झापा– मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत प्राप्त गरेर निर्वाचित भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरेका छन् ।
नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ । जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ ।
ती मध्ये ७ पालिकामा एमाले प्रमुख पदमा विजयी बनेको छ भने ६ पालिकामा कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १२:००