्बोधन गर्न प्रदेश तथा स्थानीय तहको सहकार्यमा जिल्लास्तरमा समन्वय एकाइको प्रबन्ध मिलाइनेछ।’ साथै सरकारले संसद्मा विचाराधीन नागरिकता विधेयकलाई प्रक्रियामार्फत टुंगोमा पुर्‍याउने बताएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नागरिकता विधेयक टुंगोमा पुर्‍याइने विषय अटाएको हो । ‘संसद्मा विचाराधीन नागरिकता विधेयकलाई सहमतिका आधारमा छिट्टै टुंगोमा पुर्‍याउन पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ । नागरिकता विधेयक २०७५ साउनदेखि संसद्मा विचाराधीन छ । उक्त विधेयक तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको थियो । अहिलेसम्म यो विधेयक टुंगोमा पुग्न सकेको छैन ।यस्तै, सरकारले सीमा विवादका विषय ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्ने नीति लिने भएको छ । सरकारले सीमासम्बन्धी विषय समाधान गर्न कस्तो नीति लिने भन्ने विषय नीति तथा कार्यक्रममा समेटेको छ । ‘ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषय समाधान गरिनेछ । संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आधारमा स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी छिमेकी तथा मित्रराष्ट्रसँगको सम्बन्धलाई थप प्रगाढ बनाइनेछ ।’    
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दरबारमार्गमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुने
दरबारमार्गमा विशेष सांस्कृतिक महोत्सव आयोजना हुने सोमबार, असोज ५, २०८३
उद्योगमन्त्री साहले भने- ग्यास आपूर्ति सहज बनाउने प्रयास जारी छ
उद्योगमन्त्री साहले भने- ग्यास आपूर्ति सहज बनाउने प्रयास जारी छ सोमबार, असोज ५, २०८३
बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट हटाउँदै सरकार
बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट हटाउँदै सरकार सोमबार, असोज ५, २०८३
काठमाडौंका यी क्षेत्रमा आजदेखि १४ गतेसम्म विद्युत् अवरुद्ध हुने (सूचनासहित)
काठमाडौंका यी क्षेत्रमा आजदेखि १४ गतेसम्म विद्युत् अवरुद्ध हुने (सूचनासहित) सोमबार, असोज ५, २०८३
उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ६ वटा रुटमा चल्न थाले साझाका ३० वटा बस
उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, ६ वटा रुटमा चल्न थाले साझाका ३० वटा बस आइतबार, असोज ४, २०८३
नेपाली आइटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास-आइटी, स्वीट्जरल्याण्डमा टेक रोडशो
नेपाली आइटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास-आइटी, स्वीट्जरल्याण्डमा टेक रोडशो आइतबार, असोज ४, २०८३
तिनाउ–दानव करिडोरका नाममा जथाभावी उत्खनन, प्रशासनले काट्यो पत्र
तिनाउ–दानव करिडोरका नाममा जथाभावी उत्खनन, प्रशासनले काट्यो पत्र आइतबार, असोज ४, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP