Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस विवाद : देउवासँग शेखर समूह सशंकित
कांग्रेस विवाद : देउवासँग शेखर समूह सशंकित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ११, २०७८
Hardik health
काठमाडौं– वर्तमान सत्ता गठबन्धनलाई आउँदो चुनावसम्म निरन्तरता दिने वा नदिने विषयमा सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसभित्र प्रस्ट दुई धार देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन् भने नेता डा.शेखर कोइराला समूह यसको विपक्षमा छ । जसले गर्दा कांग्रेसभित्र विवाद देखिएको छ । शेखर समूह नेतृत्वस“ग असन्तुष्ट बनेको छ । छुट्टै भेला, बैठक गर्न थालेको छ ।शेखर समूहको असन्तुष्टिमा बल पुग्नेगरी सभापति देउवाले अर्को काम गरे– नेपाल विद्यार्थी संघ र तरूण दलमा अध्यक्ष नियुक्ति । देउवाले बुधबार नेविसंघको अध्यक्षमा डुजाङ शेर्पा र तरूण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि शेखर समूह थप सशंकित बनेको छ । नेविसंघ र तरूण दलको जिम्मेवारी पाएका शेर्पा र गुरुङ दुवैजना देउवापक्षका हुन् ।व्यक्तिप्रति कुनै आपत्ति नरहे पनि पद्धति मिचिएको शेखरपक्षको भनाइ छ । कार्यसम्पादन समितिस“ग परामर्श गरेर टुंग्याउनुपर्नेमा एकलौटी ढंगले नियुक्ति गरेर सार्वजनिक गर्ने कुरा पद्धतिविरुद्ध रहेको उक्त पक्षको बुझाइ छ । यसलाई केन्द्रीय समितिमा लैजाने यो समूहको तयारी छ । गठबन्धनलाई निरन्तरता दिनुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिने गरेको र पार्टीभित्र एकलौटी निर्णय गर्न थालेको भन्दै शेखर समूह झस्किएको हो । देउवाले बिहीबार पनि तनहुँमा भएको एक कार्यक्रममा गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको दोहोर्‍याए । स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्ने देउवाले बताए । यता शेखर समूहले बुधबार पनि भेला गरेको थियो । जहाँ नेताहरूले गठबन्धनका नाममा पार्टीको संस्थापनपक्षले आफूहरूलाई किनारा लगाउन खोजेको आशंका गरेका थिए । केन्द्रीय समितिको बैठकअघि बसेको शेखरपक्षको बैठकले गठबन्धनको सन्दर्भमा संस्थापनपक्षले लिएको नीतिप्रति चर्को असन्तुष्टि जनाएको थियो । त्यसको भोलिपल्ट (बिहीबार) तनहुँ पुगेर देउवाले शेखरपक्षको आशंकालाई बल पुग्नेगरी बोलेपछि यो समूह थप झस्किएको छ । ‘पार्टीभित्रको एकपक्षलाई किनारा लगाएर गठबन्धन गर्ने नाममा जुन भागबण्डा गर्ने प्रयास भइरहेको छ, त्यसको प्रतिवाद गर्ने निर्णय भएको छ । आगामी केन्द्रीय समिति बैठकमा हामी यो कुरा उठाउनेछौं,’ बुधबारको भेलापछि शेखर समूहका एक नेताले भनेका थिए । शेखर समूहको भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अजयबाबु शिवाकोटी, सञ्जय गौतम, प्रतिमा गौतमलगायत सहभागी भएको बतँइएको छ । कांग्रेसको विधानअनुसार उम्मेदवार टुंग्याउन चारवटा संसदीय बोर्ड भए पनि सबै केन्द्रबाटै टुंग्याउने सभापति देउवापक्षको तयारीविरुद्ध पनि केन्द्रीय समितिमा कुरा उठाउने शेखरपक्षको तयारी छ । भागबण्डाका नाममा केन्द्रबाटै टुंग्याउने तरिका पद्धतिअनुसार नमिल्ने बताइएको छ । केन्द्रीय संसदीय बोर्डले पनि महानगरको मात्रै टुंग्याउन सक्ने एक नेताले बताए । तर, सबै केन्द्रबाटै टुंग्याउने कुरा मान्य नहुने उनको भनाइ छ । कांग्रेस केन्द्रीय समिति बैठक आज (शुक्रबार)का लागि बोलाइएको छ । दिउ“सो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । तर, शेखरपक्षले भने नेविसंघ र तरूण दलमा भएको नियुक्तिको विषयलाई केन्द्रीय समितिको बैठकमा मुख्य विषयका रूपमा उठाउने तयारी गरेको छ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा बिहीबार पनि शेखरपक्षले छुट्टै भेला गरेको थियो । जहा“ नेविसंघ र तरूण दल अध्यक्ष नियुक्तिमा सशक्त प्रतिवाद गर्ने निर्णय भएको छ । छलफलमा समानान्तर नेतृत्व गठन गर्नुपर्नेसम्मका धारणा आएको नेताहरूले बताएका छन् । डा. कोइरालाले नेविसंघ, तरूण दल, महिला संघलगायतका भ्रातृ स“गठनका केही पूर्वनेतासहित आफूपक्षीय केन्द्रीय सदस्यहरूलाई उक्त निर्णयका विषयमा छलफलका लागि बोलाएका थिए । छलफलमा आएकाहरूले संस्थापनपक्षको निर्णयविरुद्ध उत्रिनुपर्ने धारणा राखेका थिए । स्थानीय निर्वाचनको छेकमा भएको यो निर्णयबाट शेखरपक्षका नेताहरूले देउवा एकपक्षीय रूपमा अघि बढ्न खोजेको रूपमा बुझेका छन् । आगामी निर्वाचनमा आफ्नो गुट र अनुकूललाई मात्रै टिकट दिन देउवा हदसम्म पुग्नसक्ने आशंका यो समूहको छ । पार्टीभित्र सहमति र सहकार्य गरेर भ्रातृस“गठनको नेतृत्व दिने कार्यसम्पादन समितिको निर्णय भए पनि देउवाले थप सल्लाह नगरी आफू अनुकूलकालाई नेतृत्व दिएको शेखरपक्षको दाबी छ । ‘कांग्रेस नर्सरी’का रूपमा बुझिने नेविसंघ र ‘दोस्रो कांग्रेस’को रूपमा रहेको तरूण दलमा नेतृत्व ल्याउँदा विधि र पद्धतिको अवलम्बन गर्नुपर्ने शेखरपक्षका नेता मनोजमणि आचार्यले बताए । देउवा सि“गो कांग्रेसको नभएर एउटा समूहको मात्रै सभापति भएजस्तो देखिएको नेताहरूले बैठकमा टिप्पणी गरेको आचार्यले बताए । शेखर समूहका नेताहरूले वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहलाई संस्थापन समूहकै भएको निष्कर्षसमेत निकालेका छन् । शेखर समूहको भेलामा नेता चन्द्र भण्डारी, केन्द्रीय सदस्य प्रतिमा गौतम र गोविन्द पोखरेल, नेविसंघका पूर्वअध्यक्ष गुरुराज घिमिरे, केशव सिंह, तरूण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, नेविसंघका नेता मनोजमणि आचार्य, दिनेश राई, मोती भण्डारी, कमला थापा, रीता खनाल, कुसुम थापा, भूपेन्द्रजंग शाहीलगायत सहभागी थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
रास्वपा सचिवालय बैठक सुरु
रास्वपा सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP