Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • राष्ट्रिय राजनीति र राप्रपाको दायित्व
राष्ट्रिय राजनीति र राप्रपाको दायित्व
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ११, २०७८
Tej bahadur Kurunbang
Hardik health
[caption id="attachment_23734" align="alignnone" width="235"] तेजकुमार कुरुम्वाङ[/caption] मुलुकको राजनीतिक अवस्था अन्योलग्रस्त छ । ठूला पार्टीका नेतृत्वपंक्तिले नै गर्दा मुलुकले अहिलेको अवस्था भोग्नुपरेको हो । यो मुलुकले दलीय व्यवस्थामा सही नेतृत्व पाएको छैन । ठूला पार्टी भनाउँदाहरूसँग राष्ट्रवादी चिन्तन नभएको र यिनीहरू विदेशीहरूबाटै परिचालित भएका विभिन्न घटनाक्रमले पुष्टि गर्दछ । हाम्रो पार्टी राप्रपा नेपाल यो राष्ट्र एकीकरण गर्ने पृथ्वीनारायण शाहको फोटो राखेर पार्टीका कार्यक्रमहरूमा माल्यार्पन गर्ने र पृथ्वी जयन्ती मनाउने गर्छौं भने नेपाली कांग्रेसले नेपालमा गान्धीको फोटो राखेर गान्धी जयन्ती मनाउने गर्छ । यसैगरी कम्युनिस्टहरू आफ्नो घरघरमा माओ र लेनिनको फोटो राखेर पुज्ने गर्छन् । यहीबाट स्पष्ट हुन्छकि राष्ट्रवादीको हो भनेर । त्यसैले कांग्रेस, कम्युनिस्टलगायत अन्य पार्टीहरू यो देशको हितमा छैनन् भन्ने कुरा यसैले प्रस्ट हुन्छ । २०४६ सालको परिवर्तनपछि हामीले धेरै सरकार, धेरै प्रधानमन्त्री देख्यौँ। अब राष्ट्रवादी नेता कमल थापालाईएकपटक प्रधानमन्त्री बनाएर हेर्नुहोस् । उहा“को स्पष्ट भिजनले देश बन्छ भन्ने हामीले अटल विश्वास लिएका छौं । यदि कमल थापाले सरकारको नेतृत्व गर्ने अवसर पाउने हो भने भ्रष्टाचार अनियमितता हट्छ। विदेशी हस्तक्षेप रोक्न पहल गर्नुहुनेछ भन्ने हामीलाई लागेको छ । एमालेको नौ महिने सरकारमा केपी ओलीलाई राष्ट्रवादी नेता बनाउने प्रमुख भूमिका त्यो बेलाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा हुन् भन्ने कुरा एमालेले पनि स्वीकार गरेको अवस्था छ । वर्तमान पा“च दलीय गठबन्धन, सर्वाेच्च अदालतको परमादेशबाट आएको सरकार परमादेश दिने प्रधान न्यायाधीशमाथि नै महाअभियोग लगाइरहेको अवस्थालाई हेर्दा सरकारीपक्ष आफैं नांगिरहेको देखिन्छ । वर्तमान सरकारले कही“ कतै राम्रो काम गरेको देखिन्न, भाइभतिजा आफन्तलाई पोस्नेबाहेक कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर सरकारले अरू जनहितका काम गरेको देखिँदैन । एमसिसी आफैँमा नराम्रो कुरा होइन । एमसिसी नेपालमा लागू गर्नलाई विवादित कुराहरूलाई पहिला परिमार्जन गरेर एमसिसी लागूगरिएन भने भोलि विभिन्न दातृ निकायहरूले नेपालबाट सहयोग बन्द गर्ने अवस्था आउनसक्छ । र, यो अवस्था आएमा नेपालमा भित्रिने डलर बन्द हुनेबित्तिकै हाम्रो अर्थतन्त्र डामाडोलहुनेछ । सानो उदाहरणको रूपमा डलरको एलसी खोलेर विदेशबाट कुनै विकास निर्माणका हेभी इक्युपमेन्टहरू ल्याउन सकिने छैन । र, कुनै पनि विकास निर्माण ठप्प हुनेछ । राजा ज्ञानेन्द्रको शाही कदमको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सपोर्ट नगरेपछि कमल थापाले राप्रपा नेपाल पार्टी दर्ता गरेर राजसंस्थाको वकालत गर्दै आएको हो । तर, त्यही व्यक्ति कमल थापालाई त्यही राजसंस्थाबाट २०७३को महाधिवेशनबाट निर्वाचित कमल थापाको पार्टी राप्रपालाई फुटाउने काम र गत मंसिर १५, १६ र १७ भएको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहका सचिवहरूले पार्टीका प्रमुख व्यक्तिहरूलाई भेट्ने र फोन गरेर ‘राजाको सदीक्षा युवा नेता राजेन्द्र लिङ्देनलाई छहै’ भनेर नांगो हस्तक्षेप भएको र राप्रपाभित्र राजावादी नै भएको पार्टीमा राजाकोनिजी पार्टीजस्तै आक्रमण भएको कारण राप्रपा पार्टीबाट बाहिर निस्कनुपर्‍यो। यसअघि पार्टीमा निर्मल निवासको हस्तक्षेपबारे छलफलसमेत गर्न नदिने अवस्था आयो, अध्यक्ष लिङ्देन छलफल गर्न तयार हुनु भएन । हामीले भन्न खोजेको राजसंस्था र निर्मलनिवासले भन्न खोजेको राजसंस्थामा फरक भएकोले हामी राजसंस्थालाई छोडेर राप्रपा नेपाललाई अंगालेर अघि बढिरहेका छौँ । पेट्रोलियम पदार्थमा हप्ता–हप्तामा मूल्यवृद्धि हुन्छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएपछि स्वतः खाद्यपदार्थ ढुवानीमा भाडा वृद्धि हुने भएकाले बजार भाउ आकासिँदै आएको छ । बजार भाउ वृद्धिलाई नियन्त्रण गर्न पहिला पेट्रोलियम पदार्थमा मूल्यवृद्धिबन्द गर्नुपर्छ । तर, वर्तमान सरकार यसमा मुकदर्शक बनेको छ । गत स्थानीय निर्वाचनमा राप्रपालाई प्राप्त स्थानीय मतलाई मध्यनजर गरेर राप्रपा नेपालले जुनसुकै पार्टीस“ग तालमेल गर्नसक्छ । अहिलेसम्मको पार्टीको केन्द्रीय नीतिअनुसार एमालेस“ग चुनावी तालमेल हुने सम्भावना बढी देखिन्छ । यी नै सम्भावनाहरूका बीच हामी स्थानीय निर्वाचनको तयारीमा लागेका छौं ।हाम्रो पार्टीलेबृहत् तयारीका साथ चुनावमा भाग लिने तयारी छ । २०४५/४६ पछि २०६२/६३ सम्मको राज्य सञ्चालन र २०६२/६३ पछि आजसम्मको राज्य सञ्चालनमा सरकारको नेतृत्व गर्ने व्यक्ति अथवा प्रधानमन्त्रीहरूले यो देशको परिवेश, भूगोल, राष्ट्रियता र नेपाली संस्कारविहीन नेतृत्व गरेकाले नेपाली जनताले चाहेअनुसार नेपाल राष्ट्र अगाडि बढ्न नसकेको हो । जनताले पटक–पटकको परिवर्तनपछि कांग्रेस÷कम्युनिस्टलाई ठूलो पार्टी बनाएर हेरे । ती पार्टीले जतिपटक सत्ता सम्हाले पनि आफ्नो स्वार्थबाहेक राष्ट्रिय स्वार्थमा काम गर्न सकेनन् । उनीहरू आफ्नो विवेकले भन्दा पनि बाह्य शक्तिको निर्देशनमा काम गरेको अनुभव हामीले गरिसकेका छौँ । त्यसको परिणाम पनि हामीले नै भोगिसक्यौं/भोगिरहेका छौँ । त्यसैले ती पार्टीबाट मुलुकको निर्माण, विकास र समृद्धि सम्भव छैन भन्ने पुष्टि भइसकेको छ । राप्रपा मात्र यस्तो शक्ति हो जसले निरन्तर राष्ट्रियताको पक्षमा वकालत गर्दै आएको छ । राष्ट्रलाई एक ढिक्का बनाएर अगाडि बढ्नका लागि राजसंस्था अनिवार्य छ्र । राजसंस्थालाई मुख्य मुद्दा बनाउनुको कारण पनि यही हो । राप्रपा नेपाल राष्ट्र बनाउने, राष्ट्र जोगाउने पार्टी भए पनि जनतालाई बुझाउन नसक्दा अपेक्षित शक्ति आर्जन गर्न नसकेको मान्नुपर्छ । तर, अब जनतालाई यी एजेण्डाहरू राम्रोसँग बुझाएर जान जरूरी छ । अबको निर्वाचनबाट पार्टीलाई ठूलो शक्ति बन्दै मुलुकको विकास र राष्ट्रिय एकता जोगाउने कार्यभार राप्रपा नेपालले लिनुपर्छ । यसका लागि राप्रपा नेपालका आम नेता, कार्यकर्ता, शुभेच्छुकहरू सक्रिय हुनुपर्छ । राप्रपालाई ठूलो शक्ति बनाउन सबैको सक्रियता जरूरी छ । सबैले आ–आफ्नो ठाउ“बाट भूमिका खेल्नुपर्छ । म यसका लागि आग्रह गर्न चाहन्छु । अब राष्ट्रिय राजनीतिमा राप्रपाले हस्तक्षेपकारी भूमिका खेल्नसक्ने हैसियत निर्माण गर्नुपर्छ । यसका लागि जनताको साथ, सहयोग आवश्यक छ । कांग्रेस, कम्युनिस्टलाई पटक–पटक मत दिएर ठूलो पार्टी बनाएर जनताले पछुताउनुबाहेक केही पाएका छैनन् । यसलाई आमजनताले मनन् गर्नेछन् भन्नेमा म विश्वस्त छु । र, एक पटक यो स्थानीय निर्वाचनदेखि संघीय निर्वाचनसम्म राप्रपालाई साथ दिन समस्त देशवासीलाई आह्वान पनि गर्न चाहन्छु । (लेखक राप्रपा नेपालका सहमहामन्त्री हुन्।)
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP