काठमाडाैं - मंगलबार नेप्से परिसूचक घटेको छ। नेप्से परिसूचक १५.०२ अंक घटेर २३७०.९९ विन्दुमा बन्द भएको छ। सेन्सेटिभ इण्डेक्स १.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंक घटेको छ। सोमबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।
नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। नेप्सेमा २२८ स्टकको २५ हजार ७६६ पटकको कारोबारमा १ अर्ब ४ करोड ६० लाख १४ हजार रुपैयाँ बराबरको ३४ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से ओरालो लागे पनि जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ८५ रुपैयाँ ८० पैसा बढेर ९४४ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन किसान लघुवित्तको शेयरमूल्य ४ प्रतिशत बढेको छ।
यता हिमालयन पावर पार्टनरको शेयरमूल्य यस दिन सर्वाधिक ५.४१ प्रतिशत घटेको छ भने मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, युनाइटेड इदी मार्दीको शेयरमूलय यस दिन ४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ४ करोड २१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, अपि पावर कम्पनीको ४ करोड ६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
मंगलबार १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ वटाको घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको ०.२९ प्रतिशत बढेको छ।
यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशत घटेको छ। त्यसैगरी, लगानी उपसमूहको परिसूचक १.३९ प्रतिशत घटेको छ भने विकास बैंक उपसमूहको १.०१ प्रतिशत घटेको छ।