Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राखौँ
विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राखौँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ८, २०७९
Hardik health
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७८ जेठ १५ गते बजेट भाषणमार्फत पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको दर्ता बन्द गर्ने भनेको थियो । दर्ता भइसकेको गाडीहरुलाई एक दशकभित्र देशैभरिबाट विस्थापन गर्ने घोषणा गरिएको थियो । इन्धनबाट चल्ने गाडीले धेरै प्रदूषण गर्ने भएपछि ओली नेतृत्वको सरकारले यस्तो निर्णय अघि सारेको बुझिएको थियो । अर्कोतिर, व्यापार घाटा बढ्यो र यसलाई रोक्न योभन्दा उत्तम उपाय केही नहुने ओलीको भनाइ थियो । इन्धनबाट चल्ने सवारीको सट्टा विद्युत्बाट चल्ने सवारीलाई प्राथमिकता दिने निर्णय गरिएको थियो । विद्युत्बाट चल्ने सवारीसाधनबाट धेरै फाइदा हुने देखिएपछि सरकारले यसलाई मान्यता दिने सोच बनाएको हो । एकातिर प्रदूषण पनि नहुने अर्कोतिर विद्युत् पनि नेपालमै उत्पादन हुने । नेपालमा खेर गइरहेको विद्युत्को उपभोग गर्दा मुलुकलाई नै फाइदा हुने देखियो । इन्धन खपतले मुलुकको अर्थतन्त्र तहसनहस नै बनाउने स्थिति बनाएपछि यो नीतिको खाँचो अत्यन्तै परेको हो । २०७२ सालमा नेपाल संविधान बन्दा भारतले नाकाबन्दीको घोषणा गर्‍यो । आफ्नो इच्छाअनुसार संविधान नबनाएको भन्दै भारतले सबै सामान निर्यातमा रोक लगाइदियो । भारतले सामान नपठाउ“दा नेपालको स्थिति जटिल बनेको थियो । त्यतिखेर सर्वसाधारणले एक लिटर पेट्रोलको हजार रूपैया“सम्म तिरे । यता, खाना पकाउने ग्यास नभएर १० हजार रुपैया“सम्ममा खरिद गर्नुपर्ने बाध्यता भयो । त्यतिखेर प्रधानमन्त्री पदमा ओली नै थिए । ओलीले विद्युत्बाट चल्ने हरेक सवारीसाधनको दर्ता खुला गरिदिन्छु । नेपालमै जमिनबाट ग्यास निकाल्छु भनेर दाबी गर्ने ओली नै हुन् । म भारतसँग झुक्दिन, नेपाललाई नै आत्मनिर्भर बनाउँछु भनेर उनले घोषणा गरे । जनताले उनको अपत्यारिलो कुरामा आँखा चिम्लेर विश्वास गरेका थिए । तर, अहिलेसम्म पनि विद्युतीय सवारीसाधनको दर्ता खुलेको छैन । यता, ग्यास निकाल्ने कारखाना खोल्नको निम्ति अध्ययनसमेत अघि बढाएको सुनिँदैन । ओलीले औँलामा राखेर यत्रो नेपालीलाई फनफनी घुमाइदिए । २०७२ सालमा भारतको विरोध गरेका ओलीलाई २०७४ सालमा जनताले सबैभन्दा ठूलो पार्टी बनाइदिए । पुनः प्रधानमन्त्री पद पाए पनि उनले पहिले आफूले जनतासँग गरेको वाचा बिर्सिए । विद्युतीय सवारी र ग्यास कारखाना बोलीमै सीमित भयो । अहिले पनि अटो व्यवसायीहरुले इन्धनबाट चल्ने हजारौँ सवारीसाधन बेचिरहेका छन् । यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई कमिसन दिएर अटो व्यवसायीहरुले इन्धनबाट चल्ने सवारी बिक्री गरिरहेका छन् । यस्तै, यातायात कार्यालयमा दिनहुँ हजारौा यस्ता सवारी दर्ता भइरहेको पाइन्छ । तर, ओलीको सरकारले इन्धनबाट चल्ने सवारीको दर्तामा प्रतिबन्ध लगाउने नीति नै बनाए पनि यो थन्कियो । मातहतका निकायले नै पैसाको आडमा यो फाइल थन्काएको बुझिएको छ । संसद्बाट पास भएको निर्णय एक वर्ष भइसक्दा पनि कार्यान्वयनमा नजानुको कारण के ? १० वर्षभित्र इन्धनबाट चल्ने सवारीसाधन विस्थापन गर्ने नीति अझै पनि लागू हुन सकेको छैन । अनि, यो सरकारको नाटकी खेल होइन ? दैनिक हजारौँ इन्धनबाट चल्ने सवारी दर्ता गर्न दिएर सरकारको १० वर्षे नीति पूरा हुन्छ ? अटो व्यवसायी र मातहतका निकायको मिलोमतोमा राजपत्रमा निस्किसकेको निर्णय लत्याउने काम भइरहेको छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढेर सवारीसाधन चलाउन नसक्ने स्थिति बनिसकेको छ । सातादिन नबित्दै इन्धनको भाउ बढाउन नेपाल आयल निगम तातिन्छ । भारतबाटै मूल्य बढेर आएपछि पेट्रोलियम पदार्थको मूल्य बढाउने कुरा पनि रहेन । उता, यसले व्यापार घाटा पनि दोब्बर भएको छ । पेट्रोलियम पदार्थको बढ्दो आयातले नेपालको अर्थतन्त्रलाई जटिल बनाएको छ । इन्धनबाट चल्ने सवारीसाधनका कारण प्रदूषण बढेको छ । सवारीसाधनले धुँवाको मुस्लो फ्यााक्दा प्रायजसोमा श्वासप्रश्वासको समस्या निम्तिएको छ । नेपालले प्रदूषित मुलुकको संज्ञा पाएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा २०८८ सालसम्म इन्धनबाट चल्ने सवारीसाधन विस्थापन गरिसक्ने उल्लेख गरिएको छ । यसै नीतिलाई अवलम्बन गर्दै बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले २० वर्षे पुरानो ट्याक्सीको स्क्र्याब नम्बर प्लेटमा विद्युतीय ट्याक्सी दिने भनेको छ । तर, विद्युत्बाट चल्ने नया“ ट्याक्सी र बसको दर्ता खोल्नलाई चासो दिएको छैन । २० वर्षे पुरानो ट्याक्सीको नम्बर प्लेट १२ लाखमा बिक्री भइरहेको छ । तर, सरकारले दर्ता खोलिदिँदा सित्तैमा नम्बर प्लेट पाइन्छ । ट्याक्सी चलाएर घरपरिवार धान्छु भन्नेलाई केही हदसम्म राहत हुने देखिन्छ । हरियो र कालो प्लेटको ट्याक्सीमा तीन दशकदेखि यातायात व्यवसायीले सिण्डिकेट लगाएको छ । तर, निरीह सरकारले सिण्डिकेट तोडेर नयाँ ट्याक्सीको दर्ता खोल्न सकेको छैन । अहिले सबैभन्दा बढी प्रदूषण उपत्यकामा छ । अन्य जिल्लाको सदरमुकाममा पनि उत्तिकै प्रदूषण छ । त्यसैले पनि विद्युतीय सवारीको दर्ता खोल्न जरुरी देखिएको छ । आयल निगमले पेट्रोलको मूल्य बढाएको भन्दै एक वर्षमा तीनपटक भाडा बढाइयो । विद्युतीय सवारीसाधनको दर्ता खोल्नेबित्तिकै भाडाको झण्झट अन्त्य हुन्छ । यात्रुलाई पनि सस्तो पर्न जान्छ । सार्वजनिक सवारीसाधनको भाडा बढ्नेबित्तिकै सर्वसाधारण मारमा पर्छन् । ढुवानी भाडा बढ्दा व्यापारीले खाद्यान्नको मूल्य बढाउ“छन् । उता, घरधनीले घरभाडा । तर, अन्त्यमा दोषी त पेट्रोल डिजेल नै हो । त्यसैले विद्युतीय सवारीसाधन निकै नै आवश्यकता परेको छ । सरकारले यसलाई एकचोटि मनन गर्न जरुरी देखिएको छ । होइन भने हरेक सर्वसाधारणले पैदलयात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यता, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीहरुले विद्युतीय सवारीको दर्ता खोल्न नदिएको कुरा सत्य हो । अटो व्यवसायीस“ग यिनीहरु कमिसन खान्छन् तर मारमा हामी जनता परिरहेका छौ“ । संघीय सरकारको यातायातमन्त्री रेणुकुमारी यादव, यातायात व्यवस्था विभागका डिजी नमराज घिमिरे र प्रदेशका यातायातमन्त्री घनश्याम दाहाललाई यातायात व्यवसायीले आफ्नो मुठ्ठीमा राखेका छन् । यातायात व्यवसायीको आदेशविना यिनीहरु चल्मलाउनसमेत सक्दैनन् । वातावरण मन्त्रालयले इन्धनबाट चल्ने सवारीसाधनले प्रदूषण गरेको औल्याउँदा पनि यातायात मन्त्रालयले हलचल देखाएन । सरकारले आगामी जेठ १५ गते बजेट भाषण ल्याउँदै छ । व्यापार घाटा कम गर्न र प्रदूषण न्यूनीकरण गर्न सरकारले विद्युतीय ट्याक्सी र बसहरुको दर्ता खोल्ने नीति अघि सार्नुपर्छ । अर्थ मन्त्रालयले इन्धनबाट चल्ने हरेक सवारीसाधनको दर्तामा रोक लगाउनुपर्छ । पछिल्लो समय निजी सवारीसाधन चढ्नेको संख्या बढेको छ, जसले गर्दा व्यापार घाटा चुलिएको छ । यसलाई नियन्त्रण गर्ने एउटा मात्र उपाय विद्युतीय सवारी हो । यातायातमन्त्री यादवले विद्युतीय सवारीको दर्ता खोल्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएकी छैनन् । त्यसैले अर्थ मन्त्रालयले नै विद्युत्बाट चल्ने सवारीको दर्ता खोल्न चासो देखाउनुपर्छ । विभागका डिजी घिमिरे र यातायातमन्त्री यादव प्रदेश सरकारतिर औँला तेस्र्याएर आफू पन्छिरहेका छन् । अब देश बचाउने जिम्मा अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्पा भुसाललाई दिइएको छ । यातायात मन्त्रालयको प्रस्ताव कुरेर बस्ने हो भने अर्थतन्त्रलाई थप चाप पर्छ । इन्धनबाट चल्ने सवारीसाधनलाई बन्देज लगाउन ढिला भइसकेको छ । अटो व्यवसायीको पछि लाग्ने काम नगरौ“ । देशभन्दा ठूलो अटो व्यवसायी होइनन् । सरकारको नियम नमान्ने अटो व्यवसायीको लाइसेन्स खारेज गरिदिनुपर्छ । भोलिको दिनमा भारतले हामीलाई फेरि पनि नाकाबन्दी नगर्ला भन्न सकिन्न । त्यतिखेरको अवस्थामा के गर्ने ? त्यसैले अहिलेदेखि नै विकल्प खोजिराखौँ । अब जनताले पनि इन्धनबाट होइन विद्युत्बाट चल्ने सवारीसाधन रोजौँ । कसैको भर परेर बस्ने काम कसैले पनि नगरौँ। इन्धनबाट भन्दा विद्युतीय सवारीको भाडा आधा सस्तो पर्छ । विद्युतीय सवारी किन्ने यातायात व्यवसायीलाई पनि फाइदा हुन्छ । राज्य, जनता र व्यवसायीलाई फाइदा हुने काम गर्न किन ढिलाइ गर्ने ?
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  ११:३०
#अनुसा_थापा
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP