

काठमाडौ— नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा बैसाख ११ गते आइतबारदेखि सवै निर्माण कार्य बन्द गरेका छन् । निर्माण व्यवसायीहरूले मूल्यवृद्धिका कारण देखाउदै काम गर्न नसकिने भएको भनि एकैपटक ३ हजार ५ सय वटा निर्माण साइटका काम बन्द गरेका छन् । अत्यावश्यक कामबाहेक कुनै पनि निर्माणको काम नगर्ने गरी महासंघले आइतबारदेखि ‘कन्सट्रक्सन होलिडे’ गरेको जनाएको छ ।
महासंघका अध्यक्ष रबि सिंहका अनुसार पुलको निर्माण, सडक कालोपत्रे, नदी नियन्त्रण बाहेकका ३ हजार ५ सय आयोजनाहरूमा काम बन्द भएको बताए । अध्यक्ष सिंहले केही महिनादेखि पेट्रोलियम पदार्थ (डिजेल, बिटुमिन, पेट्रोल, ग्याास) फलामजन्य निर्माण सामग्रीहरू छड, ग्याबिन तार, पाता, आइरन ब्लेड लगायतका विभिन्न निर्माण सामग्रीहरूको अप्रत्यासित रूपमा अत्यधिक मूल्यवृद्धि भएकाले काम गर्न नसकिने अबस्थामा पुगेपछि काम बन्द गर्न बाध्य भएको बताए ।
सरकारले अप्रत्यासित रूपमा भएको मूल्यवृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन नं.–१ जारी गरी निर्माण कार्य सुचारु गरेको नजिर भएको र सोही नजिर अनुसार यसपटक पनि मूल्य समायोजन मार्गदर्शन नं–२ जारी गर्न पटक–पटकको अनुरोध गरे पनि सो माग प्रति सरकारले चासो नदिएपछि काम रोकेको बताए ।
वृद्धि भएको मूल्यवृद्धिको क्षतिपूर्ति हुने गरी एकमुष्ठ रूपमा ठेक्काहरूको मूल्य समायोजन गर्नुपर्ने व्यवसायीहरूको माग रहेको छ । निर्माण सामग्रीहरूमा भएको अत्यधिक मूल्य वृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि नियन्त्रण भएर सामान्य अवस्था नभएसम्मको अवधिलाई ‘कन्स्ट्रक्सन होलिडे’ को रूपमा लिएर सबै निर्माण कार्यहरू बन्द गर्न महासंघले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।
कन्स्ट्रक्सन होलिडेस सुरु भएपछि १३ वैशाखदेखि जिल्लास्थित निर्माण व्यवसायी संघहरूले जिल्ला प्रशासन कार्यालयमा र ७ वटै प्रदेश महासंघहरूले आ–आङ्खना प्रदेशमा रहेका प्रदेश मुख्यमन्त्रीको कार्यालयमा प्रत्येक दिन बिहान ११ बजेदेखि दिउासो १२ बजेसम्म दैनिक एक घण्टाका दरले धर्ना दिने कार्यक्रम रहेको छ ।