Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेलाई पछि पार्दै कांग्रेस पहिलो
एमालेलाई पछि पार्दै कांग्रेस पहिलो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ ५, २०७९
NEPALI CONGRESS
Hardik health
अन्तिम परिणाम आएका ५१० पालिका एमालेलाई पछि पार्दै कांग्रेस पहिलो
काठमाडौं- वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । बुधबार राति ११ बजेसम्म ५१० पालिकाको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ । छ वटा महानगरपालिकासहित २४३ वटा पालिकाको मतगणना चलिरहेको छ । यो समाचार तयार पार्दासम्म प्रँप्त मतपरिणामका आधारमा नेपाली कांग्रेसले अग्रस्थान ओगटेको छ । कूल २२९ पालिकाको प्रमुख/अध्यक्ष जित्दै कांग्रेसले नेकपा एमालेलाई दोस्रो स्थानमा धकेलेको हो । २०७४ को स्थानीय निर्वाचनमा एमाले सबैभन्दा धेरै पालिकामा जित हात पार्दै पहिलो दल बनेको थियो । यसपटक सत्तारुढ पाँच दलले गठबन्धन गरी चुनाव लडेका कारण एमालेले पहिलो स्थान गुमाउन पुगेको हो । बुधबार रातिसम्मको परिणामअनुसार एमालेले १४६ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ । यस्तै, नेकपा माओवादी केन्द्र ९८ पालिका प्रमुख/अध्यक्षमा विजयी हासिल गर्दै तेस्रो स्थानमा कायम रहेको छ । २०७४ को स्थानीय चुनावमा पनि माओवादी तेस्रो स्थानमा थियो । जनता समाजवादी पार्टी (जसपा)ले ११ पालिकामा जित हात पारेको छ । नेकपा एकीकृत समाजवादीले नौ पालिकाको प्रमुख/अध्यक्ष जितेको छ । यसैगरी राष्ट्रिय जनमोर्चाले चार, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), तराई मधेस लोकतान्त्रिक पार्टी (लोसपा) र जनमत पार्टीले एक/एक पालिकामा जित हात पारेका छन् । सातवटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यता उपप्रमुख/उपाध्यक्षतर्फ नेपाली कांग्रेसले २१४, एमालेले १५४, माओवादी केन्द्रले १०५, एकीकृत समाजवादीले १६ र जनता समाजवादीले १२ पालिकामा जित हात पारेका छन् । राष्ट्रिय जनमोर्चाले तीन, लोसपाले दुई, नेमकिपा र राप्रपाले एक/एक तथा स्वतन्त्र एक पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेका छन् । नेपाली कांग्रेसले अझै ८६ पालिकाको प्रमुख/अध्यक्ष र ७९ पालिकाको उपप्रमुख÷उपाध्यक्षमा अग्रता लिइरहेको छ । यस्तै, एमाले ५३ पालिका प्रमुख/अध्यक्ष र ८३ उपप्रमुख/उपाध्यक्ष पदमा अग्रता बनाइरहेको छ । माओवादी केन्द्र २० पालिका प्रमुख/अध्यक्ष र १९ उपप्रमुख/उपाध्यक्ष, जसपा २३ प्रमुख/अध्यक्ष र १५ उपप्रमुख/उपाध्यक्ष, एकीकृत समाजवादी ११ प्रमुख/अध्यक्ष र चार उप्रमुख/उपाध्यक्ष तथा लोसपाले १० प्रमुख/अध्यक्ष र १० उप्रमुख/उपाध्यक्ष पदका लागि अग्रता बनाइरहेका छन् । महानगरको अपडेट छ वटा महानगरपालिकामध्ये कांग्रेस दुई, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र एक/एक वटामा अगाडि छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) शाहले अग्रता कायम राखेका छन् । बुधबार राति ११ बजेसम्मको परिणामअनुसार उनले १९ हजार ५२३ पाएका छन् । उनलाई पछ्याइरहेका एमाले उम्मेदवार केशव स्थापितले १० हजार ३० मत जोडेका छन् भने कांग्रेसकी सिर्जना सिंहले नौ हजार १३२ मत पाएकी छन् । यहाँ मतगणना सुस्त गतीमा भइरहेको छ । भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहाल ११ हजार ९० मतका साथ अगाडि छन् । एमालेका विजयी सुवेदीले नौ हजार ९० मतका साथ रेनुलाई पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ९५८ मत जोडेका छन् । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्य अगाडि छन् । उनले १७ हजार २४२ मत जोड्दा एमालेका कृष्णबहादुर थापाले १५ हजार २१० मत पाएका छन् । आचार्य गठबन्धनबाट उम्मेदवार बनेका हुन् । यस्तै, वीरगञ्ज महानगरपालिकामा जसपाका राजेशमान सिंह १४ हजार २६८ मतका साथ अगाडि छन् । एमालेका विजय सरावगी सात हजार २४४ मतका साथ दोस्रो स्थानमा छन् । ललितपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जन १३ हजार ६४६ मतका साथ अगाडि छन् । एमालेका अरिकृष्ण व्यञ्जनकार सात हजार ५१ मतका साथ दोस्रो स्थानमा छन् ।विराटनगर महानगरपालिकामा कांग्रेसका नागेश कोइराला १५ हजार ४३० मतका साथ अगाडि छन् । गठबन्धनका उम्मेदवार कोइरालालाई एमालेका सागरकुमार थापाले ११ हजार ४९३ मतका साथ पछ्याइरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ११:०२
#स्थानीय_तह_निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेमा सहमतिका आधारमा नेतृत्व चयन हुने सम्भावना छः उपाध्यक्ष पौडेल
एमालेमा सहमतिका आधारमा नेतृत्व चयन हुने सम्भावना छः उपाध्यक्ष पौडेल बुधबार, मंसिर १७, २०८२
मधेशका मुख्यमन्त्रीबाट राजीनामा घोषणा
मधेशका मुख्यमन्त्रीबाट राजीनामा घोषणा बुधबार, मंसिर १७, २०८२
कांग्रेस सभापतिको उम्मेदवारमा गगन थापाकाे घोषणा
कांग्रेस सभापतिको उम्मेदवारमा गगन थापाकाे घोषणा बुधबार, मंसिर १७, २०८२
कांग्रेसको क्रियाशील सदस्यता व्यस्थापन समितिको बैठक १बजे बस्दै
कांग्रेसको क्रियाशील सदस्यता व्यस्थापन समितिको बैठक १बजे बस्दै बुधबार, मंसिर १७, २०८२
विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो गर्नुपर्ने
विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो गर्नुपर्ने बुधबार, मंसिर १७, २०८२
सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता
सामाजिक न्यायको पक्षमा निरन्तर उभिने कांग्रेसको प्रतिबद्धता बुधबार, मंसिर १७, २०८२
मधेश प्रदेश सभाको बैठक २ बजे सारियाे
मधेश प्रदेश सभाको बैठक २ बजे सारियाे बुधबार, मंसिर १७, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP