स्कटल्याण्ड- नेपलिज नर्सिङ एशसिएसन यूकेको सहकार्यमा स्कटल्याण्डमा पहिलो पटक नेपाल नर्सिङ एशोसिएसन स्कटल्याण्ड संस्था गठन गरेको छ।
सामाजिक अभियन्ता एवम् लामो समयदेखि नर्सिङ पेशामा अनुभव भएकी सरोजा अर्यालको अध्यक्षतामा स्कटल्याण्डमा पहिलो पटक नेपाल नर्सिङ एशोसिएसन स्कटल्याण्ड संस्था गठन गरेको हाे।
साे गठित समितिमा नर्सिङ पेशामा आवद्ध अनुभवी व्यक्तित्वहरुको संलग्नता रहेको एशसिएसनले जनाएकाे छ। कार्यसमितिकाको उपाध्यक्षमा निशा बिष्ट , सचिवमा देवी कँडेल चयन भएका छन्।
संस्थाको सहसचिवमा कविता हुमागाईं, कोषाध्यक्षमा सर्विना बज्राचार्य, सहकोषाध्यक्षमा सुष्मा अर्याल तथा डण्डी एरिया कोओऱडिनेटरमा चन्द्ररेखा अधिकारी रहेकि छन्।
एशोसिएसनको मुख्य सल्लाहकार एवं स्टुडेन्ट कोओऱडिनेटरमा डा.राधा अधिकारी रहेकी छन्। यस्तैगरि क्यामपेनरहरुमा अनु श्रेष्ठ, उषा सेढाई, शमिला कार्की सुस्मिता गुरुङ, बन्दना अर्याल, अंशु भट्टराई, निशा अर्याल र सजना भट्टराई रहेका छन्।
एशोसिएसन गठनको भेलामा विभिन्न वक्ताहरुले स्कटल्याण्डमा नेपाली नर्सहरुको संगठनको आवश्यकता र नेपाली नर्सहरु बिच सदभाव र सहयोगको लागि समिति गठनको औचित्यबारे प्रकाश पारेका थिए। उक्त अवसरमा डा. राधा अधिकारीले नेपाली नर्सहरूको अवस्था र संस्थाले गर्नुपर्ने सहयोगको बारेमा प्रकाश पारेकी थिइन् ।
नवगठित कार्य समितिले स्कटल्याण्डमा रहेका नेपाली नर्सलाई आवश्यक परेको अवस्थामा सहयोग सुझाव सल्लाह दिनुका साथै नेपालको स्वस्थसेवामा आवश्यक सहयोग गर्ने जनाएको छ। उक्त समिति नेपलिज नर्सिङ एशसिएसन यूके कि अध्यक्ष सुनिता गौतमको सहयोग र मार्गदर्शन अनुसार गठन भएको थियो।