काठमाडौं - सरकारले आजबाट इन्धनमा २० प्रतिशत खर्च कटौती गर्ने भएकाे छ ।
मन्त्रालय/निकाय, सरकारसँग सम्बद्ध संघसंस्थालाई एक सूचना जारी गरी इन्धनमा २० प्रतिशत खर्च कटौती गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।
गत चैत ३० गतेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्षको इन्धन शीर्षकमा विनियोजित बजेटमा थप कटौती गर्ने निर्णय गरेको थियो ।

व्यापार घाटा नियन्त्रण र वैदेशिक मुद्रा सञ्चितीको चापलाई मध्यनजर गरेर यो निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार इन्धन कटौतीको यो निर्णयमा अतिआवश्यक सेवा, विकासका आयोजना, शान्ति सुरक्षा र स्थानीय निर्वाचनमा लागू नहुने बताएकाे छ ।