Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विचार
  • Home
  • विचार
  • रूप फेरिएको रूपन्देही
रूप फेरिएको रूपन्देही
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख २०, २०७९
logo pravaw
Energy Drink Energy Drink
Ncell
Hardik health
पाँच वर्षअघि भैरहवादेखि लुम्बिनी पुग्न एक घण्टा लाग्थ्यो । गौतमबुद्धको जन्मस्थल जान लालयित पर्यटक साँघुरो र भत्किएको सडकका कारण दिक्क हुन्थे । त्यसमाथि पुराना र थोत्रा बसको यात्राले पर्यटकीयस्थल पुग्ने पर्यटकको यात्रा पट्यारलाग्दो हुन्थ्यो । लुम्बिनी प्रवेशद्वारमै परेका खाल्डाखुल्डीले साना सवारीसाधन सडकमै फस्ने अवस्था थियो । अहिले बुद्धचोकदेखि लुम्बिनी पुग्ने सडक छ लेनको बनेको छ । सडक फराकिलो भएपछि भैरहवा–लुम्बिनीको दूरी छोटिएको छ । अहिले १५ मिनेटमै भैरहवादेखि लुम्बिनी पुग्न सकिन्छ । फराकिलो सडक, डिभाइडरमा राखिएका गौतम बुद्धका मूर्ति र रंगीचंगी फूलहरूले सडक सुन्दर देखिएको छ ।
नेपालकै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमास्थल भित्रिन र बाहिरिन आवश्यक पर्ने सडक सञ्जालको परिकल्पना गरिएको थियो । जसअनुसार अहिले जिल्लाका १६ वटै पालिकालाई जोडेर सडक सञ्जाल बनेको छ । कतिपय ठाउँमा ढिलासुस्ती भए पनि अधिकांश ठाउँमा काम सम्पन्न भइसकेका छन् ।
फराकिलो बनेको बुटवल–बेलहिया र भैरहवा–लुम्बिनी सडकले रूपन्देहीको रूप फेरिएको छ । यही सडक छेउमै बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले रूपन्देहीको सान–मान बढाएको छ । केही समयअघि उद्योगपति विनोद चौधरीले भैरहवा–बुटवल सडकखण्डको यात्रा गर्दैगर्दा सामाजिक सञ्जालमा आफू युरोप पुगेको अनुभूति भएको भन्दै प्रतिक्रिया दिएका थिए । संसार घुमेका चौधरीले दिएको उक्त प्रतिक्रिया हेरेर बुटवलका विषयमा सकारात्मक धारणा बनाउनेको संख्या बढ्यो । छोटो समय पर्यटनमन्त्री बनेका नेकपा एमालेका नेता भानुभक्त ढकालले बुटवलदेखि लुम्बिनी पुगेपछि यहा“को विकास देखेर आफू आश्चर्य भएको प्रतिक्रिया दिएका थिए । उनले पनि बुटवल भैरहवा क्षेत्रको विकासले युरोपको झल्को दिएको बताएका थिए । संसारका ५० भन्दा बढी देश घुमिसकेका युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीले शनिबारमात्रै बुटवलमा पत्रकार सम्मेलन गरेर नेपालमा युरोपको जस्तै लाग्ने विकास बुटवल क्षेत्रमा देखेको बताए । अमेरिका बस्दा बुटवल क्षेत्रको विकासका विषयमा सुनेका रेग्मीलाई नेपाल आएका बेला बुटवल घुम्ने रहर जागेर आएको प्रतिक्रिया दिए । बुटवलबाट मुलुकको विकास र समृद्धि सुरु भएको अनुभूति उनले गरे । पछिल्ला पाँच वर्षयता बुटवल र आसपासका क्षेत्रको विकासले गति लिएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा दुईपटक अर्थमन्त्री भइसकेका यस क्षेत्रका सांसद विष्णुप्रसाद पौडेल यहाँको विकासका परिकल्पनाकार हुन् । आफू अर्थमन्त्री हुँदा उनले यस क्षेत्रका ठूलाठूला पूर्वाधारमा बजेट विनियोजन गरेर काम अघि बढाए । सरकार परिवर्तनपछि उनले अघिसारेका केही ठूला आयोजना अझै सुरु भएका छैनन् तर केही वर्षभित्रै ती परियोजना सम्पन्न हुने अपेक्षा गरिएको छ । पौडेललाई यहाँका पालिका प्रमुख उपप्रमुखको पनि साथ रह्यो । पौडेलले परिकल्पना गरेका आयोजना सम्पन्न गर्न बुटवल, तिलोत्तमा, सैनामैना, देवदह र भैरहवाका जनप्रतिनिधिले कम्मर कसेर लागेका थिए । जसका कारण पौडेलले नेतृत्व गरेका विकासे मुद्दाहरूले साथर्कता पाउँदै गए । नेपालकै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमास्थल भित्रिन र बाहिरिन आवश्यक पर्ने सडक सञ्जालको परिकल्पना गरिएको थियो । जसअनुसार अहिले जिल्लाका १६ वटै पालिकालाई जोडेर सडक सञ्जाल बनेको छ । कतिपय ठाउ“मा ढिलासुस्ती भए पनि अधिकांश ठाँउमा काम सम्पन्न भइसकेका छन् । तिनाउ र दानव नदी किनारै किनार भारतीय सीमानासम्म पुग्ने करिडोर सडक निर्माण सुरु भएको छ । यसले भारतीय पर्यटकलाई भैरहवा विमानस्थलसम्म अथवा बेथरी बेलवास हु“दै बुटवल–पाल्पा–पोखरासम्म यात्रा गर्ने छोटो र सजिलो सडक बन्नेछ । बीचमा नहरसहितको यो सडक नमूना पर्यटन सडक हो । बुटवल–नारायणगढ, बुटवल–गोरुसिंगे र बुटवल–पोखरा सडक छ लेन, चार लेन र डेडिकेटेड सडकका रूपमा विस्तार हुँदै छन् । प्रादेशिकस्तरको रामापिथेकस जुलोजिकल पार्कको व्यवस्थापन योजना बन्नु, धार्मिक–साँस्कृतिक हिसाबले अन्तर्राष्ट्रिय महत्व राख्ने लुम्बिनीको गुरूयोजनाले पूर्णता पाउँदै छ । बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि टेण्डर भइसकेको छ । बुटवलको तिनाउ पुलमा सिग्नेचर ब्रिज बन्दै छ । रूपन्देही पूर्वाधार विकास मात्र होइन उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनेको छ । पालिका क्षेत्रभित्र रहेका विभिन्न स्थानमा पर्यटन पूर्वाधारको विकास हुँदै छ । हिल स्टेसन, चिडियाखाना, बोटानिकल गार्डेन, धार्मिक एवं साँस्कृतिक स्थलको प्रवद्र्धन र विकास, ऐतिहासिकस्थलको प्रवद्र्धन र विकास, बैठौलियामा जलपर्यटन, पर्यापर्यटन, कृषि फार्मसहितको कृषि पर्यटन, खेल तथा साहसिक खेल पर्यटन, इको पर्यटन आदिको प्रवद्र्धन र विकास गर्ने योजना बुटवल उपमहानगरपालिकाको छ । पर्यटन क्षेत्रलाई पालिकाको आर्थिक समृद्धिको प्रमुख मेरूदण्डका रूपमा विकास गर्न यहाँका सबै पालिकाले योजना बनाएका छन् । पर्यटनका लागि आवश्यक पर्ने विभिन्नस्तरका होटल तथा लज, विशेष यातायात सुविधा, पर्यटक बस सेवा, विद्युतीय यातायात, विभिन्न प्रकारका रिसोर्ट, होमस्टे, स्थानीय अर्गानिक र रैथाने उत्पादनका लागि निजी क्षेत्र, सहकारी एवं स्थानीय समुदायस“ग सहकार्य गरी पालिकाले कार्यक्रम तय गरेका छन् । बुटवलको ‘ड्रिम प्रोजेक्ट’का रूपमा निर्माण सुरू गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अन्तिम चरणमा पुगेको छ । २०७१ माघ १५ गते सम्मेलन केन्द्रको शिलान्यास गर्दा पाँच वर्षमा निर्माण सक्ने भनिए पनि रूख कटानमै २७ महिना अल्मलिएपछि ढिलोगरी निर्माण थालिएको थियो । आकाशबाट हेर्दा चन्द्र–सूर्य अंकित नेपालको झण्डा आकारमा निर्माण गरिएको सम्मेलन केन्द्र डिजाइन गरिएजस्तै आकर्षक देखिएको छ । पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फ बुटवल रामनगरमा सम्मेलन केन्द्र निर्माण गरिएको हो । पछिल्लो समय बनिरहेका ठूला पूर्वाधारले रूपन्देही बृहत् सहरका रूपमा विकसित हुँदै छ । तीव्ररूपमा भइरहेको बसाइँसराइले यो क्षेत्र भरिँदै गएको छ । बुटवलदेखि भैरहवासम्मको सडकछेउ सहरीकरण भइसकेको छ । सैनामैनाको सालझण्डीसम्म उस्तै सहर छ । दक्षिणतर्फ फर्साटिकर, अमुवासमेत सहरीकरण भइरहेका छन् । तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेका अनुसार सुन्दर र सफा सहर निर्माणका लागि नियमित सरसफाइ अभियान चलाइएको छ । खुला प्लास्टिकमुक्त क्षेत्र घोषणा नै गरेर तिलोत्तमालाई सुन्दर सहरका रूपमा विकास गरिएको घिमिरेको भनाइ छ । सहरलाई आधुनिक र सुरक्षित बनाउन भैरहवा र तिलोत्तमाको सडकमा सौन्दर्यकरण गरिनुका साथै ट्राफिक लाइटसमेत राखिएको छ । बुटवलमा पनि राख्ने तयारी उपमहानगरले गरेको छ । बुटवलमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले रूपन्देहीलाई अझै चलायमान बनाउनेछ । त्यस्तै सैनामैनाको कर्साघाटमा बन्ने आधुनिक कृषिउपज केन्द्र निर्माण, रंगशाला र बुटवल–नुवाकोट र बुटवल–वसन्तपुर केबलकारले बुटवल मेगासिटीको सपनालाई मूर्तरूप दिनेछन् । आधुनिक सहरको जनघनत्वलाई थेग्ने गरी खानेपानीको प्रबन्ध गर्न झुम्सा खोला खानेपानी आयोजनाको काम थालिएको छ । बुटवलमा दैनिक तीन करोड लिटरभन्दा धेरै पानी आउने गरी कामको थालनी भइरहेको बुटवल उपमहानगरपालिकाका अध्यक्ष शिवराज सुवेदीको भनाइ छ । ‘अरू पालिकालाई अभिभावकत्व दिनेगरी उपमहानगरलाई आमा सहरका रूपमा विकास गर्दै छौँ,’ प्रमुख सुवेदीले भने । यस्तै सिद्धबाबाको सुरुङमार्ग र कालीगण्डकी तिनाउ डाइभर्सनले पनि यो सहरलाई अझै आकर्षक बनाउने छन् । सिद्धबाबामा खसिरहने पहिराबाट हुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण छ । माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३०० मिटर क्षेत्रमा सुरुङमार्ग निर्माण हुँदै छ । डाइभर्सनपछि तिनाउमा जलपर्यटक भित्र्याउने योजना छ । ती पर्यटक लुम्बिनीबाट बुटवल हुँदै पाल्पाको तानसेनसम्म पुग्ने छन् । जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोदन गाउ“पालिकाको ८१३ बिघा क्षेत्रफलमा मोतीपुर औद्योगिक क्षेत्र बनाइँदै छ । बुटवललाई मेघासिटीका रूपमा निर्माण गर्न विभिन्न पूर्वाधार, नमूना अटोभिलेज, नमूना ट्रान्सपोर्ट भिलेज बनिसकेका छन् ।यसले सहरमा हुने अनावश्यक भीड र कुरूपतालाई नियन्त्रण गर्ने छ । बुटवलदेखि भैरहवा र लुम्बिनीसम्म विद्युतीय बस सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका–१२ ढवाहामा ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानी ग्राम निर्माण भएको छ । बुटवलको व्यस्त सहरी क्षेत्रमा हेभी लोडका सवारीसाधनलाई छिर्न नपर्ने र ट्राफिक व्यवस्थापन गर्न निजी क्षेत्रसँगको सहकार्यमा उपमहानगरले अलग्गै ढुवानी ग्राम निर्माण गरेको हो । तीन बिघा क्षेत्रफलमा सार्वजनिक–निजी साझेदारीको करिब ३७ करोड रूपैयाँ लागतमा ढुवानी ग्राम निर्माण भएको हो । ढुवानी ग्राम राजमार्ग क्षेत्रबाट तीन दशमलव छ किलोमिटर दूरीमा छ । स्वास्थ्य र शिक्षामा पनि यो जिल्लाले फड्को मारेको छ । यहा“का निजी तथा सामुदायिक विद्यालयको गुणस्तर वृद्धि भएपछि अध्ययनका लागि काठमाडौं जानुपर्छ भन्ने मान्यता हटेको छ भने स्वास्थ्य क्षेत्रमा भएको विकासले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ । यहाँ लुम्बिनी प्रादेशिक अस्पताल, भीम अपताल र भैरहवा मेडिकल कलेज छन् । यसका अलावा एक दर्जन बढी निजी अस्पताल सञ्चालनमा छन् । गौरवपूर्ण इतिहास र राष्ट्रिय स्वाधीनताको प्रतीक जीतगढी किल्लालाई संरक्षण तथा प्रवद्र्धन गर्ने क्रममा उजिर सिंहको पूर्णकदको शालिक स्थापना हुनु, जीतगढी (बटौली) युद्ध संग्रहालयको निर्माण कार्यको प्रक्रिया अघि बढ्नु, मोतीपुरमा थारू संग्रहालय तथा थारू सांस्कृतिक ग्राम र आवास क्षेत्रको योजना कार्यान्वयन गर्न विस्तृत परियोना प्रस्ताव तयार हुनु, अटो भिलेज, ट्रान्सपोर्ट भिलेजजस्ता कार्यले व्यवस्थित र विशिष्टीकृत सहरीकरणको आरम्भ भएको छ । यी विभिन्न योजनाका कारण रूपन्देही देशलाई विकास सिकाउने थलोका रूपमा परिणत भएको छ । रासस
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप विचार
युवाको उत्साह, अनुभव र विधिको शासन
युवाको उत्साह, अनुभव र विधिको शासन मंगलबार, असोज ६, २०८३
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा
एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतीक्षा शनिबार, असोज ३, २०८३
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार ! शुक्रबार, असोज २, २०८३
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति
बदलिँदो विश्व व्यापारमा नेपालको रणनीति शुक्रबार, असोज २, २०८३
पर्यटन उद्योग विकासको मार्गचित्र
पर्यटन उद्योग विकासको मार्गचित्र बिहीबार, असोज १, २०८३
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश बुधबार, भदौ ३१, २०८३
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत
घर बगेकालाई मात्र होइन, आधार गुमाएकालाई पनि राहत मंगलबार, भदौ ३०, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP