Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #सुनचाँदी
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
विचार
  • Home
  • विचार
  • राष्ट्रिय राजनीति र राप्रपाको दायित्व
राष्ट्रिय राजनीति र राप्रपाको दायित्व
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ११, २०७८
Tej bahadur Kurunbang
Hardik health
[caption id="attachment_23734" align="alignnone" width="235"] तेजकुमार कुरुम्वाङ[/caption] मुलुकको राजनीतिक अवस्था अन्योलग्रस्त छ । ठूला पार्टीका नेतृत्वपंक्तिले नै गर्दा मुलुकले अहिलेको अवस्था भोग्नुपरेको हो । यो मुलुकले दलीय व्यवस्थामा सही नेतृत्व पाएको छैन । ठूला पार्टी भनाउँदाहरूसँग राष्ट्रवादी चिन्तन नभएको र यिनीहरू विदेशीहरूबाटै परिचालित भएका विभिन्न घटनाक्रमले पुष्टि गर्दछ । हाम्रो पार्टी राप्रपा नेपाल यो राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण शाहको फोटो राखेर पार्टीका कार्यक्रमहरूमा माल्यार्पन गर्ने र पृथ्वी जयन्ती मनाउने गर्छौं भने नेपाली कांग्रेसले नेपालमा गान्धीको फोटो राखेर गान्धी जयन्ती मनाउने गर्छ । यसैगरी कम्युनिस्टहरू आफ्नो घरघरमा माओ र लेनिनको फोटो राखेर पुज्ने गर्छन् । यहीबाट स्पष्ट हुन्छकि राष्ट्रवादीको हो भनेर । त्यसैले कांग्रेस, कम्युनिस्टलगायत अन्य पार्टीहरू यो देशको हितमा छैनन् भन्ने कुरा यसैले प्रस्ट हुन्छ । २०४६ सालको परिवर्तनपछि हामीले धेरै सरकार, धेरै प्रधानमन्त्री देख्यौँ। अब राष्ट्रवादी नेता कमल थापालाईएकपटक प्रधानमन्त्री बनाएर हेर्नुहोस् । उहा“को स्पष्ट भिजनले देश बन्छ भन्ने हामीले अटल विश्वास लिएका छौं । यदि कमल थापाले सरकारको नेतृत्व गर्ने अवसर पाउने हो भने भ्रष्टाचार अनियमितता हट्छ। विदेशी हस्तक्षेप रोक्न पहल गर्नुहुनेछ भन्ने हामीलाई लागेको छ । एमालेको नौ महिने सरकारमा केपी ओलीलाई राष्ट्रवादी नेता बनाउने प्रमुख भूमिका त्यो बेलाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा हुन् भन्ने कुरा एमालेले पनि स्वीकार गरेको अवस्था छ । वर्तमान पा“च दलीय गठबन्धन, सर्वाेच्च अदालतको परमादेशबाट आएको सरकार परमादेश दिने प्रधान न्यायाधीशमाथि नै महाअभियोग लगाइरहेको अवस्थालाई हेर्दा सरकारीपक्ष आफैं नांगिरहेको देखिन्छ । वर्तमान सरकारले कही“ कतै राम्रो काम गरेको देखिन्न, भाइभतिजा आफन्तलाई पोस्नेबाहेक कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर सरकारले अरू जनहितका काम गरेको देखिँदैन । एमसिसी आफैँमा नराम्रो कुरा होइन । एमसिसी नेपालमा लागू गर्नलाई विवादित कुराहरूलाई पहिला परिमार्जन गरेर एमसिसी लागूगरिएन भने भोलि विभिन्न दातृ निकायहरूले नेपालबाट सहयोग बन्द गर्ने अवस्था आउनसक्छ । र, यो अवस्था आएमा नेपालमा भित्रिने डलर बन्द हुनेबित्तिकै हाम्रो अर्थतन्त्र डामाडोलहुनेछ । सानो उदाहरणको रूपमा डलरको एलसी खोलेर विदेशबाट कुनै विकास निर्माणका हेभी इक्युपमेन्टहरू ल्याउन सकिने छैन । र, कुनै पनि विकास निर्माण ठप्प हुनेछ । राजा ज्ञानेन्द्रको शाही कदमको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सपोर्ट नगरेपछि कमल थापाले राप्रपा नेपाल पार्टी दर्ता गरेर राजसंस्थाको वकालत गर्दै आएको हो । तर, त्यही व्यक्ति कमल थापालाई त्यही राजसंस्थाबाट २०७३को महाधिवेशनबाट निर्वाचित कमल थापाको पार्टी राप्रपालाई फुटाउने काम र गत मंसिर १५, १६ र १७ भएको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहका सचिवहरूले पार्टीका प्रमुख व्यक्तिहरूलाई भेट्ने र फोन गरेर ‘राजाको सदीक्षा युवा नेता राजेन्द्र लिङ्देनलाई छहै’ भनेर नांगो हस्तक्षेप भएको र राप्रपाभित्र राजावादी नै भएको पार्टीमा राजाकोनिजी पार्टीजस्तै आक्रमण भएको कारण राप्रपा पार्टीबाट बाहिर निस्कनुपर्‍यो। यसअघि पार्टीमा निर्मल निवासको हस्तक्षेपबारे छलफलसमेत गर्न नदिने अवस्था आयो, अध्यक्ष लिङ्देन छलफल गर्न तयार हुनु भएन । हामीले भन्न खोजेको राजसंस्था र निर्मलनिवासले भन्न खोजेको राजसंस्थामा फरक भएकोले हामी राजसंस्थालाई छोडेर राप्रपा नेपाललाई अंगालेर अघि बढिरहेका छौँ । पेट्रोलियम पदार्थमा हप्ता–हप्तामा मूल्यवृद्धि हुन्छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि स्वतः खाद्यपदार्थ ढुवानीमा भाडा वृद्धि हुने भएकाले बजार भाउ आकासिँदै आएको छ । बजार भाउ वृद्धिलाई नियन्त्रण गर्न पहिला पेट्रोलियम पदार्थमा मूल्यवृद्धिबन्द गर्नुपर्छ । तर, वर्तमान सरकार यसमा मुकदर्शक बनेको छ । गत स्थानीय निर्वाचनमा राप्रपालाई प्राप्त स्थानीय मतलाई मध्यनजर गरेर राप्रपा नेपालले जुनसुकै पार्टीस“ग तालमेल गर्नसक्छ । अहिलेसम्मको पार्टीको केन्द्रीय नीतिअनुसार एमालेस“ग चुनावी तालमेल हुने सम्भावना बढी देखिन्छ । यी नै सम्भावनाहरूका बीच हामी स्थानीय निर्वाचनको तयारीमा लागेका छौं ।हाम्रो पार्टीलेबृहत् तयारीका साथ चुनावमा भाग लिने तयारी छ । २०४५/४६ पछि २०६२/६३ सम्मको राज्य सञ्चालन र २०६२/६३ पछि आजसम्मको राज्य सञ्चालनमा सरकारको नेतृत्व गर्ने व्यक्ति अथवा प्रधानमन्त्रीहरूले यो देशको परिवेश, भूगोल, राष्ट्रियता र नेपाली संस्कारविहीन नेतृत्व गरेकाले नेपाली जनताले चाहेअनुसार नेपाल राष्ट्र अगाडि बढ्न नसकेको हो । जनताले पटक–पटकको परिवर्तनपछि कांग्रेस÷कम्युनिस्टलाई ठूलो पार्टी बनाएर हेरे । ती पार्टीले जतिपटक सत्ता सम्हाले पनि आफ्नो स्वार्थबाहेक राष्ट्रिय स्वार्थमा काम गर्न सकेनन् । उनीहरू आफ्नो विवेकले भन्दा पनि बाह्य शक्तिको निर्देशनमा काम गरेको अनुभव हामीले गरिसकेका छौँ । त्यसको परिणाम पनि हामीले नै भोगिसक्यौं/भोगिरहेका छौँ । त्यसैले ती पार्टीबाट मुलुकको निर्माण, विकास र समृद्धि सम्भव छैन भन्ने पुष्टि भइसकेको छ । राप्रपा मात्र यस्तो शक्ति हो जसले निरन्तर राष्ट्रियताको पक्षमा वकालत गर्दै आएको छ । राष्ट्रलाई एक ढिक्का बनाएर अगाडि बढ्नका लागि राजसंस्था अनिवार्य छ्र । राजसंस्थालाई मुख्य मुद्दा बनाउनुको कारण पनि यही हो । राप्रपा नेपाल राष्ट्र बनाउने, राष्ट्र जोगाउने पार्टी भए पनि जनतालाई बुझाउन नसक्दा अपेक्षित शक्ति आर्जन गर्न नसकेको मान्नुपर्छ । तर, अब जनतालाई यी एजेण्डाहरू राम्रोसँग बुझाएर जान जरूरी छ । अबको निर्वाचनबाट पार्टीलाई ठूलो शक्ति बन्दै मुलुकको विकास र राष्ट्रिय एकता जोगाउने कार्यभार राप्रपा नेपालले लिनुपर्छ । यसका लागि राप्रपा नेपालका आम नेता, कार्यकर्ता, शुभेच्छुकहरू सक्रिय हुनुपर्छ । राप्रपालाई ठूलो शक्ति बनाउन सबैको सक्रियता जरूरी छ । सबैले आ–आफ्नो ठाउ“बाट भूमिका खेल्नुपर्छ । म यसका लागि आग्रह गर्न चाहन्छु । अब राष्ट्रिय राजनीतिमा राप्रपाले हस्तक्षेपकारी भूमिका खेल्नसक्ने हैसियत निर्माण गर्नुपर्छ । यसका लागि जनताको साथ, सहयोग आवश्यक छ । कांग्रेस, कम्युनिस्टलाई पटक–पटक मत दिएर ठूलो पार्टी बनाएर जनताले पछुताउनुबाहेक केही पाएका छैनन् । यसलाई आमजनताले मनन् गर्नेछन् भन्नेमा म विश्वस्त छु । र, एक पटक यो स्थानीय निर्वाचनदेखि संघीय निर्वाचनसम्म राप्रपालाई साथ दिन समस्त देशवासीलाई आह्वान पनि गर्न चाहन्छु । (लेखक राप्रपा नेपालका सहमहामन्त्री हुन्।)
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप विचार
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास 
पर्वतकी रानी हिउँचितुवा संरक्षणको प्रयास  शुक्रबार, कात्तिक १४, २०८२
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा 
बहिनी दाजुभाइबीच प्रेमको प्रतीक सामा चकेवा  बिहीबार, कात्तिक १३, २०८२
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता
जेन–जीको भावना आत्मसात् गर्ने नयाँ सरकारको आवश्यकता बुधबार, कात्तिक १२, २०८२
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन
सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन बुधबार, कात्तिक १२, २०८२
गुलियो कति खाने ?
गुलियो कति खाने ? मंगलबार, कात्तिक ११, २०८२
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासनाको पर्व छठ
सूर्य उपासनाको पर्व छठ सोमबार, कात्तिक १०, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP