ताप्लेजुङ– ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमूले पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट गर्ने घोषणा गरेको छ । सोमबार पदभार ग्रहण गर्दे उनले आगामी आर्थिक वर्षदेखि लागूहुने गरी नागरिकलाई निःशुल्क विद्युत् उपल्ब्ध गराउने घोषणा गरेको हो ।
गाउँपालिकाभित्रका नागरिकले सामान्य बिजुलीको बिल तिर्न जिल्ला सदरमुकाम फुङ्लिङ आउनुपर्ने बाध्यता रहेको भन्दै त्यसबाट छुटकारा दिलाउन यस्तो निर्णय गरेको पोमूले बताए। यस्तै विद्युतीकरण हुन बाँकी रहेको गाउँमा पनि छिट्टै विद्युत् विस्तार गर्ने उनले जानकारी दिएका छन्।
उनले यही आर्थिक वर्षभित्रै प्राविधिक अध्ययान गरी आगामी आवाबाट लागू हुनेगरी पालिकाभरिका नागरिकलाई विद्युत महसुल छुट दिने पहिलो निर्णय गरेको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १२:५८