Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • दलितमाथि दुव्र्यवहार : छेकारो मारेर उजुरी
दलितमाथि दुव्र्यवहार : छेकारो मारेर उजुरी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ९, २०७८
bhim rai
Hardik health
[caption id="attachment_23536" align="alignleft" width="300"] भीम  राई[/caption] खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य गंगाबहादुर विकले सदरमुकामको होटल शुभदिनमा अपमानित हुनुपर्‍यो । नगरपालिका प्रमुख दीपनारायण रिजालका स्वकीय सचिव विकल्प राई र नगरकै वडा नम्बर ८ का वडाध्यक्ष लिला चौहानले उनलाई हातपातसमेत गरेको समाचार कान्तिपुर दैनिकमा आयो । नगरपालिकाले कार्यकालको अन्तिम बैठकका रूपमा बोलाएको समीक्षा बैठक सकिन लाग्दा उनलाई राईले बाहिर लगेर हातपात गरेका थिए । त्यो पनि नगरप्रमुख, उपप्रमुख रहेकै ठाउ“मा उनलाई अभद्र व्यवहार गरियो ।   घटनापछि आफूलाई अन्याय परेको भन्दै विक जाहेरी बनाएर जिल्ला प्रहरी कार्यालय पुगे । तर, त्यो दिन प्रहरी प्रमुख बाहिर भएकाले उजुरी दर्ता नहुने भन्दै भोलि आउनु भन्ने सल्लाह दिइयो । त्यसको भोलिपल्ट पीडित उजुरी लिएर पुग्दा अगाडि नै पीडकहरूले छेकारो मारेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइसकेको भनियो । यसपछि ‘दुवैतिरबाट उजुरी आएको छ । कि दुवै दर्ता हुन्छ कि बसेर आपसमा मिलाउनू’ भन्ने प्रहरी प्रमुखले सुझाए । यसपछि यो मुद्दाको कुरा नै ढिसमिस गर्न राजनीतिक दलका नेताहरू लागे । एकातिर नगरप्रमुखकै अगाडि भएको घटनाले सबैलाई अप्ठ्यारो पारेको थियो । जोगिन गरेको प्रयासस्वरूप रातारात यो योजना बुनियो । यो फागुन महिनाको ५ गतेको घटना थियो । यस्तै नगरपालिकाकै वडा नं १२ जालपामा काठको ठेका, कठुवा जस्ता घरेलु सामग्री निर्माण गर्ने चन्द्रबहादुर विकले फागुन २८ गते दाँत फुट्नेसम्म कुटाइ खाए । उनी दिनभर सामग्री बनाउने ठाउँ (भाँडी)मा बसेर बेलुकी घर फिर्दै थिए । उनले गाउँभन्दा तल नगरपालिकाकै वडा नं ११ खार्मी र जालपाको सिमानामा पर्ने लुम्जु खोलामा थापेका छन् । उन बेलुकी घर फर्कंदा कादेल हुँदै निस्कनुपर्छ । उनी फर्किने क्रममा बाटोमा हिराधन राईको घरमा केही युवाहरू छलफलमा थिए । खासगरी नेकपा माओवादी केन्द्रनिकट युवाहरूको भेला थियो । त्यही भेलामा विपक्षी पार्टी एमालेका केही युवाहरू मादकपदार्थ सेवन गरेर होहल्ला गरिरहेको थिए । एक गाउँका युवाहरू साइनोले पनि भतिजहरू नै भएकाले ५२ वर्षीय चन्द्र विकले गाउँकै भाइहरू भनेर सम्झाउन खोजे । उनले ‘यसो नगरे हुने एउटै गाउ“ठाउ“को मान्छे’ मात्र भन्दै थिए । उनलाई एक्कासी ‘यो कामी दमाईले टेर्न छाडे’ भन्दै स्थानीय चमार भन्ने पूर्णबहादुर राईलगायतका युवाहरूले कुटपिट गरे । उनी राति नै ज्यान जोगाउन भागेर गाउँकै एक घरमा लुकेर बसे । चन्द्रको अगाडिपट्टिका दुईवटा दाँत फुटे । राति निकै सारो दुखेपछि घरमा फोन गरेर भाइभतिजहरूलाई लिन आउनु भने । उनलाई राति नै जालपा सामुदायिक अस्पतालमा पुर्‍याइयो । अस्पतालले दाँतको उपचार सम्भव नभएकाले थप उपचारका लागि काठमाडौंको टिचिङ हस्पिटल लैजान रिफर ग¥यो । उनी उपचारको क्रममा छन् । यसको लगतै ३० गते उनका भतिज ओमराज जिल्ला प्रहरीमा अभद्र व्यवहारको जाहेरी लिएर पुगे । त्यसमा पनि प्रहरीले अर्काे पक्षले निवेदन दिइसकेको भन्दै उजुरी लिन मानेन । यसमा पनि राजनीतिक दलका नेताहरूले लाम लागेर गए । चन्द्र विकको पक्षमा बोलिदिनेसम्म मान्छेको अभाव रह्यो । यसभन्दा अगाडि यसै नगरको लफ्याङ र विजयखर्कमासमेत यस्तै घटना भएका थिए । दलित समुदायका व्यक्तिहरू विनाकारण कुटाइ खानुपर्ने र हेपिनुपर्ने जस्तो देखिएको छ । सामाजिक हिसाबले होस् या राजनीतिक कारणले, दलित समुदायका पीडितहरूलाई राहत हैन थप पीडा दिने काम भइरहेको छ । खासगरी केही राजनीतिक आडम्बर र आदर्शमा रहेका व्यक्तिहरूले व्यावहारिक रूपमा छेकारो काटेर आफ्ना मान्छे जोगाउन कोसिस गरिरहेका छन् । रातारात बनीबनाउ मुद्दाहरू तयार पार्ने काम भइरहेका छन् । प्रहरी प्रशासनलाई गुमराहमा राखेर आफ्ना समर्थक तथा शुभचिन्तकलाई जोगाउन सामाजिक अपराधका कामहरू भइरहेका छन् । उनीहरूको उजुरी आउने स्थान प्रहरी प्रशासनमा हो । प्रहरी प्रशासनले समेत यसमा उदारता देखाएको पाइँदैन । उजुरी पीडित या पीडक दुवैपक्षबाट आए पनि स्थलगत अनुसन्धानको अभाव छ । उजुरी दर्ता हुन सकेन, कानुनी बाटोमा जान सकेन भने एकआपसमा छलफल गर्ने वातावरण मिलाउन प्रहरीको दायित्व हो । समाजमा शान्ति सुरक्षाको प्रत्याभूत गर्न प्रहरीले छलफल गराएर पीडितलाई प्रोत्साहन र पीडकलाई निरुत्साहित गर्न पर्दैन र ? यस्तै किसिमको वातावरण निर्माण हुँदै जाने हो भने अब झन् समय जटिल बन्दै छ । दलित समुदायको मुद्दामात्र होइन अन्य विषय पनि उत्तिकै भएर आउँदै छन् । राजनीतिक माहोलको सिजन सुरू भइसकेको छ । यस्तो सिजनमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको कार्यशैली र सामाजिक जिम्मेवारी जे भए पनि कसैले वेद पढेर बसिरहने फुर्सद निकाल्ने छैनन् । यो बेला जिल्लाको शान्ति सुरक्षा र अमनचैनको कुरा के हुने होला सबैलाई अहिले चिन्ताको विषय बन्न पुगेको छ । सकेसम्म सबैले यतातिर ध्यान दिने हो कि ?
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP