Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक
७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ९, २०७९
sthaniya-nirbachan
Hardik health
काठमाडौं- देशभरका ७५३ पालिकामध्ये आइतबार साँझ ८ बजेसम्ममा ७१६ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । हाल दुई पालिकाको गणना स्थगित रहेको छ भने र बाँकी ३५ पालिकाको गणना जारी छ । हालसम्म छ महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिकाको गणना जारी छ । उपमहानगरपलिकामा हालसम्म धरान, धनगढी, इटहरी, हेटौँडा, बुटवल, नेपालगञ्ज, घोराही, जीतपुर–सिमरा र कलैया गरी नौ वटाको अन्तिम परिणाम सार्वजनिक भएको छ । अझै तुलसीपुर र जनकपुरको गणना जारी छ । तनहुँको व्यास नगरपालिका, पाल्पाको रम्भा गाउँपालिकालगाायत विभिन्न नगरपालिकामा पनि गणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले जेठ १० गतेभित्र सबै पालिकामा गणना सकाउन आग्रह गरेको छ । लसम्मको गतिका आधारमा काठमाडौं, ललितपुर महानगरपालिकालगायत गणना समयमा नसकिने देखिएको छ । काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलको अग्रता छ । आइतबार राति ११ बजेसम्म शाहले ४१ हजार २७१ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार ८५५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा डंगोलको ४२ हजार ४२८ र उनको निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको १४ हजार २५२ मत पाएका छन् । ललितपुर महानगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा एमालेकी मञ्जली शाक्यको अग्रता रहेको छ । आइतबार राति ११ बजेसम्मको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार महर्जनले ३३ हजार ७६७ र उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यञ्जनकारले १९ हजार ४९९ मत पाएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले १८ हजार ९७६ मत र उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १४ हजार ३७१ मत पाएका छन् । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल र पोखरा महानगरमा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन् । यस्तै वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंह अगाडि रहेका छन् । दाहाल, आचार्य र सिंह गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ११:१४
#स्थानीय_तह_निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मधेसमा गगनको अग्निपरीक्षा
मधेसमा गगनको अग्निपरीक्षा बुधबार, माघ ७, २०८२
एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार
एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार बुधबार, माघ ७, २०८२
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी मंगलबार, माघ ६, २०८२
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
एमाले सचिव राईद्वारा मनोनयन दर्ता
एमाले सचिव राईद्वारा मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
बैतडीमा एमालेका तर्फबाट भण्डारीद्वारा मनोनयन दर्ता
बैतडीमा एमालेका तर्फबाट भण्डारीद्वारा मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
सुनसरी १ बाट गराए  हर्कले मनोनयन दर्ता
सुनसरी १ बाट गराए हर्कले मनोनयन दर्ता मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP