Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नारायणगढ–मुग्लिन सडक
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #सतिशकुमार_सिंह
Search Here
अर्थ
  • Home
  • अर्थ
  • सहकारी क्षेत्रमा विद्यमान कानूनहरुको संशोधन जरुरी
सहकारी क्षेत्रमा विद्यमान कानूनहरुको संशोधन जरुरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २७, २०७८
PRA_3249
Hardik health
काठमाडौं - सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता वृद्धिका लागि विद्यमान कानूनहरुको संशोधन र विनियम तथा आन्तरिक कार्यविधिहरुको परिमार्जन आवश्यक भएको बताइएकाे छ । राष्ट्रिय सहकारी महासंघले सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले आयोजना गरेको दुई दिने नेशनल युथ फोरमका अवसरमा सहभागीहरुले युवाहरुलाई उद्यमशिलताका लागि प्रेरित गर्न सोही अनुरुपको कार्ययोजना जरुरी रहेको बताएकाे हाे । शुक्रबार र शनिबार काठमाडौंमा सात वुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको उक्त फोरममा सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता वृद्धिका लागि विद्यमान कानुनहरुको संसोधन र विनियम तथा आन्तरिक कार्यविधिहरुको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहलकदमी गर्ने, युवाहरुलाई उद्यमशिलताका लागि प्रेरित गर्न सम्पूर्ण सहकारी संघ संस्थामा युवा समन्वय उपसमिति गठन गरी युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने, युवाहरुको नविनतम सोच र सृजनात्मक क्षमतालाई पूर्ण उपयोग हुने गरी सहकारी संघ संस्थाको पूँजीलाई सहकारी उद्यम विकासमा अधिकतम परिचालन गर्ने लगायतका माग पनि अघि सारेका छन् । सहकारी संघ संस्थाको बस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन सहकारी शिक्षा तथा नविनतम प्रविधिको प्रयोगमा व्यापकता ल्याउने र सहकारी युवा उद्यमशिलतालाई व्यापक बनाउन र उत्पादन तथा उत्पादकत्व बृद्धि, एवं रोजगारी सृजना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई प्रभावकारी वनाउने लक्ष्य फोरमले लिएको छ । यस्तै सहकारी मार्फत उत्पादित बस्तु तथा सेवाको मूल्य तथा आपूर्ति श्रृंखला विकास गरी सहकारी ब्राण्ड प्रवद्र्धन गर्ने ,सहकारीमा युवा उद्यमशिताका नतिजाहरुको तथ्यांक एकिकृत गरी सहकारीको सक्षमता प्रदर्शन बताइएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरुलाई उद्यमशिलता जोड्नसके समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने धारणा राखे । उनले सहकारी मार्फत उद्यमशिलताको विकास गर्न एक जुट भएर युवा सहकारीकर्मीहरु जुट्नुपर्ने बताए । फोरममा युवा र उद्यमशीलता सम्बन्धी विभिन्न चार विषयमा छलफल र प्रस्तुती भएको महासंघका संचालक तथा युवा फोरमका संयोजक सागर ढकालले जानकारी दिए । उनले कार्यक्रम गर्नुको मुल उद्देश्य भनेको सहकारी मार्फत उधमशिलतामा युवाहरुको सहभागिता बढाउन प्रेरणदायी भएको बताए । दुई दिनसम्म चलेको फोरममा देशका सातै प्रदेशका प्रतिनिधिहरु सहभागी थिए । फोरममा देशभरका दुई सय पचास सहकारीका सञ्चालक, युवा उद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहेका थिए । सहकारीमा पूँजी, श्रम र सीप आवश्यक उक्त कार्यक्रममा सहकारीबारे आफ्नो प्रश्तुती दिंदै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा राजनीतिक आन्दोलन सकिएकाले अब आर्थिक आन्दोलनमा लाग्नुपर्ने पनि बताए । अमेरिका, बेलायत, जापान, युरोप जस्ता देशहरु कुनै बेला अविकसित रहेको उदाहरण दिंदै पाण्डेले नेपाल पनि अब आर्थिक क्रान्तिमार्फत समृद्धितर्फ अगाडि बढ्नुपर्ने बताए । आगामी निर्बाचनमा सही पार्टी र उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै पूर्वमन्त्री पाण्डेले चुनावले नै मुलुक समृद्धिको आधार तयार गर्ने बताए । कार्यक्रमका अवसरमा आफ्ना अनुभव सुनाउँदै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष एवम आइएमइ ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले सहकारीको माध्यमबाट पूँजी, श्रम र सीपलाई अघि बढाउन सकियो भने सफल हुन सकिने बताए । उनले धैर्यता, मेहेनत र प्रतिबद्धतालाई प्राथमिकतामा राखेर सहकारीमार्फत काम गर्न सकियो भने सफल बन्न सकिने बताए । उद्यमशीलताका लागि आफूहरु सहकार्य गर्न जहिल्यै तयार रहेको जानकारी दिंदै ढकालले चन्द्रगिरी हिल्स र आइएमइ रेमिट्यान्टसले पाएको व्यवसायिक सफलताको कथा पनि सुनाए । उनले भने,‘नेपालमा संभावनाहरु प्रशस्त छन । सोच र शक्ति प्राथमिकतामा राख्नुपर्छ । तपाइँहरुले देखिरहनु भएको छ, कोभिडपछि विदेशी पर्यटक नआउँदा आन्तरिक पर्यटन गतिविधि जुन रुपले बढीरहेको छ, त्यसले हामीलाई सिक्ने मौका दिएको छ । विदेशीलाई मात्र पर्यटक मान्ने मानसिकताको अन्त्य भएको छ ।’ उनले सहकारीसँग जोडिएका ७३ लाख जनसंख्यालाई सामूहिक रुपमा जोडेर लान सकियो भने समृद्धि हासिल गर्न सकिने बताए । उनले भने,‘७३ लाख जनसंख्यालाई सातै प्रदेशमा परिचालन गर्न सकियो भने पूर्वाधार निर्माण देखि विकासका सबैखाले काममा अघि बढाउन सकिन्छ । समृद्धिलाई बढावा दिन सकिन्छ ।’ त्यस्तै युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा.देवराज रोकाले मुलुकको अर्थतन्त्र सक्षम र उत्पादनमुखी बनाउन सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताए । आफ्नो प्रश्तुती दिंदै डा.रोकाले राजश्व र रेमिट्यान्सलाई मात्र अर्थतन्त्रको आधार मान्दा उल्लेख्य प्रगति हुन नसकेकाले अब सहकारीहरु उत्पादनशील बनेर सुधारमुखी अर्थतन्त्रमा केन्द्रीत हुनुपर्ने औंल्याए । ‘सहकारी संस्थाहरु गाउँ शहरमा क्रियाशील छन् । सुत्केरी र क्रियापुत्री उतार्नेदेखि विहेबटुलु सफल बनाउन क्रियाशील छन् । सहकारीहरुमा एकता देखिन्छ । तर अब सहकारीहरु उत्पादनमुलक क्षेत्रमा लगाएर उद्यमशील बन्नुपर्छ,’उनले भने,‘देशका ३२ हजार सहकारी संस्थाहरुलाई राज्यका महत्वपूर्ण माध्यम हुन । ती सहकारीहरुलाई समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा केन्दीत गराउन सही परामर्श, विषयगत अवसर र नीतिगत रुपमा सहज बनाइनुपर्छ ।’ देशमा जस्तोसुकै योजना वा बजेट निर्माण भए पनि ति परम्परागत रहेकाले अबका दिनमा सहकारीलाई राज्यले सहजीकरण गर्दै विषयगत क्षेत्रमा लगानी जरुरी रहेको उनको भनाइ थियो । उत्पादन बृद्धि गर्न पूँजी र पैसालाई मात्र प्राथमिकतामा राख्नु गलत रहेको उल्लेख गर्दै उनले सोच मार्फत मात्र उद्यमशील बन्न सक्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताए । अन्तिम दिनको कार्यक्रममा देशभरबाट आएका सहकारी अभियन्ताहरुले सहकारी क्षेत्रको सुधारका लागि थुप्रै ऐन तथा कानूनहरुको शंसोधन आवश्यक रहेको बताए । सहकारीमार्फत आर्थिक तथा सामाजिक अभिबृद्धि गर्न राज्यले धेरै विषयमा ध्यान दिनुपर्ने माग राखे । विषयगत क्षेत्रमा सरकारीमार्फत सामूहिक लगानी गर्न नीति, ऐन तथा कानूनहरु बाधक बन्ने गरेकाले त्यसको सुधारका लागि गम्भीर बन्नुपर्ने औंल्याए ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १३:५९
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
प्रहरी भवन मर्मत सम्भारमा महालक्ष्मी बैंकले सहयोग गर्ने
प्रहरी भवन मर्मत सम्भारमा महालक्ष्मी बैंकले सहयोग गर्ने शुक्रबार, असोज ३, २०८२
नर्भिक हस्पिटलले साधारण शेयर निष्काशन गर्ने
नर्भिक हस्पिटलले साधारण शेयर निष्काशन गर्ने शुक्रबार, असोज ३, २०८२
सिटिजन्स क्यापिटलको १९ औं वार्षिक साधारण सभा सम्पन्न
सिटिजन्स क्यापिटलको १९ औं वार्षिक साधारण सभा सम्पन्न शुक्रबार, असोज ३, २०८२
जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबाी भुक्तानी प्रक्रिया
जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबाी भुक्तानी प्रक्रिया शुक्रबार, असोज ३, २०८२
बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर
बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर बुधबार, असोज १, २०८२
बुधबारदेखि मोबाइलमाण्डुको दशैं ग्याजेट्स मेला, ६० प्रतिशतसम्म छुटसँगै उपहार पनि 
बुधबारदेखि मोबाइलमाण्डुको दशैं ग्याजेट्स मेला, ६० प्रतिशतसम्म छुटसँगै उपहार पनि  मंगलबार, भदौ ३१, २०८२
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गलाई सहयोग
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गलाई सहयोग मंगलबार, भदौ ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP