Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विचार
  • Home
  • विचार
  • क्रसर उद्योगमाथि नियन्त्रण खै ?
क्रसर उद्योगमाथि नियन्त्रण खै ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ५, २०७९
Ncell
Hardik health
पछिल्लो समय खोलानाला, नदीबाट बालुवाउत्खनन् गर्ने क्रम बढ्दो छ । क्रसर उद्योगहरुले वनजंगल मासेर ढुंगा निकालिरहेका छन् । यसले गर्दा वातावरण र पानीमा असर पुगेको छ । ढुंगा निकाल्दा वनजंगल मासेको छ जसको कारण पर्यावरणलाई हानी पुगिरहेको छ । बालुवाउत्खनन् गर्दा खोलानाला, कोशीको पानी फोहोर बनेको छ । डाँडाकाडा मास्दा पहिरो जाने खतरा पनि उत्तिकै छ । तैपनि क्रसर उद्योगहरुले जथाभावी डोजर लगाउने काम रोकेका छैनन् । जथाभावी डोजर चलाउँदा पूरै बस्ती जोखिममा परेको पाइन्छ । ढुंगा,बालुवा व्यवसायीहरुले मनलाग्दी तरिकाले सार्वजनिक सम्पत्ति दुरुपयोग र प्रकृतिको दोहन गर्दै आएका छन् । तर, नियमनकारी निकाय भने मौन देखिएको छ । गृह मन्त्रालयले यी सबै गैरकानुनी कार्य गर्नमा रोक लगाएको छैन। यसबाट राज्यले राजस्व पाएको छैन।यता, सर्वसाधारणले पनि सस्तोमा निर्माण सामग्री पाएका छैनन् । जनता र राज्य दुवै ठगिएका छन् । क्रसर उद्योगबाटनिर्माण सामग्री डिपोहरु मालामाल भएका छन् । सर्वोच्चअदालतले खोलानाला, गिट्टी,बालुवा, ढुंगा, माटो यी सबै निकाल्न रोक लगाउनको लागि सरकारलाई आदेश दिएको छ । सर्वोच्चको आदेशलाई सरकारले कार्यान्वयन गरेको छैन । जसकारण यी कार्य रोकिएको छैन । क्रसर उद्योगहरुले आफ्नो कमाउधन्दाको निम्ति खाल्डो खन्छन् तर पुर्दैनन् । जसले गर्दा अप्रिय घटनाहरु घट्ने गरेका छन् । यता, ट्रिपर, मिनि टाटाहरु सडकभरि पानी झार्दै गुडाएको पाइन्छ । यसरी पानी चुहाउँदा कालोपत्रे सबै उप्किरहेको छ । साथै, यी सवारीहरुले ढाला काटेर सानो बनाएका हुन्छन् । उनीहरुले सर्वसाधारण ठग्ने राम्रो उपाय हात पारेका छन् । उद्योग मन्त्रालयमा दर्ता भएका क्रसर उद्योगहरुले राज्यलाई राजस्व तिर्दैनन् ।आफ्नो लगानी र नाफा दुवै लुकाएको पाइन्छ ।२०७० सालभन्दा अगाडिको सरकारले क्रसर उद्योग र इट्टाभट्टलाई सञ्चालन गर्न नदिने भनेर निर्णय गरको थियो । २०७१ सालमा उद्योगमन्त्री महेश बस्नेतहुनेबित्तिकै क्रसर उद्योग र इट्टाभट्टस“ग अर्बाैं रुपैया“ लिएर यो निर्णय उल्टाइदिए । निर्णय उल्टाइदिनेबित्तिकै इट्टाभट्टबाट निस्कने प्रदूषण बढ्यो । खेतीयोग्य जमिन पनि मासिएको छ । क्रसर उद्योग बन्द नगर्दा वनजंगल र नदीनाला सखापै भयो भने त्यस क्षेत्रका स्थानीयलाई पनि उत्तिकै जोखिम भएको छ । यसले नेता बस्नेतलाई फाइदा भयो होला । तर, जनता र राष्ट्र चुर्लुम्मै डुबेका छन् । अहिलेका उद्योगमन्त्रीदिलेन्द्रप्रसाद बडूले पनिक्रसर उद्योगर इट्टाभट्टलाई सञ्चालन गर्न नदिने भनेर मन्त्रीस्तरीय निर्णय गर्न चासो दिएका छैनन् । क्रसर उद्योगको कारण जंगल र खोला खरानी भइसकेको छ । इट्टाभट्ट र क्रसर उद्योगमा जनताको भन्दा राजनीतिक दलको नै लगानी बढी छ । सत्तामा पुग्ने पनि उनीहरु र सत्ता सञ्चालन गर्ने पनि उनीहरु नै हुन् । त्यसैले आफैंलाई घाटा हुने निर्णय गर्दैन । अब पनि सरकारी सम्पत्ति दोहन गर्ने सञ्चालकलाई कारबाही नगर्ने हो भने सरकारी सम्पत्ति सबै सिद्धिन्छ । सरकारी सम्पत्ति सिध्याएर केही व्यक्ति धनी भएका छन् । वडाध्यक्ष, मेयर र जिल्लाका सिडिओहरु पनि मौन छन् । सरकारी सम्पत्ति रोकथाम गर्न यिनिहरुलाई चासो छैन । यिनीहरुलाई कहाँबाट पैसा आउ“छ भन्ने मात्र ध्यानमा छ । सर्वोच्च अदालतको निर्णय नमान्ने पनि सरकार नै हो । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई क्रसर उद्योग र इट्टाभट्टले पुर्‍याएको क्षतिबारे ध्यानै छैन । कतै देउवा क्रसर उद्योग र इट्टाभट्ट माफियासँग मिलेर चुप लागेका त होइनन् ? जनताले यही प्रश्न गरिरहेका छन् । यसबारे प्रधानमन्त्री देउवाले प्रस्ट पार्न जरुरी छ । -उमेश थापा, काठमाडौं
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप विचार
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा शनिबार, असोज ३, २०८३
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार ! शुक्रबार, असोज २, २०८३
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति शुक्रबार, असोज २, २०८३
पर्यटन उद्योग विकासको मार्गचित्र
पर्यटन उद्योग विकासको मार्गचित्र बिहीबार, असोज १, २०८३
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश बुधबार, भदौ ३१, २०८३
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत मंगलबार, भदौ ३०, २०८३
नेपालले पाउनुपर्ने जलवायु न्याय
नेपालले पाउनुपर्ने जलवायु न्याय आइतबार, भदौ २८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP