Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्थानीय तहमा युवा नेतृत्व: जसले ३० वर्ष नपुग्दै पालिका हाँक्ने अवसर पाए
स्थानीय तहमा युवा नेतृत्व: जसले ३० वर्ष नपुग्दै पालिका हाँक्ने अवसर पाए
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ९, २०७९
youth
Hardik health
काठमाडौं- स्थानीय तह निर्वाचनको मतपरिणाम मैझारो हुने क्रममा छ । पा“च महानगरपालिकासहित केही स्थानीय तहको मात्र अन्तिम परिणाम आउन बा“की छ ।
यसपटक ३० वर्षभन्दा मुनिका केही युवाहरूले पनि पालिकाको नेतृत्व गर्ने अवसर पाएका छन् । राजनीतिप्रति युवाहरूको वितृष्णा बढिरहेको भनेर चर्चा भइरहँदा ३० वर्ष नपुग्दै पालिकाको नेतृत्व गर्ने अवसर युवाको काँधमा पुग्नुलाई सुखद् रूपमा लिन सकिन्छ ।  
२०७४ को भन्दा यसपटकको निर्वाचन हरेक हिसाबले रोचक देखिएको छ । देशको संघीय राजधानी रहेको काठमाडौं महानरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह जितउन्मुख छन् । कैलालीको धनगढी र सुनसरीको धरान उपहानगरपालिकामा स्वतन्त्र उम्मेदवार क्रमशः गोपाल हमाल र हर्क साम्पाङ निर्वाचित भइसकेका छन् । धनुषाको जनकपुरधाम उपहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले अग्रता लिइरहेका छन् । कतिपय नगपालिका र गाउापालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा यसपटक पालिका प्रमुख÷अध्यक्षमा महिलाको संख्या पनि बढेको छ । तर, अपेक्षाकृत छैन । यस विषयमा हामीले आइतबारको अंकमा चर्चा गरिसकेका छौं । आज भने हामी यो निर्वाचनपछि जसले ३० वर्षभन्दा मुनिकै उमेरमा पालिका हा“क्ने अवसर पाए, उनीहरूबारे केही चर्चा गर्दै छौं । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवा भनिने राष्ट्रिय युवा नीति २०७२ मा उल्लेख छ । राज्यको हरेक तह, खासगरी नीति निर्माणको तहमा युवा सहभागिता बढाउनुपर्ने आवाज उठिरहन्छन् । यस विषयमा गोष्ठी, सेमिनार, बहस पनि हुन्छ । तर, राज्यका उपल्ला तहमा युवा प्रतिनिधित्व न्यून नै हुुने गरेको छ । जुन आलोचना र बहसको विषय बनिरहेको छ । अघिल्लो निर्वाचनबाट स्थानीय तहमा ४० वर्ष मुनिका १३ हजार आठ सय ९३ युवा विभिन्न पदमा निर्वाचित भएका थिए । जसमा ५२ जना नगरप्रमुख र ११२ पालिका अध्यक्ष थिए । यसपटक समग्र युवा प्रतिनिधित्व कति भयो भन्ने विवरण आउन बाँकी छ । तर, रोचक कुरा के छ भने यसपटक ३० वर्षभन्दा मुनिका केही युवाहरूले पनि पालिकाको नेतृत्व गर्ने अवसर पाएका छन् । राजनीतिप्रति युवाहरूको वितृष्णा बढिरहेको भनेर चर्चा भइरहँदा ३० वर्ष नपुग्दै पालिकाको नेतृत्व गर्ने अवसर युवाको काँधमा पुग्नुलाई सुखद् रूपमा लिन सकिन्छ । सप्तरी, पूर्वी नवलपरासी, डडेलधुरा, पर्सा, सर्लाहीलगायतका जिल्लामा ३० वर्षमुनिका युवाले पालिकाको नेतृत्व जितेका छन् । पर्साको कालिकामाई गाउ“पालिकामा २१ वर्षीय वशिष्ठकुमार गुप्ता अध्यक्षमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचन लडेका उनले कांग्रेसका ४२ वर्षीय अजय कुमारलाई १०८ मतान्तरले पराजित गरे । वशिष्ठले तीन हजार ७१९ मत ल्याउ“दा अजयले तीन हजार ६०५ मत पाए । एमबिए अध्ययनको तयारीमा रहेका उनी त्यसलाई छाडेर स्थानीय निर्वाचनमा होमिएका थिए । अन्ततः उनी निर्वाचित पनि भए ।यस्तै, सर्लाहीको रामनगर गाउ“पालिकाको अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेवार बनेका थिए । उनले कांग्रेसका हरिनन्दनप्रसाद यादवलाई एक हजार ६८९ मतले पराजित गरे । राजाबाबुले चार हजार ८१ मत पाए भने हरिनन्दनले दुई हजार ३९२ मत पाए । हरिनन्दन राजाबाबुका काका हुन् । काठमाडौंमा बिबिएस पढिरहेका उनलाई बुबा (संविधानसभा सदस्य शिवपुजन राय यादव)ले गाउँपालिका अध्यक्षको उम्मेदवारी दिन लगाएका थिए । बुवाको आग्रहपछि गाउ“ फर्किएका उनले सफलता पनि हात पारे ।यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा २५ वर्षीय विद्यानन्द चौधरी निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउ“पालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका अध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का विद्यानन्द अध्यक्षमा निर्वाचित भएका हुन् । उनले दुई हजार ८९५ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का सत्यनारायण यादवले एक हजार ७६६ मत ल्याए । गाउँपालिकाको उपाध्यक्षमा भने माओवादी केन्द्रकी राजुदेवी यादव दुई हजार ४७२ मतसहित निर्वाचित भएकी छन् ।पूर्वी नवलपरासीको बुलिङटार गाउ“पालिकामा पनि २७ वर्षीय दीपेन्द्र सुनारी मगर अध्यक्ष निर्वाचित भएका छन् । उनले कांग्रेसका शशीकिरण बस्ताकोटीलाई १५९ मतले पराजित गरे । दीपेन्द्रले चार हजार ५९ मत प्राप्त गरे भने शशीकिरणले तीन हजार ९०० मत ल्याए । बस्ताकोटी गाउ“पालिकाका निवर्तमान अध्यक्ष हुन् । २०४८ सालदेखि कांग्रेसले स्थानीय निर्वाचन जित्दै आएको क्षेत्रमा यसपटक एमालेका सुनारी निर्वाचित भए । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका उनले चीनको हाउझोङ विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । उता, डडेलधुराको परशुराम नगरपालिकाको मेयरमा २९ वर्षीय भरत बडायर जोशी निर्वाचित भएका छन् । कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उनले पा“च हजार ९४१ मत ल्याए । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका शेरसिंह मालले पा“च हजार ८०५ मत पाएका थिए । बडायरले भौतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् । उपप्रमुखमा युवा स्थानीय तहको दोस्रो महत्वपूर्ण जिम्मेवारी उपप्रमुख÷उपाध्यक्षमा पनि युवा निर्वाचित भएका छन् । जाजरकोट, कपिलवस्तु, गुल्मीलगायतका जिल्लामा ३० वर्षमुनिका युवाहरूले यस्तो अवसर पाएका हुन् । जाजरकोटको शिवालय गाउ“पालिकाको उपाध्यक्ष्ँमा २४ वर्षीया गीता शाही निर्वाचित भइन् । उनी सम्भवतः यो निर्वाचनमा सबैभन्दा कम उमेरमा पालिका उपप्रमुख निर्वाचित युवा हुन् । शाहीले दुई हजार ६५९ मत ल्याइन् । उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी नैनसरा शाहीले दुई हजार ४२९ मत ल्याइन् । २०५४ साल कात्तिक ३० गते जन्मिएकी गीता सानै उमेरदेखि राजनीतिमा सक्रिय थिइन् । इन्द्रज्योति माध्यमिक विद्यालय थालारैकरमा अखिल क्रान्तिकारीको एकाइ अध्यक्ष भएर राजनीतिक यात्रा सुरु गरेकी उनी हाल अखिल क्रान्तिकारीको कर्णाली प्रदेश कमिटी सदस्य छन् । उनले महेन्द्र बहुमुखी क्याम्पस नेपागञ्जबाट अर्थ र राजनीति शास्त्रमा स्नातक गरेकी छन् । यस्तै, २०७४ मा नेकपा एमालेबाट उम्मेदवार भई देशकै कान्छी उपप्रमुख बनेकी कपिलवस्तुको शिवराज नगरपालिकाकी शिवकुमारी चौधरी पुनः निर्वाचित भएकी छन् । २८ वर्षीया चौधरीले दोस्रोपटक पनि शिवराजको नगर उपप्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाइन् । उनले पाँच वर्षमा धेरै काम गर्न सिकेको बताइन् । अब महिलाले पनि गर्न सक्छन् भनेर देखाउने बेला भएको उनी बताउँछिन् । युवा अवस्थामै उपाध्यक्ष बन्न सफल भएकी अर्की पात्र हुन् गुल्मीकी पार्वती कु“वर । २६ वर्षीया कुँवर गुल्मीको इस्मा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनले पाँच हजार ९०९ मत प्राप्त गरिन् । नेपाली कांग्रेसकी उम्मेदवार रहेकी कुँवरले नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार रहेकी इस्मा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष विमला खत्रीलाई ७८८ मतान्तरले पराजित गरिन्  । खत्रीले पाँच हजार १२१ मत पाइन् । अधिवक्तासमेत रहेकी उनले कानुनमा स्नातक तथा व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी छन् । कु“वर कांग्रेसको १४औं जिल्ला अधिवेशनबाट सर्वाधिक मत पाएर महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा निर्वाचित भएकी थिइन् । २०६८ सालदेखि रेसुंगा बहुमुखी क्याम्पसको छात्रा संघको सचिवबाट राजनीतिमा प्रवेश गरेकी उनी क्याम्पस एकाइ सदस्य, नेपाल विद्यार्थी संघ गुल्मीको जिल्ला सदस्य, जिल्ला सचिव, कांग्रेसको १३औं अधिवेशनमा क्षेत्रीय प्रतिनिधि, नेपाल महिला संघ गुल्मीको क्षेत्रीय कोषाध्यक्षसमेत भइसकेकी छन् । गुल्मीकै धुर्कोट गाउँपालिकाको उपाध्यक्षमा २९ वर्षीया सीता गिरी निर्वाचित भइन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धनमा एमालेका तर्फबाट उम्मेदवार बनेकी उनले छ हजार एक मत प्राप्त गरिन् । नेपाली कांग्रेस र एकीकृत समाजवादीका तर्फबाट साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका चन्द्रबहादुर सुनारले तीन हजार ४८८ मत मात्रै प्राप्त गरे  । एमालेकी जिल्ला कमिटी सदस्यसमेत रहेकी गिरी यसभन्दा अगाडि बालविकास शिक्षकका रूपमा कार्यरत थिइन् ।
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ११:०७
#स्थानीय_तह_निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP