Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
अर्थ
  • Home
  • अर्थ
  • स्थानीय निर्वाचनका लागि साढे १६ अर्ब निकासा
स्थानीय निर्वाचनका लागि साढे १६ अर्ब निकासा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २९, २०७९
artha mantralaya
Hardik health
काठमाडौं- अर्थमन्त्रालयले स्थानीय तहको निर्वाचनकालागि १६ अर्ब ५० करोड रूपैयाँभन्दा बढी रकम निकासा गरेको छ । मन्त्रालयबाट प्राप्त जानकारी अनुसार सो रकम निर्वाचन आयोग र सुरक्षा निकाय लगायतलाई निर्वाचन लक्षित प्रयोजनका लागि निकासा दिएको जनाएको छ । सो निकासा भएको रकम सबैभन्दा बढी निर्वाचन आयोगको रहेको छ । मन्त्रालयले आयोगलाई ८ अर्ब ११ करोड रूपैयाँ निकासा गरेको छ । निर्वाचन आयोगले सुरुमा १२ अर्ब हाराहारीमा बजेट माग गरेको थियो । फाइनल हिसाब निकाल्दा ८ अर्ब ११ करोड रूपैयाँमात्र स्वीकृत भएपछि सो रकम निकास भएको मन्त्रालयले जनाएको छ । आयोगले मतपत्र तथा निर्वाचन सामग्री खरिद गरी निर्वाचन केन्द्रमा पठाउन समेत सुरु गरिसकेको छ । निर्वाचनमा खटिने कर्मचारीहरूलाई भत्ताको व्यावस्था आयोगले सोही स्रोतबाट गर्नेछ । अर्थले ५ अर्ब ६३ करोड गृहमन्त्रालय अन्तर्गतको नेपाल प्रहरी, सशस्त्र प्रहरीकोलागि विनियोजन गरिएको अर्थमन्त्रालयले जनाउको छ । सो रकम प्रहरीको भत्ता म्यादी प्रहरीको सेवा सुविधामा प्रयोग खर्च गरिने उल्लेख छ । प्रत्येक निर्वाचनमा सुरक्षाकर्मीको संख्या नपुग्ने भएपछि निश्चित अवधिका लागि प्रहरी नियुक्ति गएिको छ । यस पटक देशभर १ लाख म्यादी प्रहरी नियुक्त गरिएको र यसलागिमात्र सरकारले ४ अर्ब ३४ करोड रूपैयाँभन्दा बढी भुक्तानी दिनु पर्ने भएको छ । म्यादी प्रहरी निर्वाचन अघि–पछि गरेर ४० दिनसम्म खटिनेछन् । यिनले सेवा सुविधाका लागि प्रतिव्यक्ति ३० हजार २ सय ४० रूपैयाँका दरले पारिश्रमिक पाउनेछन् । रासन भत्ता ७२ सय र पोसाक भत्ता ६ हजार रूपैयाँ प्राप्त गर्नेछन् । सेवा अवधिभरमा कुनै म्यादी प्रहरीको निधन भएमा २० लाख रूपैयाँ राहतस्वरूप परिवारलाई प्रदान गर्ने सरकारले जनाएको छ । सुरक्षाकर्मीको ५० प्रतिशत भत्ता वापतको रकम अर्थ मन्त्रालयले स्वीकृत गरेको छ । यसअघिको सुविधालाई दैनिक भ्रमण भत्ता (टिएडिए) मा मिलान गर्न पाउने व्यावस्था गरिएको छ । नेपाली सेना र राष्ट्रिय अनुसन्धान केन्द्रका लागि २ अर्ब २९ करोड रूपैयाँभन्दा बढी रकम विनियोजन गरिएको छ । अर्थ मन्त्रालयको विविध शिर्षकमा चालु वर्षमा १५ अर्ब रूपैयाँ रहेको छ । चुनावसँगै चालु वर्षमा सरकारको अतिरिक्त दायित्व आधा खर्ब रूपैयाँभन्दा बढी पुग्ने भएको छ । सरकारले चुनावका लागि १६ अर्बभन्दा बढी विनियोजन गरिसकेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  ११:०१
#स्थानीय_तह_निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख संकलन
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख संकलन आइतबार, कात्तिक २, २०८२
श्रमदानमार्फत झोलुङ्गे पुल मर्मत
श्रमदानमार्फत झोलुङ्गे पुल मर्मत आइतबार, कात्तिक २, २०८२
व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी
व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी आइतबार, कात्तिक २, २०८२
निजी आवास पुनर्निर्माणका लागि २२ अर्ब २४ करोड आवश्यक
निजी आवास पुनर्निर्माणका लागि २२ अर्ब २४ करोड आवश्यक आइतबार, कात्तिक २, २०८२
थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना
थप ५० रुग्ण ठेक्का तोड्न सार्वजनिक सूचना आइतबार, कात्तिक २, २०८२
बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक
बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक शुक्रबार, असोज ३१, २०८२
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट
चालु आवको तीन महिना सकियो, ४३ स्थानीय तहले हालसम्म ल्याएनन् बजेट शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP