Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
विचार
  • Home
  • विचार
  • चोओयु आरोहणको चुनौती पछाडि लुकेको सम्भावना
चोओयु आरोहणको चुनौती पछाडि लुकेको सम्भावना
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ८, २०७८
choyu
Hardik health
[caption id="attachment_23408" align="alignleft" width="300"] अम्बर तामाङ[/caption] छिमेकी चीनको तिब्बत र नेपालको सीमानामा रहेको विश्वको छैटौं अग्लो हिमाल चोओयु आरोहणका लागि नेपालतर्फबाट आरोहणमार्ग खोल्ने नेपाली आरोहीहरूको सपना यसपटकलाई असफलतामा टुंगिएको छ । दुई भिन्न टोलीमा रहेका डेढ दर्जन भेट्रान आरोहीहरूको समुद्री सतहदेखि आठ हजार १८८ मिटर उचाईमा रहेको शिखर चुम्ने अथक प्रयास अनपेक्षित र निरन्तरको हावाहुरीले गर्दा त्याग्नुपरेको छ । पहिलो प्रयासमा सात हजार ६०० मिटर र लगत्तैको दोस्रो प्रयासमा सात हजार ९०० मिटरसम्म उक्लेका उनीहरूले आफ्नो प्रयासलाई निकट भविष्यकै आरोहण सिजनमा पुनः निरन्तरता दिने बताएका छन् ।विश्वको सर्बोच्च शिखर सगरमाथाको पश्चिमतर्फ करिब २६ किलोमिटरको दूरीमा पर्छ चोओयु हिमाल । सोलुखुम्बुस्थित गोक्यो उपत्यकाको शीरमा रहेको यो हिमशिखर संसारका १४ वटा आठ हजार मिटरमाथिका हिमालमध्ये सगरमाथापछि आरोहीहरूले सबैभन्दा बढी रूचाएको हिमालमा पर्दछ । चोओयुमा हालसम्म तीन हजार ९०० सफल आरोहण भएका छन् । तर, ती सबैजसो आरोहण गतिविधि चीनको तिब्बततर्फबाट भएका हुन् । दुई देशको सीमानामा पर्ने हुँदा चोओयुमा आरोहण अभियान सञ्चालनका लागि नेपालको पनि उत्तिकै हक लाग्ने भएता पनि तिब्बततर्फ (उत्तरी मोहोडा)कोभन्दा नेपालतर्फको आरोहणमार्ग कठिन रहेको आरोहीहरूको भनाइ छ । यसपटकको आरोहणमा संलग्न आरोही गाइड गेसमान तामाङका अनुसार अन्तिम तेस्रो शिविरसमेत तयार गरी त्यहाँबाट शिखरतर्फ जाँदा लामो धार (रिज) पार गर्न अनुमान गरिएको भन्दा लामो समय लाग्ने र त्यति उच्च स्थानमा घण्टौं टेक्निकल आरोहण गर्दा आरोहीको ज्यान जोखिममा पर्नसक्ने तथ्य पत्ता लाग्नुले पनि पहिलेदेखि गरिँदै आएको अनुमानलाई सही देखाएको छ । आरोहणमार्ग कठिन नै भए पनि पर्वतारोहणजस्तो साहसिक पर्यटकीय गतिविधिका पारखीहरूको पर्वतारोहण क्षेत्रमा नौलो प्रयोग गर्ने शैली र रहरका कारण पोख्त आरोहीहरूका लागि नेपालतर्फबाट पनि चोओयु आरोहणमार्ग खोलिनु उपयुक्त देखिन्छ । चोओयु हिमाल आरोहणको कठिन मार्ग त्यसमा पनि आरोहणको लागि थप कठिन मानिने हिँउद ऋतुमा आरोहण गर्ने ध्येय लिइएको ऐतिहासिक आरोहण अभियानमा विख्यात आरोही निर्मल पुर्जासहित विश्वको दोस्रो हिमाल केटुको ऐतिहासिक प्रथम हिँउदे आरोहण (जनवरी १६, २०२१) का सदस्य गेल्जे शेर्पाको नेतृत्वमा पुर्जाकै ‘प्रोजेक्ट पोसिबल’ अन्तर्गत १४ उच्च शिखर आरोहण अभियानका गाइडहरू गेसमान तामाङ र लाक्पा देण्डी शेर्पासहितका १० जनाको पहिलो टोली थियो । त्यस्तै अर्का प्रख्यात आरोही मिङ्मादोर्ची शेर्पाको नेतृत्वमा आठ जनाको अर्को टोली पनि रहेको थियो । उनीहरू आरोहण अभियानका लागि गत जनवरी अन्तिम हप्ता काठमाडौंबाट त्यसतर्फ लागेका थिए । पहिलो टोलीले दक्षिण–पूर्वी मोहोडा (गोक्यो उपत्यका) र दोस्रो टोलीले दक्षिण पश्चिमी मोहोडा (नाङपाला भञ्ज्याङतर्फ) बाट आरोहण मार्ग खोल्दै शिखर चुम्ने लक्ष्य लिएका थिए । हावाहुरीको चुनौती र उनीहरूको आरोहण अनुमतिको अवधि हिँउद ऋतु (फेब्रुअरी अन्तिम)सम्म मात्र मान्य रहेकोले गत २८ फेब्रुअरीमा आरोहण अभियान त्यागिएको हो । साहसिक पर्यटकीय गतिविधिअन्तर्गतको पर्वतारोहणका लागि नेपाल विश्वमै अग्रणी छ । चोओयुजस्तै अन्य आठ हजार मिटर माथिको हिमाल आरोहणका लागि नेपाल सरकारले आरोहण अनुमति प्रदान गरेबापत उल्लेख्य राजस्व असुल्ने गर्दछ । कोभिड–१९ (कोरोना भाइरस) महामारीकै बीच गत वर्ष सन् २०२१ को वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्न आउने स्वदेशी–विदेशी आरोहीहरूबाट नेपाल सरकारले ७० करोडभन्दा बढी राजस्व संकलन गरेको तथ्यांक रहेको छ । आठ हजार मिटरमाथिका विश्वका १४ मध्ये नेपालमा आठ वटा शिखर छन् । ती मध्ये पनि सगरमाथा र चोओयु दुई देशको सीमानामा पर्ने हुँदा आरोहण अनुमतिका लागि चीनतर्फबाट पनि आरोहण अनुमति जारी हुन्छ । चोओयु हिमालमा भने अहिलेसम्म नेपालतर्फबाट नियमित आरोहणमार्ग खुल्न नसकेकोले चीनतर्फबाट मात्र आरोहण हुने गरेको छ । हिमाल आरोहणले सरकारलाई राजस्वको रूपमा आम्दानी मात्र नभइ आरोही–गाइड, संलग्न अन्य कामदार, स्थानीय समुदाय र ट्रेकिङ तथा पर्वतारोहण कम्पनीहरूलाई रोजगारी र आर्थिक कारोबारको ठूलो अवसर पनि दिने गर्दछ । सगरमाथा आरोहणका लागि प्रतिविदेशी आरोही खर्च कम्तीमा ३५ लाख रूपैयाँ रहेको छ भने, आठ हजार मिटरमाथिका अरू हिमालमा आउने आरोहीको खर्च २५ लाखभन्दा बढी हुने गर्दछ । आरोहण सञ्चालक एजेन्सीलाई एकमुष्ठ बुझाउने उक्त रकमबाहेक व्यक्तिगतरूपमा पनि आरोहीहरूले थप खर्च गर्दछन् । आरोहणमा संलग्न गाइड तथा अन्य सहयोगीले सगरमाथाको लागि ६० दिन र अन्य आठ हजार मिटरमाथिको हिमालको लागि कम्तीमा ४० दिन रोजगारीको अवसर पाउँछन् । यसबाट चोओयु हिमालमा नेपालतर्फबाट सुरक्षित आरोहणमार्ग खोल्न सकिएमा उक्त हिमालमा चीनको तिब्बततर्फबाट मात्र आरोहण गरिने प्रचलन अन्त्य भइ नेपालबाट पनि आरोहणको सुरूआत हुनेछ । नेपालबाट आरोहण सुरू भएपछि राजस्व संकलनसमेत बढ्नेछ । साथै, साहसिक पर्यटन व्यवसायीहरू, पर्वतारोहणका पारखीहरू तथा आरोही गाइडहरूलाई नयाँ अवसर सिर्जना भइ पर्वतारोहणको इतिहासमा नयाँ आयाम पनि थपिने छ । यसर्थ, चोआयु हिमालमा नेपालतर्फबाट बाटो खोल्ने अभियानमा नेपाली आरोहीहरूबाट देखाइरहेको तदारूकतालाई सफलतामा पु¥याउन सरकारले पनि आवश्यक सहयोग र चासो दिन जरूरी देखिन्छ । (तस्बिर सौजन्यः गेसमान तामाङ)
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP